रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पातर्फ जाने यात्रुवाहक बससहितका सवारीसाधन बाटोमै रोकिएका छन्।
भूमे गाउँपालिका–४ स्थित काडाबगर र धौलापहिरोमा बुधबार साँझ लेदोसहितको भल र पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडक बन्द भएपछि लामो दूरीका यात्रुसहित विभिन्न सवारीसाधन आवतजावत गर्न नसक्दा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
सडक सञ्चालनमा ल्याउन डोजर तथा जेसीबी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। सिस्ने र भूमे गाउँपालिकाका जेसीबीसमेत परिचालन गरिएको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।
तर, पहिरो ठूलो हुनुका साथै सडकसमेत क्षतिग्रस्त भएकाले तत्कालै पूर्ण रूपमा यातायात सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रशासनले जनाएको छ। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने क्रममा समेत थप समस्या भइरहेको छ।
वर्षा नरोकिएसम्म सो क्षेत्रमा थप पहिरो खस्ने जोखिमसमेत रहेको प्रशासनको भनाइ छ। सडकको अवस्था सामान्य नभएसम्म यात्रु तथा चालकलाई जोखिम मोलेर यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
सडक अवरुद्ध हुँदा रुकुमपूर्वसँगै रुकुमपश्चिम र डोल्पातर्फ जाने यात्रु तथा मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्। सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्न सक्ने भएकाले यात्रुहरूले यात्राको योजना बनाउँदा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रशासनले आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - ११:२४
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ ...
श्रावण २८ गते, २०८३ - ११:११
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...
श्रावण २८ गते, २०८३ - १०:४६
रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...
श्रावण २८ गते, २०८३ - १०:२३
कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...
श्रावण २७ गते, २०८३ - १७:१९
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...
श्रावण २७ गते, २०८३ - १७:१०
सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...
श्रावण २७ गते, २०८३ - १७:०७
मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...
श्रावण २७ गते, २०८३ - १६:५९
काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...



प्रतिकृया लेख्नुहोस्: