Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पोर्चुगलमा रहेका २३ सय नेपालीले दिए राहदानी आवेदन

खबरडवली संवाददाता
लिस्बन । राहदानी विभागले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार ३०० भन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम संकलन गरेको छ। राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको हो।  करिब एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई हजार ३०८ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत् विद्युतीय राहदानीका लागि आवेदन संकलन गरेको टोली प्रमुख एवं विभागकी शाखा अधिकृत रञ्जिता दाहालले जानकारी दिइन्। उनका अनुसार ७६४ जनाको राहदानी हराएको, एक हजार ४४० जनाको नवीकरण, १८ जनाको क्षतिग्रस्त, १३ जना बालबालिकाको नयाँ राहदानी र ७३ जना बालबालिकाको नवीकरण गरी कुल दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानीका लागि आवेदन संकलन गरिएको हो।  पोर्चुगलमा रहेका नेपालीको समस्यालाई ध्यानमा राखेर विशेषगरी यहाँको कागजी प्रक्रियामा रहेका नेपालीलाई राहदानीलगायतका कागजातसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यअनुरूप विभागले शिविर सञ्चालन गरेको शाखा अधिकृत दाहालले बताए। विभागबाट आएको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो। टोलीमा नेपाली दूतावास पेरिस, फ्रान्सका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।  पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई समाधान गर्ने योजनाअनुसार पहिलो पटक सञ्चालन गरिएको शिविरबाट धेरै नेपाली लाभान्वित भएको बताए। गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाले शिविरले राहदानीलगायतका नेपालीको समस्या सम्बोधन गरेको बताए। पोर्चुगलमा नेपाली दूतावास नहुँदा राहदानीलगायतका कागजातसम्बन्धी समस्या भोग्दै आएका नेपालीले शिविरमार्फत सेवा पाँउदा राहतको अनुभूति गरेका छन्। लिस्बनबाटै राहदानी सेवा लिन पाउँदा अत्यन्तै सहज भएको विगत लामो समयदेखि पोर्चुगल बस्दै आएका काठमाडौंका अमृत श्रेष्ठले प्रतिक्रिया दिए। ‘छोराको राहदानीको म्याद सकिएको थियो। नवीकरण गर्न कहाँ जाने र कहिले जाने भनेर चिन्तामा थिएँ। शिविर आएको मौकामा यही बाटै छोराको आवेदन दिन पाइयो’, उनले भने। झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरमा गैरआवासीय नेपाली संघ पोर्चुगलका प्रतिनिधि र यहाँ क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधिहरूले समेत समन्वय र सहजीकरण गरेका थिए।  गत चैच १५ गतेदेखि सुरु भएको शिविर मंगलबार सम्पन्न भएको हो। टोलीले  शिविर अवधिभर राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका बालबालिकाका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गरेको थियो। शिविरबाट २०२३ डिसेम्बर ३१ सम्म म्याद भएका राहदानीको नवीकरणका लागि फारम संकलन गरेको थियो। 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending