Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

मधेसका जनप्रतिनिधिको गुनासो–कर्मचारी बस्नै मान्दैनन्, कसरी काम गर्नु

खबरडबली संवाददाता

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे। अहिले उनले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन्। यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ।

‘एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्‍यो। चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै दुई जना फेरिए। लगातार २० दिन काठमाडौँमै बसेर सबैतिर धाएपछि मात्रै अहिलेको प्रमुख ल्याउन सफल भएको हुँ’, गाउँपालिका अध्यक्ष राजकुमार साहले भने, ‘खै१कर्मचारी धेरै बस्नै नमान्नेरु अनि कसरी काम गर्नुरु’

मङ्गलबार अध्यक्ष साहको कार्यकक्षमा पुग्दा उनी कसैसँग फोनमा कुरा गर्दै थिए, ‘अब काम हुन्छ, पाँच–सात दिनपछि हाकिम आउनुहुन्छ अनि भेटौँ न।’  फोन राखेपछि अध्यक्ष साहले भने, ‘कार्यालय प्रमुख बिदामा हुनुहन्छ। एउटा कर्मचारी बिदामा बस्यो भने काम गर्न अर्को हुँदैन । कहिले कर्मचारीको अभाव, कहिले उपभोक्ता समितिको विवाद, फेरि चैत कटेपछि मात्र काम गर्ने परिपाटी। के गर्नु समस्यामाथि समस्या छन्।’

अध्यक्ष साहका अनुसार धनौजी गाउँपालिकामा विकासका गतिविधि राम्ररी सुरु भएको करिब एक महिनामात्रै भएको छ। बाँकी समय अघिल्लो वर्षको भुक्तानी विवाद मिलाउनमै गएकाले नयाँ योजना कार्यान्वयनबारे ठोसरूपमा लाग्नै नपाएको साहको भनाइ थियो । 

‘म निर्वाचित भएर आउँदा पहिलेको करिब पाँच करोड रुपैयाँ बक्यौता रकम थियो। पहिलेका दुई जना कार्यालय प्रमुखको समय त्यसैमा गयो।

अहिलेको प्रमुख आएपछि विवाद र प्रक्रिया मिलाएर करिब चार करोड ५० लाख रुपैयाँ बक्यौता तिर्‍यौं, अझै करिब रु ५० लाख तिर्न बाँकी छ,’ अध्यक्ष साहले भने, ‘त्यही झमेलामा अल्झिएकाले समयमा अरू काम सुरू गर्न सकेनौं। त्यसैले अहिले निकै चाप छ।’

सो गाउँपालिकामा चालु आवमा करिब १२ करोड रुपैयाँ विकास बजेट छ। त्यसमध्ये अधिकांश योजना वडास्तरबाट सञ्चालन भइरहेका छन्।

गाउँपालिका स्तरबाट अहिले एउटा बर्थिङ सेन्टर स्थापना, पाँच वडा कार्यालयमा रहेका स्वास्थ्यचौकीको स्तरोन्नति, गाउँपालिकामा रहेका आठवटा सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालनका लागि व्यवस्थापनलगायतका काम भइरहेका अध्यक्ष साहले जानकारी दिए।


त्यसैगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स खरिद, स्वास्थ्य परीक्षण प्रयोगशाला स्थापना र नागरिकको मागअनुसार शौचालय सरसफाइका लागि सेफ्टीट्याङ्की पनि सञ्चालन भइरहेको अध्यक्ष साहको भनाइ छ । उनले कृषि क्षेत्रको सुधारका लागि चालु आवमा पाँच कृषि सडक, सिँचाइ सुविधाका लागि बोरिङ सञ्चालन गर्न विद्युतीकरणको कामसमेत यसै आवमा गर्ने गरी सुरू हुने बताए। 

वडा नं २ का अध्यक्ष उदयकुमार साहले चालु आवमा पाँचवटै वडामा चार–चार गरी २० बोरिङ थप्ने योजना रहेको सुनाए।

‘अहिलेसम्म अघिल्लो वर्षको बक्यौता रकम भुक्तानी विवाद मिलाउनमै समय बित्यो, उपभोक्ता समितिबाट नयाँ काम गर्नै सकिएन’, वडाध्यक्ष साहले भने, ‘अब सकेसम्म उपभोक्ता समिति बनाउने, नभएमा सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार कोटेसनमार्फत् योजना कार्यान्वयन गर्ने गरी अगाडि बढेका छौँ ।’

धनौजीमा मात्रै होइन यहाँका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव, अघिल्लो वर्षको आर्थिक दायित्व, योजनामा नियतगत र प्रक्रियागत त्रुटि, राजनीतिकरूपमा बेमेललगायतका कारणले समयमै काम सुरू हुनसकेको छैन । 

‘अघिल्लो कार्यकालमा वडा नं २ को अध्यक्ष भएर काम गरिसकेकाले त्यही अनुभवका आधारमा सबैलाई मिलाएर काम त गर्न सक्छु तर कर्मचारीको अभाव पूर्ति, योजना कार्यान्वयनका क्रममा हुने समस्या मेरोमात्रै नियन्त्रणको विषय रहेन। निकै दुःख गरेर ल्याएको अहिलेको कार्यालय प्रमुखले केही वर्ष हामीसँगै काम गर्नुहुनेछ र सङ्घीय सरकारले चाँडै कर्मचारीको अभाव पूर्तिको दीर्घकालीन उपाय ल्याउने छ भन्ने आशा छ । यति भएमा आगामी आवमा राम्ररी जनताका काम हुनेछन्,’ अध्यक्ष साहले आशा व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्दार गरियो- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखक निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुक...

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

काठमाडौं । एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रशारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ । का...

भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता

भक्तपुर । भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल...

बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ । उक्त बुलेट बाढीमा बग्दै गर्दा ...

न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा

काठमाडौँ । न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा परेको छ । टेस्टको तेस्रो दिन न्यूजील्याण्ड आफ्नो पहिलो इनिंगमा केवल ८८ रनमा अल आउट भ...

बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित

काठमाडौँ । अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन...

अबिरल वर्षासँगै रौतहटको बागमती र बकैया नदीमा उच्च बहाव, ६ पालिका रेडजोनमा

रौतहट । पछिल्लो तीनदिन देखि अबिरल वर्षाको कारण रौतहटको पूर्विभेग स्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठूलो बाढी आएको छ । बाढीको पानी अहिले बागमत...

विपद व्यवस्थापन गर्न महानगरका १७ नगर प्रहरी टोली परिचालन

काठमाडौँ । बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको छ । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना...

विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओली...

प्राकृतिक प्रकोप बारे छलफल गर्न गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy