Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रयास किन भयो स्थगित ?

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानका एक वरिष्ठ अधिकारीले विपक्षी नेता इमरान खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको जनाएका छन्। लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनले जनाएका हुन्।

पञ्जाब प्रान्तका सूचनामन्त्री अमीर मीरले बीबीसीसँग प्रदर्शनका कारण ट्राफिकमा बाधा पुर्‍याएको र त्यसले मानिसहरूलाई रङ्गशालासम्म पुग्न रोक्ने देखेर स्थगित गरिएको बताएका छन्।

मार्च १९ मा हुने पाकिस्तानी सुपर लिगको फाइनल खेलसम्म पक्राउ गर्ने काम रोकिने उनले बताएका हुन्। अदालतले खानलाई पक्राउ गर्न आदेश दिएयता सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको छ। खानका समर्थक र सुरक्षाफौजबीच उनको निवास वरपर झडपहरू भएका थिए।

यसैबीच लहोरको उच्च अदालतले बिहिवार बिहानसम्म इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको छ। यसअघि खानले आफूलाई पक्राउ गर्ने प्रयासस्वरूप अधिकारीहरू कानुनबाहिर गएर काम गरिरहेको बताएका छन्।

उनले बीबीसीसँग भने, "उनीहरू सबै देशको कानुनको अधीनमा हुनुपर्छ।" तर उनले पाकिस्तानमा "जङ्गली राज" रहेको आरोप लगाए।

मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उनको निवासबाहिर मुठभेड भएको थियो। बुधवारसमेत उनलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप झडप भएका थिए।

खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिरहेका छन् जुन मुद्दालाई उनले राजनीतिक मनसायले प्रेरित बताएका छन्।

लाहोरस्थित उनको निवास परिसरबाहिर प्रहरी बलपूर्वक अगाडि बढ्न खोज्दा त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको थियो। ढुङ्गा र इट्टा फ्याँकेका खान समर्थकहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए।

एक भिडिओ सन्देशमा ७० वर्षीय खानले शनिवार इश्लामावादस्थित अदालतमा उपस्थित हुने सुनिश्चितता गर्ने गरी हस्ताक्षर गर्ने प्रस्ताव गरे। उनले अदालतमा यसअघि दुई लडाकु हमला भइसकेको भन्दै त्यहाँ सुरक्षा चासोहरू रहेको बताए।

खानले शनिवारसम्मका लागि जमानतमा रहेकाले मङ्गलवार आफूलाई पक्राउ गर्नुको "कुनै कारण नरहेको" दाबी गरे। इमरान खानले विगतका असफल प्रयासपछि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको समेत बताए।

"म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिकरूपमा तयार छु," मङ्गलवार उनले भने, "कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।"

खानले आफ्नो घरभित्र प्रहार गरिएका भन्दै अश्रुग्याँसका खोकाहरू देखाए। उनले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको बताए।

तर उनले भने: "म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्नेछैनन्।" एकजना मन्त्रीले सरकारी कदमको चुनावसँग कुनै साइनो नरहेको र प्रहरीले उनको भ्रष्टाचारका मुद्दामा उनलाई पक्राउ गर्ने अदालतको आदेशहरू मानिरहेको बताइन्।

मरियम औरङ्गजेबले महिला र बालबालिका सहितका आफ्ना कार्यकर्तालाई ढालको रूपमा प्रयोग गरेर खानले पक्राउ छल्ने र अस्थिरता उत्पन्न गराउने काम गरेको दाबी गरिन्।

खानका समर्थकहरूले देशका अन्य सहरहरूमा समेत प्रदर्शन गरिरहेका छन्। गत एप्रिलमा पदबाट हटेका खानले आफूपछि प्रधानमन्त्री बनेका शहबाज शरिफमाथि चर्को दबाव सिर्जना गरिरहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending