Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण- कालोसूचीमा किन नराख्ने ?

खबरडबली संवाददाता

दमौली । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ ।

तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो ।

दुवै सडक कालोपत्रको ठेक्का शङ्करमाली निर्माण सेवा काठमाडौँले पाएको थियो । विभिन्न मितिमा म्याद थप भएता पनि हालको मितिसम्म पटक–पटक पत्राचार र सरोकारवालासँग छलफल गर्दा पनि निर्माण व्यवसायीबाट कार्यप्रगति धेरै न्यून रही सन्तोषजनक नपाइएकाले उक्त कम्पनीलाई कारबाहीस्वरुप स्पष्टीकरण सोधिएको पूर्वाधार कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिए । 

ठेक्का सम्झौताको शर्त र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र उक्त नियमावलीको नियम ११३ को उपनियम (६) मा भएको प्रावधान र बोलपत्र सम्झौताको टर्मिनेशन अफ कन्ट्रयाक्टका शर्तबमोजिम उक्त कम्पनीसँग चैत १० गतेभित्र स्पष्टीकरण माग गरिएको छ । 

“सोहीबमोजिम ठेक्का खारेज गरी कालोसूचीमा राख्नेसम्बन्धी कारबाही किन अगाडि नबढाउने? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस निर्माण व्यवसायीलाई पत्राचार गरिएको छ”, प्रमुख घिमिरेले भने। उनका अनुसार निर्माण कम्पनीबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का खारेज गरी कालोसूचीमा राख्ने कारबाही अगाडि बढाइनेछ । 

भानुमार्ग–चन्द्रावती–पुलिमराङ कुन्छा कालीमाटी सडकको हालसम्मको प्रगति १४ प्रतिशतमात्रै रहेको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो ।

निर्माण व्यवसायीको लापरवाहीका कारण दुईपटक म्याद थप हुँदासमेत काम नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको स्थानीय अगुवा गलबहादुर गुरुङले बताए। 

“दश किलोमिटर सडकखण्ड कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापरवाही गर्दै आएका छन्, पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि काम अगाडि बढ्न सकेन”, उनले भने, “बाटोको काम नहुँदा सर्वसाधारणले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती व्यहोर्नुपरेको छ ।”

पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको १० किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविन जाली भर्नेलगायतका कामका लागि काठमाडौँस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरवाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासी रहनुभएका जिल्ला समन्वय समिति तनहुँका पूर्वसदस्य गुरुङले गुनासो गरे। 

उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई रु दुई करोड ६८ लाख निकासा गरिसकेको छ । समयमा काम सम्पन्न नभएपछि विसं २०८० असार १४ गतेसम्म म्याद थप भएको कार्यालयले जनाएको छ । 

दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भने लगायतका काम विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्न विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । वर्षात्का बेला सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । 

सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले वर्षात्मा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरवाहीका कारण वर्षात्मा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्ण अधिकारीले बताउनुभयो । 

दुलेगौडा–हर्कपुर सडकको १०.१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । उक्त खण्डको प्रगति हालसम्म ३१.५४ प्रतिशत छ । उक्त खण्डको म्याद अन्तिम पटकका लागि विसं २०८० जेठ १४ गतेसम्म थप भएको छ । यस अगाडि उक्त खण्डको दुईपटक म्याद थप भइसकेको छ । 

उक्त खण्ड कालोपत्रका लागि रु २५ करोड १० लाख ६० हजारमा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीवासी चिन्तित छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending