Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

स्वर्णिम वाग्लेविरुद्ध गगन थापाले किन ओकले आगो ?

खबरडबली संवाददाता

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाड्दा अन्तिम सम्बोधन सन्देश लेखेका नेताहरूमध्ये एक थिए, कांग्रेस महामन्त्री गगन थापा।

सार्वजनिक चर्चाहरूका अनुसार थापा वाग्लेलाई निकै रुचाउँथे, कांग्रेसभित्र अघि बढाउन चाहन्थे, उनका नजरमा सम्भावना बोकेका एक प्रिय विज्ञ पात्र थिए।

गत आम चुनावमा त थापा काठमाण्डूको आफ्नो निर्वाचन क्षेत्र वाग्लेको निम्ति छाड्न समेत तयार भएको विवरणहरू सार्वजनिक भएका पनि हुन्। तर, कांग्रेस त्यागेर वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ-१ को उप चुनावमा उम्मेदवार बनेका छन्।

त्यहीँ पुगेर कांग्रेस उम्मेदवारको पक्षमा बोल्ने क्रममा महामन्त्री थापाले दिएको अभिव्यक्ति यति बेला निकै चर्चामा छ।

वाक्पटुको खुला हमला?

भाषणमा थापाले नाम कसैको लिएनन्। तर ‘मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ’ भन्दै थापाले भनेका छन्, “मैले त जागिर नखाएको, तिमिले त खाएर छोडेर आएको।”

थापा भन्दै जान्छन्, “मलाई त भन्न मन लाग्छ, तिमि त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो, म त त्यो बेलामा सडकमा लडेर बसेको हो, छातीमा ढुङ्गा खाएर बसेको हो। (विदेश) जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन।”

शर्मा र थापा

उनले ‘घुम्दै घुम्दै आएको टुरिस्ट’ उम्मेदवार समेत भने। उनका ती आक्रोशपूर्ण टिप्पणी र सम्बोधन वाग्ले लक्षित भएको धेरैलाई लागेको छ।

वाग्लेसँगको निकट विगतमा रहेको भनिएको थापाको ‘आत्मीयता’ले गर्दा हुनसक्छ, उनले वाग्लेविरुद्ध किन ‘आगो ओकेलेका होलान्’ भन्ने कौतुहलता धेरैमा पाइन्छ।

अनुकूलता होस् वा प्रतिकूलता, परिस्थिति अनुसार खुला वा लाक्षणिक अभिव्यक्ति दिने वाक् कला भएका नेता मानिने थापाको त्यो प्रहार ‘भाषण गर्दै जाँदाको आक्रोश मात्रै नभइ नियोजित’ थियो भन्ने कैयौँलाई लागेको छ।

धाराप्रवाह भाषण गर्ने क्षमताका थापाले तनहुँको कार्यक्रममा ‘नोट लेखिएको’ डायरी पल्टाउँदै गरेको दृश्यले पनि त्यसलाई बल दिएको हो।

पहिले तनहुँमा कांग्रेसको राजनीतिमा संलग्न रहिसकेका बाह्रखरी अनलाइनका कार्यकारी सम्पादक गोविन्द अधिकारी भन्छन्, “दुवै नजिक थिए, नजिकको मान्छेले चित्त दुख्ने गरी धोका दिँदा मान्छे आवेगमा आउँछ, निकट मान्छेले छाड्दा चित्त दुखेको अभिव्यक्ति हो भन्ने मलाई लाग्छ।”

‘आरोप’ चिर्ने अवसर?

कांग्रेसले महामन्त्रीद्वय थापालाई तनहुँ र विश्वप्रकाश शर्मालाई चितवन खटाएको थियो। रास्वपाका अध्यक्ष रवि लामिछाने यसअघि चुनाव जितेको चितवनबाट उठेका छन्।

तनहुँमा यसअघिको चुनाव जितेको कांग्रेसका निम्ति अन्तर्द्वन्द्व र असन्तुष्टिकाबीच रास्वपाबाट वाग्लेको उम्मेदवारी थप चुनौती बनेको ठानिएको छ।

नेताहरू

अघिल्लो चुनावमा रास्वपाले काठमाण्डूमा थापाविरुद्ध उम्मेदवारी नदिँदा उनीहरूबीच आन्तरिक ‘सहकार्य’ रहेको गाइँगुइँ कांग्रेसभित्रै चल्यो।

गठबन्धनभित्रको माओवादीका कतिपय नेताले त थापामाथि आफू सुरक्षित बनेर माओवादी उम्मेदवार भएका क्षेत्रमा रास्वपालाई सघाएको आरोप सार्वजनिक रूपमै लगाए।

कतिपयले उक्त आरोपको खण्डन गर्ने अवसरको रूपमा महामन्त्री थापा वाग्लेविरुद्ध खुला रूपमा उत्रिएको ठानेका छन्।

चितवन पुगेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि रवि लामिछाने र वाग्लेबारे टिप्पणी गरेका थिए। तर उनको भाषण उनीहरूको राजनीतिक कदम र तर्कको प्रतिवादमा सीमित रहेको पाइयो।

तर विगतमा कांग्रेसमा केही निकै नरम र केही निकै चर्को बोल्ने महामन्त्रीहरू रहेको बताउँदै पत्रकार अधिकारी भन्छन्, “गगन थापा चर्को बोल्ने स्कुलिङको उत्तराधिकारी बनेको देखिन्छ।”

‘स्वर्णिम-सम्बन्ध’मा बिरामको सन्देश?

कांग्रेस छाड्दा वाग्लेले देउवा र उनकी पत्नीविरुद्ध आरोप लगाएको विवरणहरू पनि सार्वजनिक भएका छन्।अन्तर्वार्ताहरूमा वाग्ले खास गरी सभापति शेरबहादुर देउवा आफ्नो राजनीतिक बाटोमा कठोर तगारो बनेको भन्ने ठहरमा पुगेको बुझिन्छ।

देउवाले नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको भन्दै वाग्लेले ‘हतार गरेको र सङ्घर्षको लामो इतिहास बोकेका कांग्रेसका नेता-कार्यकर्ताको धैर्यको अपमान गरेको’ भनी आलोचना गर्नेहरू पनि छन्।

वाग्लेको कांग्रेस परित्यागले गर्दा पार्टीभित्र उनलाई अवसर दिलाउन वकालत गरेका तर देउवा पक्षसँग सङ्घर्षमा रहेकाहरूलाई नैतिक रूपमा कमजोर बनाएको ठान्नेहरू पनि छन्।

देउवासँग वाग्ले

त्यसैले ‘पार्टीभित्र रहँदासम्म न्यायको निम्ति अन्तर सङ्घर्ष गर्ने दृढता देखाउँदै बाहिर गएपछि भने मायामोह नराख्ने राजनीतिक चातुर्य र बाध्यता’मा महामन्त्री थापा पुगेको कतिपयको आकलन छ।

वाग्लेको पार्टी परित्याग प्रकरणले पार्टीको संस्थापनबाट हुनसक्ने आक्रमण र आलोचनालाई निस्तेज पार्ने कित्तामा थापा लगायतलाई पुर्‍याइदिएको ठान्नेहरूले त्यसको प्रतिरक्षा गर्ने उपायको रूपमा थापाले स्वर्णिम विरुद्ध कडा रूपमा प्रस्तुत भएको विश्लेषण गरेका छन्।

त्यो मानसिकता थापाको अवचेतन मनमा कहीँ न कहीँ बसेको हुनसक्ने र त्यसबाट मुक्त हुनुपर्छ भन्ने मानसिकता अलिअलि हुनसक्ने पत्रकार अधिकारी पनि बताउँछन्।

“तर गगन थापा जस्तो नेताले त्यो मानसिकताले मात्रै त्यति चर्को कुरा गरे होलान् जस्तो लाग्दैन। यद्यपि त्यो उनलाई सुहाउने भाषण भएन भन्ने मलाई पनि लागेको थियो,” पत्रकार अधिकारीको टिप्पणी छ।

दुई महामन्त्रीलाई चुनावी कमान्डर बनाउने कांग्रेसको निर्णयलाई कतिपयले पार्टीभित्र आफूलाई विस्थापित गर्न एक ठाउँमा उभिएका उनीहरूलाई परीक्षामा धकेल्ने कांग्रेस सभापति देउवाको राजनीतिक चतुर्‍याइँको रूपमा पनि हेरेको पाइन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending