Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

खबरडबली संवाददाता

काठमाडौँ । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसा:) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए ।  कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंग:थाँ’ (सांस्कृतिक चोक) मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा (कन्या कुमारी) को प्रतिमूर्ति हटाइएपछि विवाद समाधान भएको बताइएको छ । रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको उक्त स्थानमा गत मङ्सिरमा ती मूर्ति स्थापना गरिएको थियो । 

तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भन्दै सो कार्यलाई ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायतका गुठीले विरोध गरेका थिए । ती मूर्ति नहटाएसम्म हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ कीर्तिपुरका महिलाले तानेर लैजाने चलनलाई यसपटक निरन्तरता नदिने अडान उनीहरुको थियो । 

यसैगरी रथ तान्नुभन्दा चार दिनअघि जल पानेजु ९मच्छिन्द्रनाथका पुजारी० नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यां:गथाँ पुगी ‘याक मिसा’ ९शक्ति स्वरुप मानिएकी कन्या० प्रसाद ग्रहण गराउने परम्परा पनि मूर्ति नहटाएसम्म निरन्तरता दिन नसकिनेसमेत सङ्घहरुको अडान थियो । सुखी गँछेले भने मूर्तिको सम्मानजनक स्थानान्तरण हुनुपर्ने जनाउँदै छलफलबाट समस्या समाधान गर्न माग गर्दै आएको थियो । 

विवादका कारण कीर्तिपुरको शक्तिपिठ मानिने प्यँग:थां र आसन्न रातो मच्छिन्द्रनाथको भोटे जात्राबीचको परम्परागत सम्बन्ध तोडिने अवस्थामा पुगेको थियो । रातो मच्छिन्द्रनाथ तन्त्र साधनाका देवता भएको र याक मिसा जीवित देवी भएकाले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उनीहरुले जनाएका थिए । 

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंग: थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ उक्त मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि पनि विवाद उत्पन्न भइरहेपछि स्थानीयले मूर्र्ति हटाइ परम्परालाई निरन्तरता दिन माग गर्दै  हस्ताक्षर अभियान चलाएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तकोशीको टापुमा फसेकाहरूको उद्धार भएन

वराहक्षेत्र । सप्तकोशीको चिलैया टापुमा फसेका १८ जनाको उद्धारको प्रयास भइरहे पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन ।  सुनसरीको वराहक्षेत्र न...

हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको इजरायलको दाबि

काठमाडौँ । इजरायलले हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएको दाबि गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहको मुख्यालयमा गरेको...

बाढी-पहिरो अपडेट : उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ ।  बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका ...

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् । एन्फाले ...

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौँ। वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । ...

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

चितवन। नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि अविरल परेको...

वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु

ललितपुर। वर्षाजन्य विपदमा परी ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिनुभएको जानक...

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठ...

बाढी पहिरोको उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्र...

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy