मिसौरी । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ ।
आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हाल सम्म ६३ जनाले ज्यान गुमाएका छन् । बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन्भने विद्युत् आपूर्तिमा अवरोध भएको छ ।
प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन् । राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताएको छन् । उनले राष्ट्रपति जो बाइडेनबाट सङ्घीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिएको छन् ।
यसअघि मिसिसिपीमा गत साता आएको आँधीमा परी २६ जनाको ज्यान गएको थियो । त्यहाँको सानो शहर रोलिङफार्क पूर्णरूपमा तहसनहस भएको थियो । करिब दुई हजार बासिन्दा रहेको उक्त स्थानको स्थलगत निरीक्षणमा पुग्नु भएका राष्ट्रपतिले आँधीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रकट गरेको थि।ए ।
निरपेक्ष गरिबीको रेखामुनि रहेका त्यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपतिले सङ्घीय सरकारलाई आदेश दिनुभएको थियो । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलव्ध गराउन उहाँले आदेश दिएको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: