Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

पूर्वराजा ज्ञानेन्द्र शाह दमक पुगेर किन देखाउँछन् सक्रियता ?

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह विगत करिब पाँच महिनादेखि झापाको दमकस्थित आफ्नै निवासमा रहेका छन्।

उनले पाँच महिनाको अवधिमा विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर नेपालमा राजसंस्था पुनर्जीवित गराउन साथ मागिरहेको उनीसँग भेटघाट गरिसकेका व्यक्तिहरूले बताएका छन्।

शाह पूर्वमा रहेका बेला धेरै मानिस भेला भएका कार्यक्रमहरूमा जाने गरेका छन्। केही दिनअघि सुनसरीको इटहरीमा आयोजित 'गङ्गा आरती'मा पनि पूर्वराजा शाह पुगेका थिए।

त्यसको केही समयअघि फागुन १ गते दुर्गा प्रसाईँले आयोजना गरेको एउटा कार्यक्रममा पनि पूर्वराजा शाह आफ्ना परिवारका सदस्यसहित झापाको मेचीनगर पुगेका थिए।

पूर्व राजा शाहको 'इच्छा'

राजसंस्था पुनर्स्थापनापछि उक्त संस्थाले अभिभावक जस्तै भूमिका निर्वाह गर्न सक्ने दृष्टिकोण पूर्वराजाको रहेको उनलाई भेट्नेहरू बताउँछन्।

शाहसँग भेट गरेका दमक नगरपालिकाका मेयर राम थापाले पूर्वराजा अहिलेको राजनीतिक परिस्थितिबाट धेरै नै असन्तुष्ट रहेको आफूले पाएको बताए।

उनले भने, "सरकार स्थायी छैन। जनताले धेरै दुःख पाए। अब राजसंस्थाले देशको अभिभावकत्व निर्वाह गर्नुपर्छ भन्ने नै उहाँको कुरा छ।"

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना शीर्ष नेताका अनुसार अब नेपालमा 'राजतन्त्र' होइन 'राजसंस्था' चाहिएकाले पूर्व राजा शाहले त्यही भूमिका खोजेका छन्।

ती नेताले भने, "त्यसका लागि छलफलको विषय होला। उहाँको सक्रियता राजनीतिक हो भनेर म भन्दिन। तर उहाँ धेरै सक्रिय हुनु भएको चाहिँ हो।"

गत चैत ८ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले शाहसँग दमकमा सामूहिक भेट गरेका थिए।

सार्वजनिक रूपमा बोल्दैनन्

नेपालमा राजसंस्था चाहिन्छ भन्नेहरूसँग पूर्व राजा शाहले पालैपालो, एक्लै तथा सामूहिक रूपमा भेट गर्ने गरेका छन्। उनीहरूसँग व्यक्तिगत तथा सामूहिक रूपमा उनले कुराकानी गरे पनि सार्वजनिक रूपमा भने केही पनि बोल्दैनन्।

धेरै सञ्चारकर्मीहरूले भेटघाटका लागि प्रयास गरे पनि उनले समय दिएका छैनन्। गत फागुन १ गते दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा परिवार नै उपस्थिति भए पनि शाह केही पनि बोलेनन्।

केही दिन अघि इटहरीको कार्यक्रममा पनि सार्वजनिक रूपमा केही पनि अभिव्यक्ति आएन। चैत २० गते सुनसरीमा उनलाई अभिनन्दन कार्यक्रम राखिएको बताइएको छ।

झापाबाटै भारत

पूर्व राजा शाह झापा बसाइका क्रममा भारत पनि गएका थिए। भारत किन गए र कसलाई भेटे भन्ने बारेमा उनका निकटस्थहरूलाई पनि थाह छैन।

उनी भारतको सिलिगुडीमा करिब एक साता बसेको राप्रपाका एक जना नेताले बताए।

ती नेताले भने, “उहाँ भारत पनि जानु भएको हो। भारतमा पनि धेरै व्यक्तिहरूसँग कुराकानी भएको छ । तर को-कोसँग कुरा गर्नुभयो भन्नेबारे उहाँ बाहेक कसैलाई पनि थाह छैन।”

शाह किन दमक गइरहन्छन्?

पूर्वराजा ज्ञानेन्द्र शाह बर्सेनि लामो समय झापामा रहने गरेका छन्। कहिले एक्लै, कहिले आफ्ना परिवारका सदस्यसँग झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानलाई उनले आफ्नो मुकाम बनाउने गरेका छन्।

आफ्नै स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगान भित्र उनको निवास छ। बेला बेला झापाको मेचीनगरको निन्दा खोला किनारमा रहेको पाँच तारे होटल मेची क्राउनमा पनि पुग्ने गरेका छन्।

त्यहाँ उनले रमाइलो गरेका दृश्य कहिलेकाहिँ सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन्। पूर्वराजाले दमक नगरपालिका क्षेत्रको विकासका बारेमा पनि चासो राख्ने गरेको हालै दुई पटक उनलाई भेटेका मेयर राम थापाले बताएका छन्।

थापाले भने, "उहाँले काम गर्न भएको सजिलो तथा अप्ठ्याराका बारेमा चासो राख्नुभयो। अब नगरपालिका क्षेत्रमा के गर्ने सोचे बनाइएको छ? भनेर पनि सोध्नु भएको छ।"

भेटका क्रममा मेयर थापासँगै उनको दलमा आबद्ध राप्रपाका स्थानीय नेताहरू पनि सहभागी थिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending