Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

खबरडबली संवाददाता

बाग्लुङ । शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रसार गर्नका लागि कालीगण्डकी नदी किनारमा कृष्णगण्डकी बृहत् परियोजना सञ्चालनमा ल्याइएको छ ।

सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी (कृष्णगण्डकी)को  प्रसार–प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा बृहत् कृष्णगण्डकी परियोजना निर्माण गर्न थालिएको छ । 

सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाइने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ कृष्णगण्डकी परियोजना अगाडी ल्याइएको हो । 

खुतुर्केघाटमा रहेको लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा बृहत् कृष्णगण्डकी परियोजनाको थालनी गरिएको परियोजनाको अगुवाइ गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङले जनाएको छ । 

कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकी नदीमा स्नान, ध्यान, योग र तपस्याका लागि बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनका लागि अहिले जग्गा व्यवस्थापनको काम भइरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङ शाखाका प्रमुख तथा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) का केन्द्रीय उपाध्यक्ष परमेश्वर अच्युत दास (प्रदीप भण्डारी)ले जानकारी दिए । 

आगमी पाँच वर्षमा परियोजनाको पहिलो आधारभूत काम र पुनः पाँच वर्षमा बाँकी काम गरी १० वर्षमा भव्य कृष्णगण्डकी परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ अहिले परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि काम भइरहेको  परमेश्वर अच्युत दासले बताए । दासका अनुसार दुई चरणमा सम्पन्न गरिने कृष्ण गण्डकी परियोजनामा पहिलो चरणमा तीन सय जना क्षमताको सत्सङ्ग हल र आश्रम बनाइने छ ।

“यो भव्य कृष्णगण्डकी परियोजना मुठ्ठी दानमा सञ्चालित हुनेछ, सरकारी निकायलाई समेत बजेटका लागि आह्वान गरिएको छ, अहिले १७ रोपनी जग्गा व्यवस्थापनमा लागेका छौँ, आवश्यक जग्गाको संरक्षण, तारजाली, नदी कटान नियन्त्रण तथा शौचालय निर्माणको क्रममा छौँ”, अच्युत दासले भने, “हामीले परिकल्पना गरेको परियोजना सम्पन्न गर्न झण्डै रु १७ करोड लागत अनुमानको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेका छौँ, विस्तारै परियोजनाको काम सुरु हुन्छ, परियोजनाभित्रै व्यवस्थित घाट, ध्यान, योग, आश्रम तथा व्यवस्थित तरिकाबाट गण्डकी स्नानको व्यवस्था मिलाइने छ ।”

कालीगण्डकी नदीको तीर्थमा आएकाहरुले खाने–बस्ने व्यवस्थापनसहितको आश्रमसमेत बनाइने छ । उनले गण्डकी सभ्यता झल्काउने गरी नदी किनारमा व्यवस्थित पार्कको परिकल्पना गरिएको बताए । अहिले व्यवस्थित घाट नहुँदा पवित्र कालिगण्डकी नदी प्रदूषित हुँदै गएकामा चिन्ता व्यक्त गर्दै व्यवस्थित र सुरक्षित घाट निर्माणसमेत कृष्ण गण्डकी परियोजनामा  समावेश भएको अच्युत दासले बताए ।

कालीगण्डकी नदीको दोहनको चपेटामा पर्दा नदीको बहाव परिवर्तन भइरहेको सन्दर्भमा नदी कटानलाई संरक्षण गरेर कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइने भएको हो । 

उक्त परियोजना समग्र कालीगण्डकी नदीको सभ्यता दर्शाउने र मूल तीर्थस्थलका रूपमा सञ्चालनमा ल्याइनेछ । कृष्ण गण्डकी परियोजनाअन्तर्गत दोस्रो चरणमा कलात्मक कृष्ण मन्दिरसँगै गौशाला सञ्चालनको लक्ष्य छ । 

“पवित्र नदीमा व्यवस्थित स्नानको व्यवस्था छैन, तीर्थयात्रीलाई आवाससहितको आश्रम आवश्यक छ, उनीहरूले कृष्ण गण्डकीको महत्व र महिमा नदी किनारमै बसेर महसुस गरुन् भन्ने उद्देश्यले परियोजना थालिएको हो”, परमेश्वर अच्युत दासले भने, “धार्मिक सभ्यता, संस्कृति र जागरणका लागि कालीगण्डकी नदी किनारामा कृष्णगण्डकी परियोजना थालिएको हो, यो एकैपटकमा सम्पन्न हुने परियोजना होइन, परियोजना एक–एक इँटा थप्दे जाँदा सार्थकता पाउला, सनातन बैद्धिक हिन्दू धर्मप्रमीको सहयोगमा परियोजना सम्पन्न हुने लक्ष्य लिएका छौँ ।” 

अहिले कालीगण्डकी नदी नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले रु ६५ लाखको लागतमा परियोजना सञ्चालन गर्ने क्षेत्रमा पक्की तटबन्ध गरिरहेको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending