Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

‘जारी’ र ‘बुलाकी’- एउटै भावका दुई चलचित्र

खबरडबली संवाददाता

काठमाडौं । बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए । आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । 

तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान गरिएको दुवै चलचित्र जारी प्रथासँग सम्बन्धित छ । इन्टरनेटमा उपलब्ध दुवै चलचित्रको ट्रेलरले उस्तै कथा भनेको छ । किनकि दुवै चलचित्रमा पुरानो श्रीमान्लाई दिइने क्षतिपूर्तिको विषयलाई देखाइएको छ ।

कवि/कथाकार उपेन्द्र सुब्बा ‘जारी’मार्फत् निर्देशक बन्दै छन् । ‘कब्बडी’ का शृङ्खलामार्फत् लेखनमा सक्रिय सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि तयार गरेका हुन् । 

लिम्बू समुदायका महिलाको विद्रोह देखाइएको ‘जारी’ को सुरूआत उपन्यासबाट भएको थियो । “म चलचित्र लेखन सक्छु तर नाटक सक्दिनँ । किनकि म भित्र त्यो धैर्य नै छैन”, निर्देशक सुब्बाले भने । उनले लेखिएको उपन्यासलाई साथीहरूसँगको सल्लाहपश्चात चलचित्रको पटकथामा रूपान्तरण गरेका हुन् । 

“हाम्रो प्रचलन नयाँ पुस्तासम्म पुर्याउनुपर्छ भनेर विषयवस्तु छनौट गरेको हुँ । महिलाहरू आँटिला र सहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मान बिना बस्दैनन्”, निर्देशक सुब्बाले भने। उनले महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने/आत्मनिर्णयको सुविधा लिम्बूवानमा रहेको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नरहेको बताए । 

यो कथा लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ । निर्देशक सुब्बाले चलचित्रको योजना नै युप्पारुङमार्फत सिर्जित भएको बताए। “कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्त्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो”, निर्देशक सुब्बाले भने ।

वैशाख १ मै प्रदर्शन हुने घोषणा गरिएको चलचित्र ‘बुलाकी’ को कथा पनि यस्तै छ । सार्वजनिक गरिएको प्रचारप्रसार सामग्रीमा श्रीमान् छाडेर गएपछि जारी उठाउने कथा देखाइएको छ । यसको कथा निर्देशक राजबहादुर सानेले लेखका हुन् । म्युजिक भिडियो निर्देशन गरिरहेका लक्ष्मण सुनारको यो पहिलो निर्देशकीय चलचित्र हो । 

“एक दशक अगाडिसम्म पनि कर्णालीमा जारीको चलन थियो । यसलाई मैले कर्णालीमा देखेर नै हुर्किएको हुँ । त्यसैलाई पर्दामा देखाउनुपर्छ भनेर बनाएको हुँ”, निर्देशक सुनारले भने, “ट्रेलर हेर्दा उस्तै लाग्न सक्छ । हामीले पश्चिमको कथा भनेका छौँ र उहाँहरूले पूर्वको कथा भन्नुभएको छ । यो साझा विषयवस्तु भएकाले उठान एकै पटक भएको हुनसक्छ । तर हाम्रो चलचित्र मिल्दैन । सायद यो कथा भन्नुपर्छ भन्ने लागेको हुनसक्छ ।” 

उनले कर्णालीको महिलाले अहिले पनि स्वतन्त्ररूपमा आफ्ना कुरा भन्न नसकेको देखेका छन्। निर्देशक सुनारले बुलाकीलाई कर्णालीको महिलाको आवाजका रूपमा बुझ्न आग्रह गरे ।

“कर्णालीमा महिलाहरू अझै आफूसँग भएको हिंसाबारे बोल्न सक्दैनन् । प्रमुख पात्रले कर्णालीका महिलाको प्रतिनिधित्व गर्छ । मनोवैज्ञानिक ढङ्गले गर्ने विद्रोहलाई चलचित्रमा देखाएका छौँ”, निर्देशक सुनारले भने । उनले आगामी चलचित्रहरूमा समेत कर्णालीकै कथालाई आवाज दिने चाहेको योजना सुनाए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending