काठमाडौ । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो । नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौनहिंसामा परेका गरेका छन् ।
भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौनहिंसामा पर्ने गरेको बताउनुभयो । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागि गराउने गरेको को भनाइ रहेको छ । बालकमाथि हुने यौनहिंसाका घटना कम उजुरी पर्ने गरेका छन् । बालकको अनुभवलाई साधारणरुपमा लिने गरिन्छ र कुनै पनि हानिकारक तथा जोखिमयुक्त तरिकाबाट लिइँदैन ।
यौन दुव्र्यहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, वौद्धिक तथा मानसिकरुपमा असर पर्ने गर्दछ । अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुव्र्यवहार र शोषणमा पर्ने गरेका छन् । हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् ।
यस्तै विश्वभर छ जना बालकमध्ये एक जना १८ वर्ष हुनुअधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ ।
बालकलाई गोप्य अङ्ग छोएर अर्थात छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुम्सुम्याउनु, अश्लिल शब्द प्रयोग गरेर बोलाउनु, अश्लिल तस्विर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अङ्ग हेर्नु वा हेर्न लगाउनुजस्ता यौन दुव्र्यहार हुन् ।
बालकलाई पनि यौन दुव्र्यहार हुन्छ भनेर सचेतना फैलाउन आवश्यक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: