काभ्रे । महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भएपछि काठमाडौँ लगिएको हो ।
मोक्तानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत निःशुल्क हेलिकप्टरबाट काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा लगिएको हो । जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ ।
सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ । कार्यक्रम लागू भएपछि हालसम्म महाभारतको मात्रै आठ सुत्केरी ब्यथा लागेकाको हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
“लामो कच्ची सडकमा सुत्केरी ब्यथा लागेका महिलाको स्वास्थ्य जोखिममा पर्ने भएकाले डाँडापारिका नागरिकले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ, यहाँका सडक स्तरोन्नति गर्दैछौँ अब अन्य बिरामीलाई पनि केही सहज होला कि ”, उनले भने।
अध्यक्ष जिम्बाले निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार सुत्केरी ब्यथा लागेकाको लागि सेवा प्रदान गर्दै आएको बताए । महाभारतका नागरिकलाई उपचार गर्न सदरमुकामका अस्पताल आउनुपर्दा वर्षायाममा झन् कठिन हुने गरेको बताइन्छ ।
यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकोप्टर ‘चार्टडर्’ गर्नुपर्ने बाध्यता बनेको थियो । त्यतिबेला उहाँका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो ।
“गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायाममा हेलिकोप्टरको विकल्प छैन”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने। गत साल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ की १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पु¥याइयो । तर हेलिकोप्टर रित्तै फर्कनुप¥यो ।
विडम्बना हेलिकोप्टर गाउँ पुग्दै गर्दा उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । उहाँको थप उपचारका लागि काठमाडौं लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उहाँको निधन भइसकेको थियो । डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महँगो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ ।
वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अबरुद्ध हुँदा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका दुई गाउँपालिकाका नागरिकले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ । गर्भवतीबाहेक अन्य बिरामीले हेलिकोप्टरको भाडा तिर्न नसक्ने भएकाले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: