Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन मन्त्रालयको अस्पताललाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । 

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १।१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए । 

“कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उनले भने “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”

मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए । उनले चिकित्सक, सघन उपचार कक्ष ९आइसियु०, भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिए। 

“अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उनले भने, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष ९आइसियु०मा उपचाररत रहेको उहाँले जानकारी दिए । 

बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष ९आइसियु०मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । 

महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending