Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने

खबरडबली संवाददाता
काठमाडौ । नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ । 
 
सर्लाहीको हरिवनमा हिजो र आज भएको एसोसिएसनको केन्द्रीय बिस्तारित बैठकमा ‘फ्रेस मिल्क’मा लगाइएको अन्तःशुल्क हटाउन पहल गर्ने, दूधको मूल्यवृद्धि पश्चात छुर्पिको मूल्य बढ्दा बिक्रीमा भएकाले समस्या समाधानका लागि पहल गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए।
 
बैठकमा प्रदेश र जिल्ला समितिलाई अझ सक्रिय बनाइ हरेक क्रियाकलाप अगाडि बढाउने, दुग्ध सङ्कलन केन्द्रले विद्युत महसुलमा पाउँदै आएको छुटलाई निरन्तर दिइनुपर्ने विषयमा छलफल गरिएको उनको भनाइ छ । उनका अनुसार बैठकमा नेपाल डेरी एसोसिएसनलाई महासङ्घमा लैजाने विषयमा पनि छलफल भएको थियो । 
 
“गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने भनि भएको निर्णय स्वागत गर्दै अब अन्य प्रदेशमा पनि सोहीअनुसार पहल गर्ने निर्णय बैठकले गरेको छ”, महासचिव हेमचन्द्र खनालले भने। 
 
वैशाख १२ गतेदेखि १४ गतेसम्म मधेस प्रदेशको हरिवनमा हुन लागेको डेरी तथा कृषि औजार मेलाको सन्दर्भमा एसोसिएशनको बिस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । 
 
कार्यक्रममा सातै प्रदेशका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव एवं जिल्लाका अध्यक्षको सहभागिता रहेको केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल जानकारी दिए । साथै अध्यक्ष दाहाल र महासचिव खनालले प्रशिक्षण दिएको थिए । 
 
बैठकमा विगतका भएका निर्णयमाथि समीक्षा, आय तथा व्ययको फछ्र्यौट, दूधको मूल्य वृद्धिका कारण परेको असरको समीक्षा, आगामी दिनमा प्रदेशअनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा पनि छलफल भएको थियो । एसोसिएसनको आगामी बिस्तारित बैठक लुम्बिनी प्रदेशमा गर्ने निर्णय भएको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुटानी प्रधानमन्त्रीले दिए रवि लामिछाने र बालेन शाहलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले २१ फागुनमा सम्पन्न निर्वाचनबाट भारी जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...

तनहुँमा पूर्वमन्त्री भगवति न्यौपानेसहित २३ उम्मेदवारको जमानत जफत

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...

लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका चारजना मध्ये तीन पराजित

खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...

लमजुङमा नेकपासहित नौ उम्मेदवारको जमानत जफत

लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौट...

मतदाता शिक्षा कमजोर, बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्...

बाजुरामा समानुपातिक मतगणना सकियो

बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको  १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...

पाल्पामा समानुपातिकतर्फ रास्वपा पहिलो

तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...

आज दिनभर साधारणतया बादल लाग्ने

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE