कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।
नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।
यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।
खासगरी सीमा नाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ ।
कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एकवर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्यु दर शून्य थियो ।
सङ्क्रमण पुनःबढ्न थालेपछि कोरोना भाइरस विरुद्धको बुस्टर डोज ९खोपको मात्रा० स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...
बैशाख ६ गते, २०८३ - १४:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेक...
बैशाख ६ गते, २०८३ - १४:००
नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर...


प्रतिकृया लेख्नुहोस्: