Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

खबरडबली संवाददाता

लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

“पिपुल हाइड्रोपावर कम्पनीले  निर्माण गरेको सो  आयोजनाबाट उत्पादित बिजुलीको परीक्षण सफल भएसँगै केही दिन अघिदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो”, आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलले भने, “हामीले एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा दुई तीन पटक पानी हालेर परीक्षण गर्‍यौँ त्यसमा सफल भयौँ अनि १५ दिन जति उत्पादित बिजुली प्राधिकरणका कर्मचारीले परीक्षण गर्दा पनि सफल भयौँ ।”

“अब करिब १५ दिन पछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने छ,” उनले भने, “५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०र२२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।” प्राधिकरणका पदाधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायत टोलीले आयोजनाको उत्पादित बिजुली अवलोकन गरेका थिए । यस आयोजनाले निर्माण थालनी गरेको करिब नौ वर्षपछि बिजुली उत्पादन गर्न थालेको हो । 

विसं २०७१ मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरी विसं २०७२ असोज महिनादेखि  निर्माण थालेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गर्नु गरिसक्नुपर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटकपटक म्याद गर्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहे पनि सो समयमा पनि बिजुली उत्पादन हुन नसकेको थिएन । 

आयोजनाका अनुसार यसअघि भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी–पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङ छ । त्यस्तै सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग रहेको छ । कूल रु आठ अर्ब ८० करोडको लगानीमा उक्त आयोजनाको निर्माण कार्य अघि बढाइएकामा  निर्माण अवधि लम्बिँदा करिब रु १० अर्ब ३९ करोड देखि ५० करोडसम्म लागत  पुगेको छ । 

उक्त आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका थिए ।  सत्तरी प्रतिशत ऋण लगानी र बाँकी  प्रवर्द्धन लगानीमा आयोजना निर्माण भएको हो । आयोजनाबाट असर पर्नसक्ने जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उक्त आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् बिक्री गर्ने ९पिपिए० सम्झौता गरेको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्र आधा दर्जन आयोजना रहेको र यस आयोजनाको राजस्वले समृद्ध पालिका निर्माणमा टेवा पुग्ने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE