Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

मुलुकका लागि त्याग र बलिदान गर्नेहरूको सम्मान गर्नबाट पछि हट्न हुन्नः प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका लागि त्याग र बलिदान गर्नेहरूको सम्मान गर्नबाट पछि नहट्ने बताएका छन्  ।

अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजो युद्धमा त्याग र बलिदान गरेका सबै योद्धाहरूलाई सम्मानित गर्नुपर्ने बताका हुन् ।

‘हिजो युद्धमा त्याग र बलिदान गरेका सबै योद्धाहरूलाई सम्मानित गर्नुपर्छ । त्यसमाथि पनि मैले प्रधानमन्त्रीका रूपमा आविष्कारबाट गरेको निर्णय होइन’, अनमिनले अयोग्य लडाकुलाई २ लाख दिने निर्णयप्रति भइरहेको विरोधतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘हिजो अर्कै सरकारले निर्णय गरेको परिस्थितिमा र देशको सर्वोच्च अदालतले ती बहिर्गमितलाई दुई लाख दिनु भनेर फैसला गरेपछि मैले त्यही फैसला कार्यान्वयन गर्दा अहिले कस्तो स्याल हुइया मच्चाउन खोजिएको छ ।’ 

'हामीले गर्न खोजेका प्रत्येक सकारात्मक पहल र निर्णयका विरुद्ध प्रहार भइरहेको छ । तपाईँहरूले हेरिराख्नुभएको छ । चाहे हिजो क्रान्तिमा लागेका महान् सहिदहरूलाई सहिदको रूपमा सम्मान गरिनुपर्छ, चाहे त्यो जनयुद्धका हुन् या जनआन्दोलनका । राष्ट्र र परिवर्तनका लागि लडेका र प्राण उत्सर्ग गरेका सबै सहिद हुनुपर्छ भन्दा प्रहार भयो, भइराखेको छ, तपाईँहरूले हेरिराख्नुभएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण

काठमाडौँ। काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । ...

शंखमूल क्षेत्रमा पनि चल्यो डोजर

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। यसअन्तर्गत आज शंखमूल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending