काठमाडौं । निर्वाचन आयोगले आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ।
तनहुँ १, चितवन २ र बारा २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबारउजुरी दर्ताको समय तोकिएको थियो। तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आयोगले आज उजुरीमाथि छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।
प्रतिनिधिसभाको उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा चारवटा उजुरी परेका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार अनुसार एउटा उजुरी इमेलबाट आएको छ भने एउटा राष्ट्रिय जनमोर्चाबाट र अन्य दुईवटा स्वतन्त्र उम्मेदवारले रविविरुद्ध उजुरी दिएका हुन्।
संविधानको धारा २९१ ले विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले नेपालको कुनै पनि पदमा निर्वाचित मनोनित हुनका लागि त्यस्तो आवासीय अनुमतिपत्र त्यागेको तीन महिना पुगेको हुनुपर्ने व्यवस्था गरेको छ।
संविधानको यही व्यवस्थाअनुसार रवि लामिछानेले उम्मेदवार बन्न नपाउने जिकिर गर्दै उनीविरुद्ध चारवटा उजुरी परेका हुन्। वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन २ मा दलबाट १२ र स्वतन्त्र १२ गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । अन्य उम्मेदवारविरुद्ध भने कुनै उजुरी परेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: