Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो ।  

मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् ।  घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । 

घाइते ध्रुवको उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको हिमाली क्षेत्र नजिक तिब्बत केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पले कुन-कुन जिल्ला प्रभाव पर्‍यो ?

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थ...

हराउँदै गयो गुन्द्री बुन्ने चलन

वालिङ । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री...

२९ वर्षदेखि ओडारमा व्यापार

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । २०५२ मा देवीटारमा ...

आज कति पुग्यो तरकारीको भाउ ? यस्तो छ कालीमाटीमा थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

१६ अर्बको ठेक्का दिलाउन चेक लेनदेन गराएको आरोपमा अख्तियारको अनुसन्धानमा ऊर्जामन्त्री खड्का

तर कुलमानलाई हटाउन सोधे ९ बुँदे स्पष्टीकरण

एमाले बैठक- नेताहरुले धारणा राखेपछि ओलीले जवाफ दिएर टुुंग्याउने तयारी

काठमाडौं  । नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने ...

सार्वजनिक यातायातमा वृद्धि भएको भाडादर आजैदेखि लागू

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ । या...

महिनावारी विभेदले मृत्युको मुखमा धकेल्दै, के गर्दैछ स्थानीय सरकार ?

डडेल्धुरा ।: जिल्ला सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्...

नुन किन्न वडाको सिफारिस अनिवार्य

बाजुरा । बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। बाजुरामा आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस लिन थालि...

सत्ताको छाया पर्दा गिरीबन्धु टी–इस्टेटको फैसला कार्यान्वयनमा ढिलाइ

काठमाडौं । सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी– इस्टेटलाई ३ सय ४३ रोपनीभन्दा बढी जग्गा सट्टापट्टा गर्न दिनेगरी केपी शर्मा ओली सरकारले गरेको निर्णयलाई...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy