Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रयास किन भयो स्थगित ?

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानका एक वरिष्ठ अधिकारीले विपक्षी नेता इमरान खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको जनाएका छन्। लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनले जनाएका हुन्।

पञ्जाब प्रान्तका सूचनामन्त्री अमीर मीरले बीबीसीसँग प्रदर्शनका कारण ट्राफिकमा बाधा पुर्‍याएको र त्यसले मानिसहरूलाई रङ्गशालासम्म पुग्न रोक्ने देखेर स्थगित गरिएको बताएका छन्।

मार्च १९ मा हुने पाकिस्तानी सुपर लिगको फाइनल खेलसम्म पक्राउ गर्ने काम रोकिने उनले बताएका हुन्। अदालतले खानलाई पक्राउ गर्न आदेश दिएयता सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको छ। खानका समर्थक र सुरक्षाफौजबीच उनको निवास वरपर झडपहरू भएका थिए।

यसैबीच लहोरको उच्च अदालतले बिहिवार बिहानसम्म इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको छ। यसअघि खानले आफूलाई पक्राउ गर्ने प्रयासस्वरूप अधिकारीहरू कानुनबाहिर गएर काम गरिरहेको बताएका छन्।

उनले बीबीसीसँग भने, "उनीहरू सबै देशको कानुनको अधीनमा हुनुपर्छ।" तर उनले पाकिस्तानमा "जङ्गली राज" रहेको आरोप लगाए।

मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उनको निवासबाहिर मुठभेड भएको थियो। बुधवारसमेत उनलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप झडप भएका थिए।

खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिरहेका छन् जुन मुद्दालाई उनले राजनीतिक मनसायले प्रेरित बताएका छन्।

लाहोरस्थित उनको निवास परिसरबाहिर प्रहरी बलपूर्वक अगाडि बढ्न खोज्दा त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको थियो। ढुङ्गा र इट्टा फ्याँकेका खान समर्थकहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए।

एक भिडिओ सन्देशमा ७० वर्षीय खानले शनिवार इश्लामावादस्थित अदालतमा उपस्थित हुने सुनिश्चितता गर्ने गरी हस्ताक्षर गर्ने प्रस्ताव गरे। उनले अदालतमा यसअघि दुई लडाकु हमला भइसकेको भन्दै त्यहाँ सुरक्षा चासोहरू रहेको बताए।

खानले शनिवारसम्मका लागि जमानतमा रहेकाले मङ्गलवार आफूलाई पक्राउ गर्नुको "कुनै कारण नरहेको" दाबी गरे। इमरान खानले विगतका असफल प्रयासपछि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको समेत बताए।

"म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिकरूपमा तयार छु," मङ्गलवार उनले भने, "कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।"

खानले आफ्नो घरभित्र प्रहार गरिएका भन्दै अश्रुग्याँसका खोकाहरू देखाए। उनले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको बताए।

तर उनले भने: "म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्नेछैनन्।" एकजना मन्त्रीले सरकारी कदमको चुनावसँग कुनै साइनो नरहेको र प्रहरीले उनको भ्रष्टाचारका मुद्दामा उनलाई पक्राउ गर्ने अदालतको आदेशहरू मानिरहेको बताइन्।

मरियम औरङ्गजेबले महिला र बालबालिका सहितका आफ्ना कार्यकर्तालाई ढालको रूपमा प्रयोग गरेर खानले पक्राउ छल्ने र अस्थिरता उत्पन्न गराउने काम गरेको दाबी गरिन्।

खानका समर्थकहरूले देशका अन्य सहरहरूमा समेत प्रदर्शन गरिरहेका छन्। गत एप्रिलमा पदबाट हटेका खानले आफूपछि प्रधानमन्त्री बनेका शहबाज शरिफमाथि चर्को दबाव सिर्जना गरिरहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies