Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

वास्तविक किसानले पाउँदैन सुविधा, कहाँ जान्छन् औषधि ?

खबरडबली संवाददाता

बागलुङ । बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ गाईभैँसी, भेडाबाख्रा पालन गर्दै आएका छन् । 

विशेषगरी जिल्लाको उच्च क्षेत्रमा सबैभन्दा बढी भेडाबाख्रा पालन हुने हुँदा यहाँका किसानको अधिकांश बसाइँ लेकमै हुनेगर्छ । निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट तथा ताराखोलाका माथिल्लो भेगका पशुपालक किसान रैथाने जातका पशुचौपाया पाल्ने गर्छन् भने उनीहरुले परम्परागत शैलीनै अपनाएका हुन्छन् ।

चैतकै पहिलो सातादेखि लेक चढ्ने र असोज महिनाको सुरुमै बेँसी झर्ने उनीहरुको परम्परा हो । बैसीमा पर्याप्त घाँसपात नहुने हुँदा गोठाला लेकमै बस्ने गर्दछन् । लेकमा बस्दा सामान्य गोठ बनाएर किसानले घाँमपानी छेक्ने र रात बिताउने गर्छन् भने भेडाबाख्रालाई खुल्ला आकाशमुिननै राख्ने गर्छन् । जङ्गलका वन्यजन्तुले पशुचौपायालाई आक्रमण गरेर मारी दिँदा किसानले बेलाबेला लाखौँ रकम नोक्सानी पनि बेर्होर्दै आएका छन् । यता सरकारलेलाई बाली तथा पशु बीमा कार्यक्रम ल्याए पनि त्यसले उनीहरुलाई छुनसकेको छैन । 

सौतिस वर्षदेखि भेडापाल गर्दै आउनुभएका निसीखोलाका वीरबहादुर घर्तीले अहिलेसम्म कुनै पनि निकायबाट सहयोग नपाएको सुनाए। यस क्षेत्रमा एकै परिवारमा एक सयदेखि हजारसम्म भेडाबाख्रा पालन गर्ने गरेका हुन्छन् । 

हरेक वर्ष कृषि तथा पशुपालन किसानका जिल्लामा करोडौँका बजेट आए पनि वास्तविक किसान सेवा लिनबाट बिमुख बनेका छन् । एक हिसाबले धेरै किसानले अव्यवस्थित रुपमा पशुपालन गर्ने गरेको पाइन्छ । घर्तीले समय–समयमा भेडा बिरामी हुने गरेको सुनाउँदै वनमा पाइने बडिबटी कुटेर खुवाउने गरेको बताए । 

अहिलेसम्म पशु अस्पतालबाट औषधि लिएर नखुवाएको उनको भनाइ छ । “धेरै समय वन जङ्गलमै भइन्छ, हिउँ पर्दा बेँसीतिर गइन्छ, त्यसले गर्दा भेडाबाख्रा त्यति धेरै बिरामी परेका छैनन्, पहिले–पहिले बान्ता गर्ने, खोक्ने र झोक्रिने गर्थे, अहिले त्यस्तो समस्या आएको छैन,” घर्तीले भने । उनले भेडाबाख्रा बिरामी हुँदा लेकतिर पाइने गुर्जो गानो मसिनो बनाएर खुवाउनेल गरेको बताए । “१०÷१२ वर्ष पहिले होला बिरामी भएर चालिस वटा भेडाबाख्रा मरेका थिए”, उनले भने।

माथिल्लो क्षेत्रमा पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि आफ्नो मुख्य पेसानै पशुपालन गराएका छन् । निसीखोलाको निसी, भल्कोट, मसालगाउँ, सीप तथा ढोरपाटनको बोबाङ, तमानखोलाको तमानख, खुङ्खानी र नर्जाखानीका अधिकांश स्थानीय परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । मुख्य पेसा नै पशुपालन भएको हुँदा अरुमा यहाँका अधिकांश स्थानीयवासीले अरु पेसालाई प्राथमिकता दिँदैनन् । 

स्थानीय तुलबहादुर बुढा मगरले बाउबाजेले गर्दै आएको पेसा आफूहरुले अङ्गाल्दै आएको बताउन्छन् । उनले भेडाबाख्रा लेकमा हुँदा गोठ छेउमा राख्ने र बेँसी झर्दा बारीमा राख्ने गरेको बताए । उनले भेडाबाख्रा धेरै हुने हुँदा सबैलाई गोठमा राख्न सम्भव नहुने बताए । 

पहिलेको तुलनामा पछिल्लो समय भेडापालक घट्दै गएको उहाँको भनाइ छ । बुढा मगरले अहिले १४ वटा गाई, दुई सय भेडाबाख्रा र सात वटा भैँसीपालन गर्दै आएको छन् । अठ्ठाइस वर्षदेखि पशुपालनमा आवद्ध भएको सुनाउने बुढा मगरले अहिलेसम्म वस्तुभाउलाई कुनै पनि रोगको खोप नलगाएको बताए ।

“मान्छे बिरामी पर्दा त अस्पताल गएको छैन, अस्पतालको औषधि ल्याएर खाएको छैन, के को जनावरलाई औषधि खुवाउने ?”, उनले भने, “म साठी वर्ष पुग्न लागे तर अहिलेसम्म अस्पतालमा गएको छैन, भेडाबाख्रा बेलाबेलामा बिरामी भइ मर्छन तर ओखतीमूलो गरेको छैन ।”

जिल्लामा अहिले पनि धेरै किसानलाई आधुनिक प्रविधिले छुन सकेको छैन । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका सूचना अधिकारी केशव अधिकारीले दूरदराजका किसान तथा पशुपालकलाई आधुनिक प्रविधिसँग जोड्ने गरी काम गर्ने बताए । अहिले बर्सेनि किसानका लागि विभिन्न कार्यक्रम आइरहेको भन्दै धेरै किसानले यहाँबाट सेवा लिइरहेको अधिकारीको भनाइ छ ।

“सबै पशुपालक किसानलाई समेट्ने प्रयास गरेका छौँ, भौगोलिक हिसाबले गर्दा नजिकका सेवाग्राहीले सेवा लिनुभएको छ, टाढाबाट पनि केहीले त ल्याउनु भएको छ, केही छुट्नु भएको छ”, उनले भने । उनले भेडीगोठ लेकमा हुने भएकाले समेट्न गाह्रो हुने भएपनि आफूहरुले प्रयास जारी राखेको बताए । “सबैलाई समेटेर सेवालाई थप प्रभावकारी बनाउन हामीहरु निरन्तर लागि रहेका छौँ”, उनले भने। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending