Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

मधेसका जनप्रतिनिधिको गुनासो–कर्मचारी बस्नै मान्दैनन्, कसरी काम गर्नु

खबरडबली संवाददाता

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे। अहिले उनले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन्। यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ।

‘एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्‍यो। चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै दुई जना फेरिए। लगातार २० दिन काठमाडौँमै बसेर सबैतिर धाएपछि मात्रै अहिलेको प्रमुख ल्याउन सफल भएको हुँ’, गाउँपालिका अध्यक्ष राजकुमार साहले भने, ‘खै१कर्मचारी धेरै बस्नै नमान्नेरु अनि कसरी काम गर्नुरु’

मङ्गलबार अध्यक्ष साहको कार्यकक्षमा पुग्दा उनी कसैसँग फोनमा कुरा गर्दै थिए, ‘अब काम हुन्छ, पाँच–सात दिनपछि हाकिम आउनुहुन्छ अनि भेटौँ न।’  फोन राखेपछि अध्यक्ष साहले भने, ‘कार्यालय प्रमुख बिदामा हुनुहन्छ। एउटा कर्मचारी बिदामा बस्यो भने काम गर्न अर्को हुँदैन । कहिले कर्मचारीको अभाव, कहिले उपभोक्ता समितिको विवाद, फेरि चैत कटेपछि मात्र काम गर्ने परिपाटी। के गर्नु समस्यामाथि समस्या छन्।’

अध्यक्ष साहका अनुसार धनौजी गाउँपालिकामा विकासका गतिविधि राम्ररी सुरु भएको करिब एक महिनामात्रै भएको छ। बाँकी समय अघिल्लो वर्षको भुक्तानी विवाद मिलाउनमै गएकाले नयाँ योजना कार्यान्वयनबारे ठोसरूपमा लाग्नै नपाएको साहको भनाइ थियो । 

‘म निर्वाचित भएर आउँदा पहिलेको करिब पाँच करोड रुपैयाँ बक्यौता रकम थियो। पहिलेका दुई जना कार्यालय प्रमुखको समय त्यसैमा गयो।

अहिलेको प्रमुख आएपछि विवाद र प्रक्रिया मिलाएर करिब चार करोड ५० लाख रुपैयाँ बक्यौता तिर्‍यौं, अझै करिब रु ५० लाख तिर्न बाँकी छ,’ अध्यक्ष साहले भने, ‘त्यही झमेलामा अल्झिएकाले समयमा अरू काम सुरू गर्न सकेनौं। त्यसैले अहिले निकै चाप छ।’

सो गाउँपालिकामा चालु आवमा करिब १२ करोड रुपैयाँ विकास बजेट छ। त्यसमध्ये अधिकांश योजना वडास्तरबाट सञ्चालन भइरहेका छन्।

गाउँपालिका स्तरबाट अहिले एउटा बर्थिङ सेन्टर स्थापना, पाँच वडा कार्यालयमा रहेका स्वास्थ्यचौकीको स्तरोन्नति, गाउँपालिकामा रहेका आठवटा सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालनका लागि व्यवस्थापनलगायतका काम भइरहेका अध्यक्ष साहले जानकारी दिए।


त्यसैगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स खरिद, स्वास्थ्य परीक्षण प्रयोगशाला स्थापना र नागरिकको मागअनुसार शौचालय सरसफाइका लागि सेफ्टीट्याङ्की पनि सञ्चालन भइरहेको अध्यक्ष साहको भनाइ छ । उनले कृषि क्षेत्रको सुधारका लागि चालु आवमा पाँच कृषि सडक, सिँचाइ सुविधाका लागि बोरिङ सञ्चालन गर्न विद्युतीकरणको कामसमेत यसै आवमा गर्ने गरी सुरू हुने बताए। 

वडा नं २ का अध्यक्ष उदयकुमार साहले चालु आवमा पाँचवटै वडामा चार–चार गरी २० बोरिङ थप्ने योजना रहेको सुनाए।

‘अहिलेसम्म अघिल्लो वर्षको बक्यौता रकम भुक्तानी विवाद मिलाउनमै समय बित्यो, उपभोक्ता समितिबाट नयाँ काम गर्नै सकिएन’, वडाध्यक्ष साहले भने, ‘अब सकेसम्म उपभोक्ता समिति बनाउने, नभएमा सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार कोटेसनमार्फत् योजना कार्यान्वयन गर्ने गरी अगाडि बढेका छौँ ।’

धनौजीमा मात्रै होइन यहाँका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव, अघिल्लो वर्षको आर्थिक दायित्व, योजनामा नियतगत र प्रक्रियागत त्रुटि, राजनीतिकरूपमा बेमेललगायतका कारणले समयमै काम सुरू हुनसकेको छैन । 

‘अघिल्लो कार्यकालमा वडा नं २ को अध्यक्ष भएर काम गरिसकेकाले त्यही अनुभवका आधारमा सबैलाई मिलाएर काम त गर्न सक्छु तर कर्मचारीको अभाव पूर्ति, योजना कार्यान्वयनका क्रममा हुने समस्या मेरोमात्रै नियन्त्रणको विषय रहेन। निकै दुःख गरेर ल्याएको अहिलेको कार्यालय प्रमुखले केही वर्ष हामीसँगै काम गर्नुहुनेछ र सङ्घीय सरकारले चाँडै कर्मचारीको अभाव पूर्तिको दीर्घकालीन उपाय ल्याउने छ भन्ने आशा छ । यति भएमा आगामी आवमा राम्ररी जनताका काम हुनेछन्,’ अध्यक्ष साहले आशा व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE