काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गरेका छन्
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतमाथिको प्रस्तावमा भएको छलफलमा बोल्दै पौडेलले पुस १० गते गठबन्धन बन्नुको पृष्ठभूमि उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड अर्को दिनदेखि नै पुरानो गठबन्धनमा फर्किन खोजेको बताए।
‘तपाईंलाई पुरानै गठबन्धनमा फर्किनु थियो भने हामीसँग सहयात्रा गर्न किन सहमत हुनुभयो ?,’ पौडेलले भने,‘तपाईंले अहिले जवाफ नदिनु होला तर इतिहासले यो प्रश्नको जवाफ खोज्नेछ।’
‘प्रचण्डको नेतृत्वमा सरकार बन्दा कुन पृष्ठभूमिबाट अघि बढेका थियौँ त्यो पृष्ठभूमिलाई हेक्का राख्न जरुरी छ । निर्वाचनमा एकातिर गठबन्धन र अर्कोतिर एमाले भएर निर्वाचन भयो । निर्वाचनमा एमाले मतका हिसाबले पहिलो भए पनि सिटका आधारमा दोस्रो पार्टी बन्यो’, पौडेलले भने, ‘त्यसैले प्रतिपक्षमा बस्छौ भनेर भनेका थियौ । जब गठबन्धनले सरकार दिन सकेन, राष्ट्रपतिले दिएको समयभित्र पनि सरकार गठनमा गठबन्धनले सरकार दिन सकेन, त्यस परिस्थितिमा माओवादी केन्द्रका अध्यक्षले समर्थन मागेकाले सशर्त समर्थन गरेका थियौ’, पौडेलले भने, ‘राष्ट्र राष्ट्रियता र संविधानको पक्षमा उभिनुपर्छ, आर्थिक समस्या समाधान गर्नुपर्छ भन्ने सर्तमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थियो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: