Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

एकीकृत समाजवादीमा पहिरोको डर ! झलनाथ खनाल एमाले फर्किँदै छन् ?

खबरडबली संवाददाता

हाम्रो पार्टी पनि दक्षिणपन्थी भयो कि भन्ने साथीहरूलाई लागिरहेको छ, सच्चिनु पर्ने, सच्याउनु पर्ने कुराहरू त थुप्रै छन्।

काठमाडौं । नेकपा एकीकृत समाजवादी परित्याग गर्ने क्रममा वरिष्ठ नेता मुकुन्द न्यौपानेले सो पार्टीका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पार्टी छाड्ने दाबी गरेका छन्।

उनका भनाइमा 'खनाल पनि अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीसँग निकै असन्तुष्ट छन्। र, पार्टी त्याग्ने मनस्थितिमा छन्।'

“लामो सहयात्रा गरेको साथी असन्तुष्ट भएर पार्टी परित्याग गर्ने बिन्दुमा पुग्नु भयो, त्यो बडो दुखद कुरा हो,” नेता झलनाथ खनाल भन्छन्, “पार्टी नेतृत्वले उहाँलाई सम्झाउने, बुझाउने र मतभिन्नता सम्बोधन गर्न के कति ध्यान दियो भन्ने कुराले पनि भूमिका निर्वाह गरेको हुनसक्छ।”

‘एमालेलाई निषेध’: खनाल विपक्षमा

‘माओवादीसँग पार्टी एकता गर्ने’ भनेर आन्तरिक सर्कुलर जारी गरेको भन्दै नेता न्यौपानेले सार्वजनिक रूपमै असन्तुष्टि पनि जनाएका थिए।

नेकपा एमाले बाहेकको वाम एकताको बाटोमा पार्टी हिँडेको भन्दै उनी प्रश्न गर्छन्, “आम चुनावमा सबैभन्दा धेरै मतदाताले भोट दिएको पार्टीलाई बाहिर राखेर वामपन्थी एकता कसरी हुन्छ?”

नेता खनालका भनाइमा अहिले वामपन्थी एकताबिना प्रगतिशील र क्रान्तिकारी कार्यक्रम, नीति तथा योजना अनुसार देशलाई अघि बढाउन सम्भव छैन। उनी भन्छन्, “तर एमालेलाई अलग गरेर हामीले वामपन्थी एकता गर्‍यौँ भनेर के अर्थ हुन्छ र?”

सबै मिल्दा बहुमत पुर्‍याउन सक्ने अवस्थामा देखेका उनले एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरूकै कारण त्यो सम्भव हुन नसकेको बताए।

विगतमा माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विधि र पद्धति नमानेको आरोप लगाउने गर्थे।

एमालेमा फर्किनेबारे खनाल के भन्छन्?

पछिल्ला महिनाहरूमा पार्टीका महत्त्वपूर्ण कदमहरूबारे सम्मानित नेताको पदमा रहेका खनालले पनि बारम्बार औपचारिक जानकारी नभएको बताउने गरेका छन्।

नाम खुलाउन नचाहने कतिपय असन्तुष्ट नेताहरूले अध्यक्ष नेपालमाथि आफ्नो स्वार्थको निम्ति पार्टीलाई प्रयोग गरिरहेको आरोप लगाउने गर्छन्।

खनाल भन्छन्, “नेतृत्वले कार्यशैलीलाई विधि, नीति, सिद्धान्तसम्मत र व्यवहारिक बनाउन पर्छ तर त्यसमा कतिपय समस्या छन्। नेताले आफ्नो हितमा निर्णय गर्ने अनि सुनाएर पार्टीलाई श्रोता जस्तो बनाउने हो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन।”

तर उनले एमाले फर्किने कुरा अस्वीकार गरे। “एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद प्रकट भयो भनेर गरिएको विद्रोहमा साथ दिएको मान्छे म,” खनाल भन्छन्, “त्यो सच्चिएको छैन भने फेरि त्यतै लाग्ने भनेको अनौठो हुन्छ।”

त्यो ‘विद्रोह’ पछि लिनु पर्ने बाटो पार्टीले लिन नसकेको भन्ने उनलाई लागेको छ। “हाम्रो पार्टी पनि दक्षिणपन्थी भयो कि भन्ने साथीहरूलाई लागिरहेको छ, सच्चिनु पर्ने, सच्याउनु पर्ने कुराहरू त थुप्रै छन्।”

भित्र-भित्र भुसको आगो, पहिरोको डर?

न्यौपानेका भनाइमा पार्टी छाड्ने आफ्नो घोषणापछि अरूको निम्ति पनि एमालेमा फर्किने बाटो खुलेको छ। उक्त घोषणापछि धेरै असन्तुष्टले फोन गरेको बताउने उनी केही दिनमा देशभरका 'हजारौँ कार्यकर्ताहरूले एकीकृत समाजवादी पार्टी छाड्ने' दाबी गर्छन्।

यसअघि पार्टी उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जङ्गलीले पार्टी छाडिसकेका छन्। उक्त दलका केही उच्च नेताहरूका भनाइमा 'पार्टीभित्र गम्भीर सङ्कट छ, असन्तुष्टिको आगो सल्किरहेको छ।'

कतिपय नेताहरू 'माधव नेपालको नेतृत्वमा पार्टी चल्न नसक्ने निचोडमा पुगिसकेको' एक नेताले बताए, तर एमालेमै फर्किने अवस्था देखेका छैनन्।

“हामीलाई एमाले चाहिएर मात्र भएन, एमालेलाई पनि हामी चाहिनु पर्‍यो,” ती नेताले सुनाए। त्यसैले तत्काल उक्त दलभित्र पहिरो नै जाला भन्ने उनीहरूलाई लागेको छैन।

अध्यक्ष नेपाललाई प्रचण्डपछि एक वर्षको निम्ति प्रधानमन्त्री दिने समझदारी सत्ता गठबन्धनमा भएको बताइन्छ। 

माओवादीसँगको एकताले असन्तुष्टि रोक्ला?

त्यो अवसर आउँदा उनको विकल्पमा महासचिव घनश्याम भुसाल अघि सर्दा पार्टीभित्रको असन्तुष्टि अन्त्य हुन सक्छ?

नेता न्यौपानेले त भुसाल ओलीलाई प्रधानमन्त्रीबाट हटाउन लागेको, देउवालाई प्रधानमन्त्री बनाउन सघाएको, तर विश्वासको मत नदिएको, पछि एमाले छाडेको जस्ता उदाहरण दिँदै पछिल्ला कदमहरू निकै अस्थिर रहेको बताउँदै भने, “उहाँ पनि प्रचण्ड जस्तै अस्थिर देखिनु भयो।”

कतिपयलाई माओवादी र जनता समाजवादी पार्टी लगायतसँग एकता गरेर समाजवादी केन्द्र बनाउने अध्यक्ष नेपाल पार्टीभित्रको असन्तुष्टि रोक्ने अस्त्र बन्ने लागेको छ।

पार्टीको आकार ठूलो हुँदा ‘अवसर’ देखेर कार्यकर्ता र नेताको सम्भावित बहिर्गमन रोकिने उनीहरूको विश्लेषण पाइन्छ। तर त्यो झन् प्रत्युत्पादक हुने एक पदाधिकारीको बुझाइ छ, “त्यसो भयो भने त सबै एमालेमा फर्किन्छन्।”

त्यो विन्दुमा पुग्नु अघिसम्म धैर्य गर्नुको विकल्प नरहेको ती नेताको भनाइ छ। खास गरी संसद् विघटन असंवैधानिक भनेर गरिएको लडाइँ सम्झिँदै उनले अध्यक्ष ओली लगायतले त्यसलाई जायज भनिरहेकाले थप अप्ठेरो परेको बताए।

तर नेता मुकुन्द न्यौपाने भन्छन्, “केपी ओलीले संसद् भङ्ग गर्नु गल्ती थियो, हामी फुट्नु गल्ती थियो। विगत रद्द भइसकेको चेक हो। त्यो चेक बोकेर बैङ्कले पैसा दिँदैन।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending