Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

रवी लामिछानेबारे माधव नेपालदेखि योगेशकुमार भट्टराईः कुनै चमत्कार भने भएको होइन

कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक

खबरडबली संवाददाता

काठमाडौ । प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई  सहयोग पु¥याएको प्रतिक्रिया दिएको छन्।
 
तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उहाँहरुले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क गरे ।
 
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको परिणामलाई गम्भीर चिन्तन मनन्का साथ समीक्षा गर्दै कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक रहेको बताए । उनले भने, निर्वाचनको नतिजाले हामीलाई ठूलो शिक्षा दिएको छ, जनताका चाहना र आवाजलाई के कति पूरा भए भएन त्यो पनि समीक्षा गर्नुपर्छ ।”
 
नेकपा ९एमाले०का नेता योगेशकुमार भट्टराईले प्रजातान्त्रिक प्रक्रियामा जनताले दिएको अभिमतलाई  सम्मान गर्नुपर्ने प्रतिक्रिया दिए । उनले भने, “रवी लामिछाने जी विद्रोही होइन, संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्नुभएको छ, ठूला दलभित्र रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई चुनावी नतिजाले बल पुगेको छ, तर कुनै चमत्कार भने भएको होइन ।”
 
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक हेरेको प्रतिक्रिया दिए । उनेले भने, “जनताको अभिमत लोकतन्त्र हो, निर्वाचनको नतिजाबारे पार्टीभित्र गम्भीर छलफल र विश्लेषण हुन्छ, तर एउटा क्षेत्रको निर्वाचनको परिणामलाई समग्रमा लिएर विश्लेषण गरिनुहुन्न ।”
 
नेकपा ९माओवादी केन्द्र०का नेता माधव सापकोटाले उपनिर्वाचनको परिणामबाट मुलधारका मानिएका पार्टीले आफूलाई गम्भीरताका साथ सच्याउनुपर्छ भन्ने सन्देश प्राप्त भएको बताए । “पुराना दलहरुले नियमित लयलाई बदलेर जनताको भावनाअनुसार काम गर्नुपर्छ”, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पूर्वमन्त्री भगवति न्यौपानेसहित २३ उम्मेदवारको जमानत जफत

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...

लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका चारजना मध्ये तीन पराजित

खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...

लमजुङमा नेकपासहित नौ उम्मेदवारको जमानत जफत

लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौट...

मतदाता शिक्षा कमजोर, बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्...

बाजुरामा समानुपातिक मतगणना सकियो

बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको  १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...

पाल्पामा समानुपातिकतर्फ रास्वपा पहिलो

तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...

आज दिनभर साधारणतया बादल लाग्ने

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE