Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

हिमाली उत्पादनको प्रशोधन र ब्रान्डिङमा चासो बढ्दै

खबरडबली संवाददाता

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ कृषि उत्पादनका धेरै सम्भावनायुक्त जिल्ला हो । यहाँ उत्पादन हुने स्याउ, खुपार्नी, फापर, उवा, आलुदेखि जिम्बुलगायतका वस्तुको बजारमा निकै माग हुने गरेको छ । समुद्री सतहबाट दुई हजार पाँच सय मिटरभन्दा माथि उत्पादन हुने यहाँका हरेक फलफूल, अन्न तथा जडीबुटी स्वास्थ्यवद्र्धक एवं बहुपोषणयुक्त मानिन्छ । विगतमा यहाँका उत्पादनले बजार नपाउँदा गाउँमै कुहिएर फाल्नुपरेको वास्तविकतामा स्थानीय जागरुकतासँगै गर्न थालिएको तिनीहरूको प्रशोधन तथा प्याकेजिङ यतिखेर मुस्ताङ्गीका लागि बरदान सावित भएको छ ।

स्थानीय उत्पादन प्रशोधन तथा ब्रान्डिङमा स्थानीय पालिकाले पनि जोड दिँदै विभिन्न तालिम दिन थालेका छन् । स्थानीय उत्पादनको प्याकेजिङ तथा ब्रान्डिङका कारण यहाँका स्थानीयवासी आयआर्जजमा जोडिएको कुच्छपतोरङ्गा महिला लघु उद्यम समूह घरपझोङ्ग गाउँपालिका–५ का अध्यक्ष श्यामु थकालीले बताए । “प्याकेजिङ तथा ब्रान्डिङ नहुँदा स्याउ, खुर्पानीजस्ता फलफूल कुहिएर फाल्नुपर्ने अवस्था थियो”, उनले भने, “अहिले भने यहाँ हुने गरेका हरेक उत्पादनलाई सुकाएर प्याकिङ तथा कतिपय जुस बनाएर बजारमा पठाउने गरेका छौँ ।” मुस्ताङमा आउँदा पर्यटकले यहाँका उत्पादनलाई कोसेलीस्वरुप लैजाने गरेको बताउँदै उनले बजारको कुनै समस्या नरहेको बताए ।उत्पादनको ब्रान्डिङसँगै स्थानीय महिला आयआर्जनमा जोडिएको बताउँदै उनले आफूहरूको समूहमा १४ जना आबद्ध भएको बताए । उत्पादन प्रशोधनका लागि गाउँपालिकाले पाँचदिने तालिम दिएको बताउँदै थकालीले त्यसयता फापरको सागको धुलो, झिलिङ्गा आदि तयार गरी बजारमा पठाउने गरेको बताए । ब्रान्डिङ र प्याकेजिङ नहुँदा अन्य ठाउँको उत्पादन पनि मुस्ताङको भनेर बिक्री गर्ने गरेको पाइएपछि गाउँपालिकाले यहाँको उत्पादनलाई ब्रान्डिङ गर्न थालेको स्थानीयवासी बताउँछन् । मुस्ताङको आलुको पहिचान जोगाउन घरपझोङ्ग गाउँपालिकाले आलु ब्रान्डिङ गर्न थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९र८० का लागि यहाँका पाँचवटै वडामा उत्पादित आलुको ब्रान्डिङ तथा प्याकेजिङ सुरु गरेको हो ।

स्याउका बगैँचामा आलु लगाएर यहाँका स्थानीयले स्याउ र आलु दुवैको उत्पादन लिने गरेका छन् । स्याउ, खुर्पानीजस्ता वस्तु सुकाएर प्याकिङ गर्नुका साथै यिनीहरूको जुस बनाएर पठाउने गरिएको बताउने अर्का स्थानीयवासी वित्ती थकाली प्रशोधनले उत्पादित वस्तु कुहिएर जाने समस्या हटेको बताउँछिन् । पछिल्लो समयमा यहाँको फापरको पिठो, सिस्नुको धुलोलगायतका वस्तुको बजारमा निकै माग हुने गरेको उनले बताइन् ।

मुस्ताङमा आउने जो–कोही पर्यटकले यहाँ तयार गरिएका जुस, जाम, अचार, क्यान्डी, सुकुटी आदिलाई कोसेलीका रूपमा लैजाने गरेको उनले बताइन् । उत्पादन प्रशोधनले स्थानीयलाई आयआर्जनमा जोडेको भुग्मोर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला लालचन बताउँछिन् । आफूले संस्थागतरूपमा प्रयास अघि बढाएको बताउँदै उनले सात वर्षअघिदेखि संस्था दर्ता गरी यसमा लागिएको बताइन् ।

हिमाली उत्पादनको मौलिकता एवं यहाँको पहिचानलाई कायम राख्दै स्थानीयलाई आयआर्जनसँग जोड्न उत्पादनको ब्रान्डिङमा गाउँपालिकाले जोड दिएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउँछन् । पछिल्लो समयमा स्थानीयको जागरुकतासमेत बढ्दै गएको उल्लेख गर्दै उनले यसले आफूहरूलाई थप उत्साहित बनाएको बताइन् ।

मुस्ताङवासी वर्षौँदेखि नै अतिथिदेवो भवःको मन्त्रलाई आत्मसात गर्दै आएको बताउँदै जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले यहाँका स्थानीय उत्पादन प्रशोधन गर्दै कोसेलीका रूपमा पठाउन सक्रियता बढेको बताइन् । मुस्ताङको आफ्नै पर्यटकीय विशष्टिता रहेको र यहाँ हुने उत्पादनको डिजिटल बजार विस्तारका लागि पर्यटन व्यवसायी महिला सङ्घ नेपाल ९टेवान० ले फागुनको अन्तिम साता स्थानीयलाई बजारीकरण सम्बन्धी तालिम दिएको अध्यक्ष कमला गिरीले जानकारी दिइन् । “मुस्ताङमा हुने उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ हामीले तालिम दिएका हौँ”, उनले भनिन्, “भौगोलिक विविधतासँगै यहाँ हुने उत्पादन पनि मुस्ताङको विशिष्टता हो ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकल दुर्घटनामा परेर आमा, बुवा र पाँच महिने छोरीको मृत्यु

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।...

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गरेको छन् ।  नेपाल उद्योग वाणिज...

कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

काठमाडौँ । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिर...

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएको छन् । दलित महिला केन्द्र नेप...

नक्कली भुटानी शरणार्थी प्रकरण, उच्च अदालतले भोलि आदेश सुनाउने

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ करिबकरिब सकिएको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इ...

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : नेत्री राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कु...

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, यी हुन विश्वका २० धनी व्यत्तिहरु (सुचीसहित)

नयाँ दिल्ली। भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेर...

अबुधावीस्थित नेपाली दुतावास पुगे प्रधानमन्त्री, सेवा प्रवाह चुस्त गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधा...

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सम्भव छैन्: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन ...

कर्णाली करिडोरमा जीप दुर्घटना: एकको मृत्यु, एक घाइते

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies