काठमाडौं । बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए । आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् ।
तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान गरिएको दुवै चलचित्र जारी प्रथासँग सम्बन्धित छ । इन्टरनेटमा उपलब्ध दुवै चलचित्रको ट्रेलरले उस्तै कथा भनेको छ । किनकि दुवै चलचित्रमा पुरानो श्रीमान्लाई दिइने क्षतिपूर्तिको विषयलाई देखाइएको छ ।
कवि/कथाकार उपेन्द्र सुब्बा ‘जारी’मार्फत् निर्देशक बन्दै छन् । ‘कब्बडी’ का शृङ्खलामार्फत् लेखनमा सक्रिय सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि तयार गरेका हुन् ।
लिम्बू समुदायका महिलाको विद्रोह देखाइएको ‘जारी’ को सुरूआत उपन्यासबाट भएको थियो । “म चलचित्र लेखन सक्छु तर नाटक सक्दिनँ । किनकि म भित्र त्यो धैर्य नै छैन”, निर्देशक सुब्बाले भने । उनले लेखिएको उपन्यासलाई साथीहरूसँगको सल्लाहपश्चात चलचित्रको पटकथामा रूपान्तरण गरेका हुन् ।
“हाम्रो प्रचलन नयाँ पुस्तासम्म पुर्याउनुपर्छ भनेर विषयवस्तु छनौट गरेको हुँ । महिलाहरू आँटिला र सहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मान बिना बस्दैनन्”, निर्देशक सुब्बाले भने। उनले महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने/आत्मनिर्णयको सुविधा लिम्बूवानमा रहेको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नरहेको बताए ।
यो कथा लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ । निर्देशक सुब्बाले चलचित्रको योजना नै युप्पारुङमार्फत सिर्जित भएको बताए। “कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्त्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो”, निर्देशक सुब्बाले भने ।
वैशाख १ मै प्रदर्शन हुने घोषणा गरिएको चलचित्र ‘बुलाकी’ को कथा पनि यस्तै छ । सार्वजनिक गरिएको प्रचारप्रसार सामग्रीमा श्रीमान् छाडेर गएपछि जारी उठाउने कथा देखाइएको छ । यसको कथा निर्देशक राजबहादुर सानेले लेखका हुन् । म्युजिक भिडियो निर्देशन गरिरहेका लक्ष्मण सुनारको यो पहिलो निर्देशकीय चलचित्र हो ।
“एक दशक अगाडिसम्म पनि कर्णालीमा जारीको चलन थियो । यसलाई मैले कर्णालीमा देखेर नै हुर्किएको हुँ । त्यसैलाई पर्दामा देखाउनुपर्छ भनेर बनाएको हुँ”, निर्देशक सुनारले भने, “ट्रेलर हेर्दा उस्तै लाग्न सक्छ । हामीले पश्चिमको कथा भनेका छौँ र उहाँहरूले पूर्वको कथा भन्नुभएको छ । यो साझा विषयवस्तु भएकाले उठान एकै पटक भएको हुनसक्छ । तर हाम्रो चलचित्र मिल्दैन । सायद यो कथा भन्नुपर्छ भन्ने लागेको हुनसक्छ ।”
उनले कर्णालीको महिलाले अहिले पनि स्वतन्त्ररूपमा आफ्ना कुरा भन्न नसकेको देखेका छन्। निर्देशक सुनारले बुलाकीलाई कर्णालीको महिलाको आवाजका रूपमा बुझ्न आग्रह गरे ।
“कर्णालीमा महिलाहरू अझै आफूसँग भएको हिंसाबारे बोल्न सक्दैनन् । प्रमुख पात्रले कर्णालीका महिलाको प्रतिनिधित्व गर्छ । मनोवैज्ञानिक ढङ्गले गर्ने विद्रोहलाई चलचित्रमा देखाएका छौँ”, निर्देशक सुनारले भने । उनले आगामी चलचित्रहरूमा समेत कर्णालीकै कथालाई आवाज दिने चाहेको योजना सुनाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: