Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन

खबरडबली संवाददाता

तम्घास । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । 

विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगविहीन अवस्थामा थन्किएका छन् । तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो । तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ । 

अहिलेसम्म कुनै पनि एम्बुलेन्सको मर्मत र व्यवस्थापन भएको छैन । कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा दुईवटा एम्बुलेन्सका लागि एक जना मात्रै चालक राखिएको छ । 

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा गुल्मीले १२ वर्ष पहिले बा १७ च ७६८ नम्बरको एम्बुलेन्स खरिद गरेको र उक्त एम्बुलेन्सले छ वर्षसम्म सेवा दिएको थियो ।

अहिले रेडक्रसले नयाँ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याए पनि पुरानो एम्बुलेन्सको भने व्यवस्थापन हुन सकेको छैन । गुल्मी जिल्ला अस्पतालमा दुई एम्बलेन्स अत्यन्तै जीर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै रहेका एम्बुलेन्स अहिले झाडीतर्फ थन्किाइएको छ । एम्बलेन्सको खरिद मिति, लागत लगायतका बारेमा अस्पतालमासमेत आधिकारिक जानकारी छैन ।

एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन वर्षअघिबाट नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । तर अस्पतालमै बिरामी एम्बलेन्स हुँदा न त तीनको उपचार हुनसकेको छ, न त उचित व्यवस्थापन नै । 

रुरुक्षेत्र गाउँपालिका–६ रिमुवामा विगत चार वर्षदेखि एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । भूपु सैनिकले सात वर्षअघि किनेको एम्बुलेन्स तीन वर्षसम्म मात्रै सञ्चालन भयो । 

मर्मत  खर्च धेरै लाग्ने भएकोले पालिकाले पनि सञ्चालन गर्न नसकेपछि अहिले नयाँ एम्बुलेन्सको खरिद प्रक्रिया अगाडि बढाएको स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । मालिका गाउँपालिका–६ अर्जैमा भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स दुई वर्षदेखि अलपत्र छ । 

मदाने गाउँपालिका –३ सिर्सेनीमा पालिकाले रु साढे दुई लाख खर्चेर एम्बुलेन्स बनाए पनि सञ्चालन हुनसकेको छैन । दुई वर्षदेखि ठप्प रहेको एम्बुलेन्स चालु आर्थिक वर्षमा दुई लाख खर्चेर मर्मत गरे पनि चालक अभावको कारण देखाउँदै पालिकाले एम्बुलेन्स सञ्चालन गर्न नसकेको स्थानीय भरत चन्दले बताए ।  

इश्मा गाउँपालिका–४ दोहोलीमा भूपू आर्मीमार्फत प्राप्त एम्बुलेन्स चार महिनादेखि व्यवस्थापनको पर्खाइमा छ । मुसिकोट नगरपालिकामा तीनओटा एम्बुलेन्स बिग्रिएर बन्द अवस्थामा छन् । अर्लाङकोट सेवा समाज, जापानले दिएको एम्बुलेन्स एकवर्ष, रेडक्रस सोसाइटीको एम्बुलेन्स चार वर्ष र निस्ती बडिगाढ सेवा समाजले दिएको एम्बुलेन्स चार वर्षदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए ।

बिग्रेका एम्बुलेन्स सबै पुराना भएको र पटक–पटक बनाउँदा पनि इञ्जिनले काम नगरेकोले थन्किएको जिसीको भनाइ छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङमा पनि एउटा एम्बुलेन्स विगत तीन महिनादेखि प्रयोगविहीन अवस्थामा छ । 

धुर्कोट गाउँपालिकाको वडा नं १ नयाँ गाउँ र वडा नम्बर ७ वाग्लामा गरी दुईवटा एम्बुलेन्स बिग्रिएर चल्नै नसक्ने अवस्थामा छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार पालिका गठन हुनुभन्दा अगाडि नै ल्याइएका दुवै एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने अवस्थामा छैनन् । सत्यवती गाउँपालिका– ४ लिम्घामा बिग्रिएको एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने भएपनि अलपत्र छ । एम्बुलेन्स किनेको मिति, लागत लगायतका बिषयमा पालिका नै बेखबर छ । 

आशा अपाङ्ग केन्द्रलाई गुल्मी जिल्ला समाज युकेले १० वर्षअघि दिएको एम्बुलेन्स आठ वर्ष चलेर दुई वर्षदेखि ठप्प छ । इन्जिनमा समस्या देखिएको एम्बुलेन्सलाई अहिले बनाएर चलाउँदा पनि खर्च नै नउठ्ने भएपछि केन्द्रले सञ्चालन गर्न सकेको छैन । 

केन्द्रका कोषाध्यक्ष ताराप्रसाद भुसालले एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया भएकाले समस्या भएको बताए । 

रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले एम्बुलेन्स चल्नै नसक्ने अवस्था भएको बताए । “पुरानो बिग्रेर नयाँ खरिद गर्यौँ”,  उनले भने, “तर एम्बुलेन्सले सञ्चालन खर्च उठाउन नसकेर घाटामै छ ।” प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एम्बुलेन्सको उचित व्यवस्थापनका लागि सक्दो पहल गर्ने बताए । “उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ” उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तकोशीको टापुमा फसेकाहरूको उद्धार भएन

वराहक्षेत्र । सप्तकोशीको चिलैया टापुमा फसेका १८ जनाको उद्धारको प्रयास भइरहे पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन ।  सुनसरीको वराहक्षेत्र न...

हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको इजरायलको दाबि

काठमाडौँ । इजरायलले हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएको दाबि गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहको मुख्यालयमा गरेको...

बाढी-पहिरो अपडेट : उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ ।  बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका ...

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् । एन्फाले ...

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौँ। वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । ...

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

चितवन। नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि अविरल परेको...

वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु

ललितपुर। वर्षाजन्य विपदमा परी ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिनुभएको जानक...

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठ...

बाढी पहिरोको उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्र...

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy