Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ओलीलाई प्रचण्डको जवाफः अझै एकपटक मलाई प्रधानमन्त्री बनाउन बाँकी छ

खबरडबली संवाददाता

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को एकपटक आफूलाई प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन् । विश्वासको मत प्रस्तावमाथि छलफलमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएको उल्लेख गर्दै त्यसको ब्याज तिर्न पनि अझै एकपटक बनाउनुपर्ने उल्लेख गरेका छन् ।

‘म यतै बल गर्दै थिए, म खोज्दै गएको भन्ने सत्य होइन’, प्रचण्डले भने, ‘कांग्रेसलाई के के भन्नुभयो, बाइ द वे म गएँ ।’ प्रधानमन्त्री प्रचण्डले आफुले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको पनि बताए ।  ‘मैले तपाईलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ, तपाईले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । तपाईले तिर्नुभयो । एउटा त तिर्नुभयो अझै एउटा बाँकी छ हिसाब राख्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

उनले अराजक ढंगले अघि बढेको भन्न नमिल्ने पनि बताए । ‘हामी विधि र संविधान अन्तर्गत नै अघि बढेका छौ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति सम्झौताभित्रै रहेर यहाँसम्म आएका छौ । राष्ट्रको हित र शान्तिका लागि हो ।’ उनले संविधान निर्माणपछि विचार मिल्ने दलहरु एक भएर अघि बढ्न सके विकास निर्माण र सम्मृद्धिले गति लिने अपेक्षासहित आफै प्रस्तावक भएर निर्वाचनमा गएको बताए । तर त्यो प्रस्ताव जनता र कार्यकर्ताबाट अनुमोदित भएपनि नेताको तहबाट अनुमोदित हुन नसकेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगरको रानी क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

विराटनगर। विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच विवाद भएपछि तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर...

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्...

गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति कांग्रेसको आपत्ति

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका न...

गण्डकी प्रदेशसभा अधिवेशन ७ गतेदेखि आव्हान

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन...

साउदीलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो...

सुहाङलाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम-२ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको का...

इलाम २ र बझाङ प्रदेश १ को उपनिर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकेको छ ।  निर्...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौँ । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी...

सल्यान दुर्घटना अपडेटः गम्भीर घाइते चार जनालाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय थारमारे...

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक व...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies