Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

प्यूठानमा खोलाका किनारमा चार शव फेला, पहिचान खुल्न सकेन

खबरडबली संवाददाता

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिकांशको अवस्था क्षतविक्षत रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार हालसम्म कुनै पनि शवको पहिचान खुल्न सकेको छैन।

स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्ष उमेरका बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी, स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ। बिहान करिब ९:३० बजे स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्की महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले शव फेला परेको जानकारी गराएपछि प्रहरीले विभिन्न स्थानमा टोली परिचालन गरेको थियो। इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको नेतृत्वमा सात जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको नेतृत्वमा चार जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। फेला परेका शवहरू कहाँबाट बगेर आएका हुन् वा घटनाको प्रकृति के हो भन्नेबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकहरूको पहिचान र मृत्युको कारण खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

सडक अवरुद्ध हुँदा रुकुमपूर्वसँगै रुकुमपश्चिम र डोल्पातर्फ जाने यात्रु तथा मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्। सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्न सक्ने भएकाले यात्रुहरूले यात्राको योजना बनाउँदा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रशासनले आग्रह गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको धर्ना, केहीबेर घम्साघम्सी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ ...

प्यूठानमा खोलाका किनारमा चार शव फेला, पहिचान खुल्न सकेन

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...

रुकुमपूर्वमा पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...

कञ्चनपुरका दुई हजार दुई सय व्यवसायीको दुर्घटना बिमा

कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending