काठमाडौँ । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन् ।
‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारे । चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरेनन्। “दर्शकले विश्वास गर्नुहुन्न की रु साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भन्ने रु जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिए”, अभिनेता कार्कीले भने । यद्यपि निर्माण भएको उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरे ।
अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे । चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो । “चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भने, “प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन । दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ ।”
उनले प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन् । ‘प्रसाद’ कै दोस्रो शृङ्खला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकारी दिए । “नामको विश्वास धान्ने काम गरेका छौँ । पहिलो शृङ्खला मन पराउनु भएकोलाई निराश बनाउने छैनौँ”, उनले भने । जातीय विभेद र महिलामाथि हुने दुर्व्यवहार घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - ११:११
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...
श्रावण २८ गते, २०८३ - १०:४६
रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...
श्रावण २८ गते, २०८३ - १०:२३
कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...
श्रावण २७ गते, २०८३ - १७:१९
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...
श्रावण २७ गते, २०८३ - १७:१०
सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...
श्रावण २७ गते, २०८३ - १७:०७
मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...
श्रावण २७ गते, २०८३ - १६:५९
काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...



प्रतिकृया लेख्नुहोस्: