Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

नेपालगन्जको चारलेन सडकमै छैन साइकल लेन

खबरडबली संवाददाता

नेपालगन्ज । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो । 

नेपालगन्ज उपमहानगरपालिका–१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उनलाई रा१ख २६१७ नंको टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले जानकारी दिए । 

साइकलमै यात्रा गर्ने चमार नेपालगन्जको लग्दहवास्थित छोरीको घरबाट पूजामा सहभागी भएर घर फकिँदै गर्दा टिपरले ठक्कर दिएको थियो । नेपालगन्जमा साइकल लेन नहुँदा ठूला सवारीसाधनको ठक्करबाट दैनिकजसो साइकलयात्री दुर्घटनामा पर्ने गरेको उनको भनाइ छ । 

साइकल लेन नहुँदा सर्वसाधारण सडक दुर्घटनाबाट घाइते, अपाङ्गता तथा अकालमै मृत्युवरण गर्न बाध्य रहेको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए । “साइकल लेन नहुनु साइकलयात्रीको सुरक्षा सवालमा गम्भीर जोखिम हो, साइकल लेनको सवाललाई सरोकारवालाले बेलैमा बुझिदिए धेरैको ज्यान जोगिन सक्थ्यो”, उनले भने, “नेपालगन्जमा साइकल लेनका लागि क्लबको तर्फबाट निरन्तर प्रयास भए पनि सफल हुनसकेको छैन ।”

पछिल्लोपटक नेपालगन्जमा साइकलयात्रीको सङ्ख्या दैनिकरूपमा बढ्दै गए पनि साइकल लेन नहुँदा दुर्घटनाको जोखिम पनि बढ्दो रहेको अध्यक्ष निरौलाले सुनाए । नेपालगन्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा साइकल लेनको आवश्यकता रहेको बताउँदै साइकल लेन बनाउने कामको छिट्टै सुरुआत गर्ने बताए ।

साइक्लिङमार्फत स्वस्थ जनशक्ति पैदा हुनुका साथै प्रदूषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेकाले आगामी आर्थिक वर्षमा साइकल लेन बनाउन सरोकारवालासँग छलफल गरेर बजेट तर्जुमा गरिने उनको भनाइ छ । नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरेर वार्षिकरूपमा ‘मेयरकप साइकल दौड’ प्रतियोगितालगायतका गतिविधि गर्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending