बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ ।
सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे । मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो । पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने ।
जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो । तत्कालका लागि पहिराले पुर्याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ ।
प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसङ्ख्यामा आएको गिरावट । विसं २०७८ मा भएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले यही उजागर गरेको छ ।
जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई व्याच २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तिर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् ।
शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे । उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन् । युरोप, अमेरिका र देशकै ठूला सहरमा पुगेकाहरु उतै बसेका उनले बताए ।
रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायतन कारणले नगरको जनसङ्ख्या घट्दो छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसङ्ख्या ऋणात्मक रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार छ सय २८ मा झरेको छ । ऋणत्मक जनसङ्ख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ ।
'जनसङ्ख्या धेरै घटेको पाइएको छ' उपप्रमुख शर्मा भन्छन् । देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन् । जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै जन्मदर घट्दा जनसङ्ख्या घटेको बताउनुहुन्छ । जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्याङ्कले देखाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: