काठमाडौ । नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको छ ।
यही चैत १५ देखि १७ गतेसम्म छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा छ सय ४७ जना बिरामीहरुको निःशुल्क आँखा जाँच गरिएको थियो । आँखा परीक्षण गराएका बिरामीमध्येमा मोतिविन्दु देखिएका ६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको सङ्घका केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले जानकारी दिए ।
त्यस्तै, मुगुकै खत्याड गाउँपालिकामा चैत २० देखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चार सय ७१ जनाको आँखा जाँच गर्दा मोतिविन्दु देखिएका ८७ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । जसमा दुईजनाको सामान्य शल्यक्रियासमेत गरिएको थियो ।
दुईवटा शिविरमार्फत तीन सय ८४ जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।
नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आइकेयर फाउन्डेसनको विशेष सहयोगमा शिविरहरु आयोजना गरिएको थियो ।
नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरुमार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: