Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पूर्वराजा ज्ञानेन्द्र शाह दमक पुगेर किन देखाउँछन् सक्रियता ?

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह विगत करिब पाँच महिनादेखि झापाको दमकस्थित आफ्नै निवासमा रहेका छन्।

उनले पाँच महिनाको अवधिमा विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर नेपालमा राजसंस्था पुनर्जीवित गराउन साथ मागिरहेको उनीसँग भेटघाट गरिसकेका व्यक्तिहरूले बताएका छन्।

शाह पूर्वमा रहेका बेला धेरै मानिस भेला भएका कार्यक्रमहरूमा जाने गरेका छन्। केही दिनअघि सुनसरीको इटहरीमा आयोजित 'गङ्गा आरती'मा पनि पूर्वराजा शाह पुगेका थिए।

त्यसको केही समयअघि फागुन १ गते दुर्गा प्रसाईँले आयोजना गरेको एउटा कार्यक्रममा पनि पूर्वराजा शाह आफ्ना परिवारका सदस्यसहित झापाको मेचीनगर पुगेका थिए।

पूर्व राजा शाहको 'इच्छा'

राजसंस्था पुनर्स्थापनापछि उक्त संस्थाले अभिभावक जस्तै भूमिका निर्वाह गर्न सक्ने दृष्टिकोण पूर्वराजाको रहेको उनलाई भेट्नेहरू बताउँछन्।

शाहसँग भेट गरेका दमक नगरपालिकाका मेयर राम थापाले पूर्वराजा अहिलेको राजनीतिक परिस्थितिबाट धेरै नै असन्तुष्ट रहेको आफूले पाएको बताए।

उनले भने, "सरकार स्थायी छैन। जनताले धेरै दुःख पाए। अब राजसंस्थाले देशको अभिभावकत्व निर्वाह गर्नुपर्छ भन्ने नै उहाँको कुरा छ।"

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना शीर्ष नेताका अनुसार अब नेपालमा 'राजतन्त्र' होइन 'राजसंस्था' चाहिएकाले पूर्व राजा शाहले त्यही भूमिका खोजेका छन्।

ती नेताले भने, "त्यसका लागि छलफलको विषय होला। उहाँको सक्रियता राजनीतिक हो भनेर म भन्दिन। तर उहाँ धेरै सक्रिय हुनु भएको चाहिँ हो।"

गत चैत ८ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले शाहसँग दमकमा सामूहिक भेट गरेका थिए।

सार्वजनिक रूपमा बोल्दैनन्

नेपालमा राजसंस्था चाहिन्छ भन्नेहरूसँग पूर्व राजा शाहले पालैपालो, एक्लै तथा सामूहिक रूपमा भेट गर्ने गरेका छन्। उनीहरूसँग व्यक्तिगत तथा सामूहिक रूपमा उनले कुराकानी गरे पनि सार्वजनिक रूपमा भने केही पनि बोल्दैनन्।

धेरै सञ्चारकर्मीहरूले भेटघाटका लागि प्रयास गरे पनि उनले समय दिएका छैनन्। गत फागुन १ गते दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा परिवार नै उपस्थिति भए पनि शाह केही पनि बोलेनन्।

केही दिन अघि इटहरीको कार्यक्रममा पनि सार्वजनिक रूपमा केही पनि अभिव्यक्ति आएन। चैत २० गते सुनसरीमा उनलाई अभिनन्दन कार्यक्रम राखिएको बताइएको छ।

झापाबाटै भारत

पूर्व राजा शाह झापा बसाइका क्रममा भारत पनि गएका थिए। भारत किन गए र कसलाई भेटे भन्ने बारेमा उनका निकटस्थहरूलाई पनि थाह छैन।

उनी भारतको सिलिगुडीमा करिब एक साता बसेको राप्रपाका एक जना नेताले बताए।

ती नेताले भने, “उहाँ भारत पनि जानु भएको हो। भारतमा पनि धेरै व्यक्तिहरूसँग कुराकानी भएको छ । तर को-कोसँग कुरा गर्नुभयो भन्नेबारे उहाँ बाहेक कसैलाई पनि थाह छैन।”

शाह किन दमक गइरहन्छन्?

पूर्वराजा ज्ञानेन्द्र शाह बर्सेनि लामो समय झापामा रहने गरेका छन्। कहिले एक्लै, कहिले आफ्ना परिवारका सदस्यसँग झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानलाई उनले आफ्नो मुकाम बनाउने गरेका छन्।

आफ्नै स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगान भित्र उनको निवास छ। बेला बेला झापाको मेचीनगरको निन्दा खोला किनारमा रहेको पाँच तारे होटल मेची क्राउनमा पनि पुग्ने गरेका छन्।

त्यहाँ उनले रमाइलो गरेका दृश्य कहिलेकाहिँ सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन्। पूर्वराजाले दमक नगरपालिका क्षेत्रको विकासका बारेमा पनि चासो राख्ने गरेको हालै दुई पटक उनलाई भेटेका मेयर राम थापाले बताएका छन्।

थापाले भने, "उहाँले काम गर्न भएको सजिलो तथा अप्ठ्याराका बारेमा चासो राख्नुभयो। अब नगरपालिका क्षेत्रमा के गर्ने सोचे बनाइएको छ? भनेर पनि सोध्नु भएको छ।"

भेटका क्रममा मेयर थापासँगै उनको दलमा आबद्ध राप्रपाका स्थानीय नेताहरू पनि सहभागी थिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending