Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

किसानलाई समयमै मल उपलब्ध गराउन सांसदहरुको माग

खबरडबली संवाददाता

काठमाडौ । प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाएको छन् । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग गरेको हो । 

सांसदहरुले सरकारले जनपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराए । सांसद पदम गिरीले सङ्घीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको गुनासो गरे । उनले भने, “आज पहिलो बैठक प्रारम्भ भएको ९१ दिन भइसकेको छ । यस बीचमा जम्मा २१ वटा बैठक बस्यो तर उपलब्धि के भयो त ? एउटा ऐन निर्माण गर्न सकेका छैनौँ ।”

सांसद गिरीले उनले देशको आर्थिक अवस्था, अलपत्र ठूला आयोजना, बैंकको महङ्गो ब्याजदर र मलको मूल्यवृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । “रासायनिक मल ल्याउनका लागि सरकारले पैसा नभएको बाहनामा मूल्यवृद्धि गर्दैछ । यो दुःखद् कुरा हो”, उनले भन्नुभयो । उहाँले वर्तमान सरकार उत्तरदायी र जवाफदेही नहुँदा आमजनतामा निराशा बढेको बताए। 

सांसद दीलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको उत्तरी नाका कूटनीतिक पहलबाट तत्काल खुला गर्न आग्रह गरे । उनले भन्नुभयो, “उत्तरी नाका चार वर्षदेखि यी बन्द अवस्थामा छन् । यी नाकाबाट हुने व्यापार देशव्यापीरुपमा अवरुद्ध भएको छ ।”

“दार्चुलाको एउटा प्रतिनिधिमण्डल काठमाडौँमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र वाणिज्य मन्त्रालयलाई हारगुहार गरिरहेको अवस्था छ । छिटोभन्दा छिटो कूटनीतिक पहलबाट यी नाका सञ्चालनमा आओस्, म आग्रह गर्दछु”, उहाँले भन्नुभयो । मौसमी नाकाका रुपमा चिनिने उत्तरी नाकाको सम्झौताअनुसार खुला गर्न चीन सरकारले महत्व नदिएको सांसद बडूको दाबी छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending