Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

खबरडबली संवाददाता

बाग्लुङ । शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रसार गर्नका लागि कालीगण्डकी नदी किनारमा कृष्णगण्डकी बृहत् परियोजना सञ्चालनमा ल्याइएको छ ।

सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी (कृष्णगण्डकी)को  प्रसार–प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा बृहत् कृष्णगण्डकी परियोजना निर्माण गर्न थालिएको छ । 

सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाइने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ कृष्णगण्डकी परियोजना अगाडी ल्याइएको हो । 

खुतुर्केघाटमा रहेको लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा बृहत् कृष्णगण्डकी परियोजनाको थालनी गरिएको परियोजनाको अगुवाइ गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङले जनाएको छ । 

कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकी नदीमा स्नान, ध्यान, योग र तपस्याका लागि बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनका लागि अहिले जग्गा व्यवस्थापनको काम भइरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङ शाखाका प्रमुख तथा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) का केन्द्रीय उपाध्यक्ष परमेश्वर अच्युत दास (प्रदीप भण्डारी)ले जानकारी दिए । 

आगमी पाँच वर्षमा परियोजनाको पहिलो आधारभूत काम र पुनः पाँच वर्षमा बाँकी काम गरी १० वर्षमा भव्य कृष्णगण्डकी परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ अहिले परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि काम भइरहेको  परमेश्वर अच्युत दासले बताए । दासका अनुसार दुई चरणमा सम्पन्न गरिने कृष्ण गण्डकी परियोजनामा पहिलो चरणमा तीन सय जना क्षमताको सत्सङ्ग हल र आश्रम बनाइने छ ।

“यो भव्य कृष्णगण्डकी परियोजना मुठ्ठी दानमा सञ्चालित हुनेछ, सरकारी निकायलाई समेत बजेटका लागि आह्वान गरिएको छ, अहिले १७ रोपनी जग्गा व्यवस्थापनमा लागेका छौँ, आवश्यक जग्गाको संरक्षण, तारजाली, नदी कटान नियन्त्रण तथा शौचालय निर्माणको क्रममा छौँ”, अच्युत दासले भने, “हामीले परिकल्पना गरेको परियोजना सम्पन्न गर्न झण्डै रु १७ करोड लागत अनुमानको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेका छौँ, विस्तारै परियोजनाको काम सुरु हुन्छ, परियोजनाभित्रै व्यवस्थित घाट, ध्यान, योग, आश्रम तथा व्यवस्थित तरिकाबाट गण्डकी स्नानको व्यवस्था मिलाइने छ ।”

कालीगण्डकी नदीको तीर्थमा आएकाहरुले खाने–बस्ने व्यवस्थापनसहितको आश्रमसमेत बनाइने छ । उनले गण्डकी सभ्यता झल्काउने गरी नदी किनारमा व्यवस्थित पार्कको परिकल्पना गरिएको बताए । अहिले व्यवस्थित घाट नहुँदा पवित्र कालिगण्डकी नदी प्रदूषित हुँदै गएकामा चिन्ता व्यक्त गर्दै व्यवस्थित र सुरक्षित घाट निर्माणसमेत कृष्ण गण्डकी परियोजनामा  समावेश भएको अच्युत दासले बताए ।

कालीगण्डकी नदीको दोहनको चपेटामा पर्दा नदीको बहाव परिवर्तन भइरहेको सन्दर्भमा नदी कटानलाई संरक्षण गरेर कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइने भएको हो । 

उक्त परियोजना समग्र कालीगण्डकी नदीको सभ्यता दर्शाउने र मूल तीर्थस्थलका रूपमा सञ्चालनमा ल्याइनेछ । कृष्ण गण्डकी परियोजनाअन्तर्गत दोस्रो चरणमा कलात्मक कृष्ण मन्दिरसँगै गौशाला सञ्चालनको लक्ष्य छ । 

“पवित्र नदीमा व्यवस्थित स्नानको व्यवस्था छैन, तीर्थयात्रीलाई आवाससहितको आश्रम आवश्यक छ, उनीहरूले कृष्ण गण्डकीको महत्व र महिमा नदी किनारमै बसेर महसुस गरुन् भन्ने उद्देश्यले परियोजना थालिएको हो”, परमेश्वर अच्युत दासले भने, “धार्मिक सभ्यता, संस्कृति र जागरणका लागि कालीगण्डकी नदी किनारामा कृष्णगण्डकी परियोजना थालिएको हो, यो एकैपटकमा सम्पन्न हुने परियोजना होइन, परियोजना एक–एक इँटा थप्दे जाँदा सार्थकता पाउला, सनातन बैद्धिक हिन्दू धर्मप्रमीको सहयोगमा परियोजना सम्पन्न हुने लक्ष्य लिएका छौँ ।” 

अहिले कालीगण्डकी नदी नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले रु ६५ लाखको लागतमा परियोजना सञ्चालन गर्ने क्षेत्रमा पक्की तटबन्ध गरिरहेको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: