Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

समृद्धिको यात्रामा चेपाङ युवा

खबरडबली संवाददाता

हेटौंडा । परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन् । गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन् ।  जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिङ्गेका ३९ वर्षीय युवा दिनेश चेपाङले मौरीपालन र मह बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । महेन्द्र राजमार्ग नजिक मनहरिको लोथरमा मौरीपालन केन्द्र सञ्चालन गरेका उनले वार्षिक एक हजार केजीसम्म मह उत्पादन मात्रै गर्दैनन् वार्षिक ४५ हजार केजीभन्दा बढी मह सङ्कलन गरेर काठमाडौँ,  हेटौँडा, नारायणघाट, पोखरा तथा देशैभरका साना किसान सहकारीलाई वितरण गर्ने गर्छन् ।

उनले गाउँका गरिब किसानलाई मौरीपालन गर्न प्रोत्साहन गरेका छन् । गाउँलेले उत्पादन गरेका मह किनिदिएर बजारीकरण गरिदिने दिनेशका कारण अन्य चेपाङ परिवारको आयस्तरसमेत बढेको छ । “सुरुआतमा मेरो आर्थिक अवस्था पनि कमजोर थियो, मौरीपालन गरेर मह उत्पादन र बिक्रीवितरण गरेर आम्दानी गर्न थालेपछि विस्तारै स्वावलम्बी बन्न सकेँ । मौरीपालन नै मेरो जीविका परिवर्तनको कारण हो”, उनले भने । 

अहिले उनीसँग आफ्नै गाडी छ । राक्सिराङका विकट गाउँबाट मह सङ्कलन गर्छन् । सङ्कलन गरेको कच्चा मह लोथरमा रहेको मह प्रशोधन केन्द्रमा प्रशोधन गरिन्छ । उनले आफ्नै ब्राण्डमा बेच्छन् । वर्षमा झण्डै ५० हजार किलो मह सङ्कलन र बिक्रीवितरण गर्ने गरेको उनको भनाइ छ ।  राक्सिराङ–७ का वडाध्यक्षसमेत रहेका रामबहादुर प्रजा पनि चिउरीको मह उत्पादक हुन् ।

उनले एकसय २० घारसम्म मौरीपालन गरेर १६ सय किलोसम्म मह उत्पादन गर्ने गरेकामा अहिले भने जनप्रतिनिधि भएपछि उत्पादन घटाउन बाध्य हुनुपरेको बताउँछन् । उनी भन्छन्, “पहिला त मह उत्पादन गरेर प्रसस्त आम्दानी गरेको थिएँ, जनप्रतिनिधि भएपछि समय दिन नपाएर अहिले उत्पादन घटेको छ । तै पनि यो पेशा छोड्न सकेको छैन ।” महबाहेक स्थानीय रुपमा उत्पादन हुने कोदो फापर, मास, सिमीजस्ता कृषिउपज पनि उत्पादन र सङ्कलन गरेर बेच्ने गरेको प्रजाले बताए । 

त्यस्तै राक्सिराङ–८ का २६ वर्षीय युवा आर्यन प्रजा चिउरीको घिउ र पिना बेचेर चेपाङ सामुदायको स्तरवृद्धिमा लागेका छन् । अहिले आर्यन राक्सिराङका गाउँगाउँमा चिउरीका दाना सङ्कलन गर्न पुगिरहेका छन् । चेपाङ चिउरी युथ क्लबका अध्यक्षसमेत रहेका आर्यनले आफूसँग भएको चिउरीको घ्यू र पिना चैनपुरमा लाग्ने हाटबजारमा लगेर बिक्री गर्छन् । 

राक्सिराङको केन्द्र चैनपुरमा महिनाको दुई दिन १ र १५ गते स्थानीय उत्पादनको बिक्री वितरण गर्न हाटबजार लाग्ने गर्दछ । हाटबजारमा आफूहरुले चिउरीको दाना प्रतिपाथी रु एक सय, घ्यू प्रतिकिलो रु तीन सयमा र पिना प्रतिकिलो रु ५० मा बिक्री गर्ने गरेको उनी बताउँछन् । चिउरीको मह, चिउरीको फल मात्रै होइन, खेर जाने दानाकोसमेत मूल्य आउने भएपछि स्थानीय चेपाङ समुदाय चिउरी संरक्षणमासमेत जुटेको उनको भनाइ छ । 

चिउरी फूलको रसबाट माहुरीले बनाएको मह चिउरीको फल जतिकै स्वादिलो हुने र स्वास्थ्यका लागि अति राम्रो हुने विश्वास गरिन्छ । चिउरीको फलको बियाँबाट घिउ निकाल्ने र त्यसलाई भुटुनका रुपमा प्रयोग गरिने प्रचलन अहिले पनि रहेको छ । माछा मार्न तथा अन्य काममा पनि चिउरीको पिना प्रयोग हुने गर्दछ । चिउरी, चमेरो र चेपाङ समुदायबीच विशिष्ठ सम्बन्ध रहेको छ । चेपाङ समुदायमा चिउरीको रुख दाइजोका रुपमा चेलीबेटीलाई दिने चलन यद्यपि रहेको पाइन्छ । फूलको रस चुस्न आउने चमेरोलाई चेपाङ समुदायमा मिठो परिकारका रुपमा लिइन्छ । सिलिङ्गे सामुदायिक वनका अध्यक्ष प्रजाका अनुसार  पुस, माघमा चिउरीको फूलको रस चुस्न र असार साउनमा पाकेको फल खान आउने चमेरोलाई सिकार  गर्ने चलन अहिले पनि छ । 

चेपाङ, चिउरी र चमेरो मात्रै हैन अहिले मह पनि जोडिएर चेपाङ समुदायको जनजीविकासँग जोडिएको छ । जीविकोपार्जनका लागि प्रत्यक्षरुपमा वनमा नै निर्भर रहेको यो समुदायको परम्परागत सीपका माध्यमबाट आर्थिक र सामाजिकस्तरमा सुधार ल्याउन सरकारी तथा गैरसरकारी संस्थाबाट पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।

संविधानसभा सदस्य गोविन्दराम चेपाङ भन्छन्, “उहिले उहिले त कोलमा पेलिएको चिउरीको घ्यु टिनका टिन बजार जान्थ्यो अचेल त्यो बन्द छ । चेपाङका घरमा बजारिया तेलको प्रयोग बढ्न थालेको छ ।” चेपाङ समुदायको जनजीविका र संस्कृतिसँग परमपरागतरुपमा जोडिएको चिउरी संरक्षण र उपयोगिताको वैज्ञानिक तौरतरिका अपनाएर लागू गर्नसके चेपाङ जातिको उत्थान सँगसँगै देशकै आर्थिक स्थितिलाई टेवा पुर्याउन सकिने उनको भनाइ छ ।  

चेपाङ समुदायले कृषि तथा पशुपालन गर्नुका साथै मह उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेको सिलिङ्गे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आइतसिंह प्रजा बताउँछन् । जनसङ्ख्या वृद्धिसँगै चिउरीको फँडानी बढ्न थालेपछि चिउरीसँग जीवन जोडिएका चेपाङ समुदायको पहिचान सङ्कटमा पर्न नदिन सामुदायिक वन उपभोक्ता समूहमार्फत वनजङ्गलसँगै चिउरी संरक्षण सुरु गरिएको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तकोशीको टापुमा फसेकाहरूको उद्धार भएन

वराहक्षेत्र । सप्तकोशीको चिलैया टापुमा फसेका १८ जनाको उद्धारको प्रयास भइरहे पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन ।  सुनसरीको वराहक्षेत्र न...

हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको इजरायलको दाबि

काठमाडौँ । इजरायलले हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएको दाबि गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहको मुख्यालयमा गरेको...

बाढी-पहिरो अपडेट : उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ ।  बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका ...

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् । एन्फाले ...

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौँ। वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । ...

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

चितवन। नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि अविरल परेको...

वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु

ललितपुर। वर्षाजन्य विपदमा परी ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिनुभएको जानक...

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठ...

बाढी पहिरोको उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्र...

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy