Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

उपराष्ट्रपति पाउनैपर्ने जनमतको अडान, फुट्ला गठबन्धन ?

जसपा नेता प्रदीप यादव भन्छन्- उम्मेदवारी फिर्ता नलिए गठबन्धनबाट बाहिर जानुहुन्छ

खबरडबली संवाददाता

काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा)की प्रमीलाकुमारी यादवले आफ्नै दलका उम्मेदवार राम सहाय प्रसाद यादवलाई समर्थन गरेकी छन्।

उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उनले वक्तव्य जारी गर्दै त्यस्तो घोषणा गरेकी हुन्। तर सत्ता पक्षीय गठबन्धनबाट अर्की उम्मेदवार पनि छन् जनमत पार्टीकी ममता झा।

जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी रहेको र कुरा मिल्नेमा आफू आशावादी रहेको बताए। राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको बताइन्छ।

तर उनले त्यसमा आफूहरू नरहेको र केही दल बसेर गर्ने निर्णयलाई गठबन्धनको तर्फबाट स्वामित्व लिन नसकिने दाबी गरे।

‘गठबन्धनबाट बाहिरिनुपर्छ’

सत्ता पक्षीय गठबन्धनमा जसपा तेस्रो ठूलो दल हो। त्यसैले उसको दाबी स्वाभाविक रहेको कतिपय बताउँछन्।

तर जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको बताउँदै प्रतिनिधिसभामा जसपा भन्दा आकारमा ठूलो रहेको तर्क गरेको छ।

जसपाका नेता प्रदीपकुमार यादवले भने राष्ट्रिय सभाका सदस्यसमेत जोड्दा सङ्घीय संसद्‌मा तीन वटा पार्टी मिल्दा पनि आफ्नो दल ठूलो रहेको बताए।

उनका अनुसार मङ्गलवार गठबन्धनको बैठक बस्ने राम सहाय यादव साझा उम्मेदवार हुने कुरा प्रस्ट पार्ने छ।

“राम सहाय यादव नै गठबन्धनबाट उम्मेदवार कायम रहनुहुन्छ, अरूले फिर्ता लिनुहुन्छ, नलिएमा उहाँहरू गठबन्धनबाट बाहिर जानुहुन्छ”, नेता प्रदीपकुमार यादवले भने।

उनले उम्मेदवारी दिने जनमत पार्टी र उसलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीतर्फ सङ्केत गरेका हुन्। गठबन्धनमा पनि बस्ने र आफू खुसी उम्मेदवारी दिने कुरा मान्य नहुने उनको तर्क छ।

टुट्ला गठबन्धन?

यादवले भने, “गठबन्धनको चास्नी पनि खाने, तर पनि खाने अनि उम्मेदवारी पनि दिने हुँदैन, दोहोरो चरित्र चल्दैन।”

सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू जसपाको उम्मेदवारको प्रस्तावक र समर्थक नै बसेका छन्।

त्यस्तो अवस्थामा जनमत पार्टीकी उम्मेदवार पराजित हुने निश्चित जस्तो देखिन्छ।

“चुनाव जित्नका निम्ति मात्रै होइन, सैद्धान्तिक कुरा पनि हो। दुई तीन वटा पार्टी बसेर हरेक निर्णय छुट्टै गर्ने र हामीले १० दलीय गठबन्धन मानिदिनु पर्ने भन्ने हुँदैन”, जनमत पार्टीका अध्यक्ष राउतले भने।

त्यस्तो अवस्थामा त गठबन्धन भत्किएला नि? उनले जबाफ दिए, “गठबन्धनमा हामी निर्णय सुन्नका निम्ति मात्रै त होइनौँ नि। छलफल भएर निर्णय हुनुपर्‍यो।”

तर जनमत पार्टी सहमति हुन नसके पनि गठबन्धन जोगाउँदै मित्रवत् प्रतिस्पर्धामा जाने पक्षमा देखिन्छ।

ठूला दल जसपाको पक्षमा

जसपा नेता यादवका भनाइमा सुरुमा सहमति हुँदा पाँच दल मात्रै थिए जनमत लगायतका दल त्यसमा थिएनन्, उनीहरू पछि मिसिएका हुन्।

त्यस बेलाको गठबन्धनले आफ्नो दललाई उपराष्ट्रपति दिने निर्णय गरेको तर अहिले जनमत पार्टी लगायतले 'टन्टा' गरिरहेको उनको भनाइ छ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पहिले जसपाको प्रस्तावलाई मान्ने भन्ने खालको समझदारी भएको बताए।

राष्ट्रपति र उपराष्ट्रपति सत्ता पक्ष वा विपक्षको पद भएको उल्लेख गर्दै उनले भने, “यही विषयलाई लिएर त गठबन्धन यता उता नहोला। सकेसम्म सहमति नभए मैत्रीपूर्ण प्रतिस्पर्धा त भइरहन सक्ने कुरा भयो।”

गठबन्धन भत्कियो भने पनि सरकारलाई तत्काल कुनै असर पर्ने देखिन्न। तर त्यसको राजनीतिक असर र प्रभाव भने सरकारको विपक्षमा जाने कतिपयको बुझाइ छ।

आगामी दिनमा गठबन्धनभित्र आउन सक्ने खटपट र सम्भावित नयाँ समीकरणलाई त्यसले प्रेरित गर्ने वा टेवा पुर्‍याउन सक्ने ठानिन्छ। नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: