Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

नयाँ विमानथलहरूको सञ्चालन, सयौँ विमान खरिदसँगै भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश

खबरडबली संवाददाता

नयाँ दिल्ली । नयाँ विमानथलहरूको सञ्चालन, विमान कम्पनीहरूबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै  उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ । 

 नयाँ विमानस्थलहरू द्रुत गतिमा उद्घाटन भइरहेका छन्भने एयरलाइन्सहरूले सयँौंको सङ्ख्यामा विमानहरू अर्डर गरिरहेका छन् । नागरिक उड्डयनको। क्षेत्रमा भएको यो विस्तारले भारत विश्वकै अग्रणी उड्डयन केन्द्र बन्न तयार भएको देखाएको छ जसले देशको गौरव र गरिमालाई पनि बढाएको छ ।  

कुनै देशको हवाई यात्रुको मात्रा र चापलाई त्यसको अर्थतन्त्रको स्वास्थ्यको अनौपचारिक मापनका साथै त्यो देशका नागरिकको क्रयशक्तिको प्रतिबिम्बको रूपमा लिन सकिन्छ । धेरैभन्दा धेरै यात्रीको पहिलो रोजाइ विमान बनिदिँदा त्यो देशको बलियो अर्थव्यवस्थालाई सङ्केत गर्छ । भारतको सुदृढ आर्थिक आधार र नीतिका कारण यो सम्भव भएको हो । बिस्तारै उठेको उड्डयन क्षेत्रले अहिले गतिमात्र लिएको छैन उच्चतम उचाइमा उडान गरिरहेको छ । 

देशको उड्डयन क्षेत्रमा अचानका भएको वृद्धि र यात्रीको चापलाई दृष्टिगत गरी टाटा सन्सको नेतृत्वमा एयर इन्डियाले गत महिना चार सय ७० वटा बोइङ र एयरबस विमान खरिदका ऐतिहासिक सम्झौता गर्नुले भारत अब उड्डयनको स्वर्ण युगतर्फ उन्मुख भएको देखाउँछ । झण्डै एक सय अर्ब अमेरिकी डलरको यो सम्झौतामा आर्थिक उन्नयनको दिशामा उकालोतिर लम्केको भारतलाई देखाएको छ भने  विश्वभरका यात्रीका आवश्यकता पूरा गर्ने बृहत् विमानका विस्तृत शृङ्खलालाई समावेश गरेको छ । बोइङ र एयरस्पेससँगको ती सम्झौताले भारतको आर्थिक विकासलाई सुपरिचत गराएको छ किनकी यसअघि विश्व नागरिक उड्डयनको क्षेत्रमा यति ठूला सम्झौता भएका थिएनन् । 

एयर इन्डिया र बोइङबीच भएका सम्झौतालाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइस  अमेरिकी अर्थतन्त्र र आफ्नो देशका कामदारका लागि मात्र नभई भारतका जनताका लागि पनि अवसर भएको बताउँछन् । अमेरिका र भारतबीच साझा हित र मूल्यमा आधारित सुदृढ आर्थिक सम्बन्धलाई एयर इन्डिया र बोइङबीचको सम्झौताले अझ सबल एवम् सुदृढ बनाएको उनी बताउँछन् । 

भारत हवाई सेवाको उदीयमान बजारमा विस्तारै रुपान्तरण भइरहेको छ । यसलाई सबैले आशावादी भएर हेरेका छन् । कोरोना महामारीपछि पनि केही सुस्ताएको उड्डयन बजार पुनः गतिशील भएको छ । गतवर्षदेखि गति लिएको उड्डयन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा  सन् २०२० र २०२१ को तुलानामा गत वर्ष ४३ प्रतिशत अर्थात् १२ करोड ३० लाखले हवाई यात्रा गरेका थिए । बजार तथा उपभोक्ता तथ्याङ्क विशेषज्ञ ‘स्ट्याटिस्टा’ ले आर्थिक वर्ष २०२२ मा भारतीय विमानस्थलबाट २२ करोड अन्तर्राष्ट्रिय यात्री आफ्ना गन्तव्यमा गएका अभिलेख राखेको छ । 

भारतमा करिब चारसय विमानस्थल र एयर स्ट्रिप छन् । तीमध्ये सन् २०२२ को अन्त्यमा सञ्चालनमा आएका हुन् । भारतीय उड्डयन क्षेत्रले सामान्य रूपमा भारतीय आर्थिक वृद्धिसँग समानान्तर हुने प्रक्षेपण गरिएको छ ।  जुन आगामी एक दशकमा प्रमुख विश्व अर्थतन्त्रहरूमध्ये सबैभन्दा द्रुत गतिमा बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि हालै संसालाई नै पछि पार्दै भारत दिगो आर्थिक विकासको मार्गमा अघि बढ्ने प्रक्षेपण गरको छ । 

हवाई भाडा घटाउने, बजेट एयरलाइन्सको फ्लीटमा द्रुत विस्तार र भारतमा लगातार बढ्दो मध्यम आय समूहजस्ता सरकारका सक्रिय उपायहरूले भारतीय उड्डयन क्षेत्रको सफलतामा ठूलो योगदान गरेको छ । उदार उड्डयन नीतिका कारण भारत विश्वको सबैभन्दा सस्तो हवाई बजारको पनि बनेको छ ।

खाडी राष्ट्रका विमान कम्पनीले जमाएको प्रभुत्व भारतीय वायु सेवाले चुनौती दिने विशेषज्ञहरूको ठम्म्याइ छ । उनीहरूका अनुसार भारतीय विमान अब विश्वव्यापी रूपमा सबैभन्दा मनपर्ने वाहक बन्न  सक्छन् । 

हरेक दिन एक हजार आठ सय उडान गर्ने सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी इन्डिगोले पनि आफ्नो फ्लीटमा नयाँ विमान ल्याउने तयारी गरेको छ ।  पाँच सभभन्दा बढी विमान आपूर्तिको  अर्डर दिइएको छ जुन चाँडै इन्डिगो फ्लीटमा सामेल हुनेछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दसैँ लगत्तै बस्ने माओवादीको केन्द्रीय बैठक पार्टीको लागि कोशेढुंगा साबित हुनेछः प्रचण्ड

विद्यार्थी संगठनलाई प्रचण्डको निर्देशनः तपाईँ सडकको बाघ भएर निस्कनोस्, म संसदमा सिंह भएर निस्केको छु

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सघाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री

चितवन। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवम् कर्मचारीहर...

उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।...

टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा

काठमाडौँ । बंगलादेशका अल राउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा...

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गामा फिर्ता गर्न पहल गर्छु- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएक...

सुस्ता पुल नागरिकको जोखिमपूर्ण यात्राको समाधानः राष्ट्रपति

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा वर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिम...

न्युयोर्कमा परराष्ट्रमन्त्री आर्जु राणको व्यस्त कार्यसूची

वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित...

गोरखामा सात सय ३३ जनामा डेंगु, तीन सय ७३ जनामा स्क्रब टाइफस

सुलीकोट। गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात ...

दसैँ अगाडि सबै सडकलाई खाल्टाखुल्टी पुरिसक्छौंः भौतिकमन्त्री

ढल्केबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताएको छन् । सङ्घीय सरकार मा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy