Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

समृद्धिको यात्रामा चेपाङ युवा

खबरडबली संवाददाता

हेटौंडा । परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन् । गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन् ।  जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिङ्गेका ३९ वर्षीय युवा दिनेश चेपाङले मौरीपालन र मह बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । महेन्द्र राजमार्ग नजिक मनहरिको लोथरमा मौरीपालन केन्द्र सञ्चालन गरेका उनले वार्षिक एक हजार केजीसम्म मह उत्पादन मात्रै गर्दैनन् वार्षिक ४५ हजार केजीभन्दा बढी मह सङ्कलन गरेर काठमाडौँ,  हेटौँडा, नारायणघाट, पोखरा तथा देशैभरका साना किसान सहकारीलाई वितरण गर्ने गर्छन् ।

उनले गाउँका गरिब किसानलाई मौरीपालन गर्न प्रोत्साहन गरेका छन् । गाउँलेले उत्पादन गरेका मह किनिदिएर बजारीकरण गरिदिने दिनेशका कारण अन्य चेपाङ परिवारको आयस्तरसमेत बढेको छ । “सुरुआतमा मेरो आर्थिक अवस्था पनि कमजोर थियो, मौरीपालन गरेर मह उत्पादन र बिक्रीवितरण गरेर आम्दानी गर्न थालेपछि विस्तारै स्वावलम्बी बन्न सकेँ । मौरीपालन नै मेरो जीविका परिवर्तनको कारण हो”, उनले भने । 

अहिले उनीसँग आफ्नै गाडी छ । राक्सिराङका विकट गाउँबाट मह सङ्कलन गर्छन् । सङ्कलन गरेको कच्चा मह लोथरमा रहेको मह प्रशोधन केन्द्रमा प्रशोधन गरिन्छ । उनले आफ्नै ब्राण्डमा बेच्छन् । वर्षमा झण्डै ५० हजार किलो मह सङ्कलन र बिक्रीवितरण गर्ने गरेको उनको भनाइ छ ।  राक्सिराङ–७ का वडाध्यक्षसमेत रहेका रामबहादुर प्रजा पनि चिउरीको मह उत्पादक हुन् ।

उनले एकसय २० घारसम्म मौरीपालन गरेर १६ सय किलोसम्म मह उत्पादन गर्ने गरेकामा अहिले भने जनप्रतिनिधि भएपछि उत्पादन घटाउन बाध्य हुनुपरेको बताउँछन् । उनी भन्छन्, “पहिला त मह उत्पादन गरेर प्रसस्त आम्दानी गरेको थिएँ, जनप्रतिनिधि भएपछि समय दिन नपाएर अहिले उत्पादन घटेको छ । तै पनि यो पेशा छोड्न सकेको छैन ।” महबाहेक स्थानीय रुपमा उत्पादन हुने कोदो फापर, मास, सिमीजस्ता कृषिउपज पनि उत्पादन र सङ्कलन गरेर बेच्ने गरेको प्रजाले बताए । 

त्यस्तै राक्सिराङ–८ का २६ वर्षीय युवा आर्यन प्रजा चिउरीको घिउ र पिना बेचेर चेपाङ सामुदायको स्तरवृद्धिमा लागेका छन् । अहिले आर्यन राक्सिराङका गाउँगाउँमा चिउरीका दाना सङ्कलन गर्न पुगिरहेका छन् । चेपाङ चिउरी युथ क्लबका अध्यक्षसमेत रहेका आर्यनले आफूसँग भएको चिउरीको घ्यू र पिना चैनपुरमा लाग्ने हाटबजारमा लगेर बिक्री गर्छन् । 

राक्सिराङको केन्द्र चैनपुरमा महिनाको दुई दिन १ र १५ गते स्थानीय उत्पादनको बिक्री वितरण गर्न हाटबजार लाग्ने गर्दछ । हाटबजारमा आफूहरुले चिउरीको दाना प्रतिपाथी रु एक सय, घ्यू प्रतिकिलो रु तीन सयमा र पिना प्रतिकिलो रु ५० मा बिक्री गर्ने गरेको उनी बताउँछन् । चिउरीको मह, चिउरीको फल मात्रै होइन, खेर जाने दानाकोसमेत मूल्य आउने भएपछि स्थानीय चेपाङ समुदाय चिउरी संरक्षणमासमेत जुटेको उनको भनाइ छ । 

चिउरी फूलको रसबाट माहुरीले बनाएको मह चिउरीको फल जतिकै स्वादिलो हुने र स्वास्थ्यका लागि अति राम्रो हुने विश्वास गरिन्छ । चिउरीको फलको बियाँबाट घिउ निकाल्ने र त्यसलाई भुटुनका रुपमा प्रयोग गरिने प्रचलन अहिले पनि रहेको छ । माछा मार्न तथा अन्य काममा पनि चिउरीको पिना प्रयोग हुने गर्दछ । चिउरी, चमेरो र चेपाङ समुदायबीच विशिष्ठ सम्बन्ध रहेको छ । चेपाङ समुदायमा चिउरीको रुख दाइजोका रुपमा चेलीबेटीलाई दिने चलन यद्यपि रहेको पाइन्छ । फूलको रस चुस्न आउने चमेरोलाई चेपाङ समुदायमा मिठो परिकारका रुपमा लिइन्छ । सिलिङ्गे सामुदायिक वनका अध्यक्ष प्रजाका अनुसार  पुस, माघमा चिउरीको फूलको रस चुस्न र असार साउनमा पाकेको फल खान आउने चमेरोलाई सिकार  गर्ने चलन अहिले पनि छ । 

चेपाङ, चिउरी र चमेरो मात्रै हैन अहिले मह पनि जोडिएर चेपाङ समुदायको जनजीविकासँग जोडिएको छ । जीविकोपार्जनका लागि प्रत्यक्षरुपमा वनमा नै निर्भर रहेको यो समुदायको परम्परागत सीपका माध्यमबाट आर्थिक र सामाजिकस्तरमा सुधार ल्याउन सरकारी तथा गैरसरकारी संस्थाबाट पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।

संविधानसभा सदस्य गोविन्दराम चेपाङ भन्छन्, “उहिले उहिले त कोलमा पेलिएको चिउरीको घ्यु टिनका टिन बजार जान्थ्यो अचेल त्यो बन्द छ । चेपाङका घरमा बजारिया तेलको प्रयोग बढ्न थालेको छ ।” चेपाङ समुदायको जनजीविका र संस्कृतिसँग परमपरागतरुपमा जोडिएको चिउरी संरक्षण र उपयोगिताको वैज्ञानिक तौरतरिका अपनाएर लागू गर्नसके चेपाङ जातिको उत्थान सँगसँगै देशकै आर्थिक स्थितिलाई टेवा पुर्याउन सकिने उनको भनाइ छ ।  

चेपाङ समुदायले कृषि तथा पशुपालन गर्नुका साथै मह उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेको सिलिङ्गे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आइतसिंह प्रजा बताउँछन् । जनसङ्ख्या वृद्धिसँगै चिउरीको फँडानी बढ्न थालेपछि चिउरीसँग जीवन जोडिएका चेपाङ समुदायको पहिचान सङ्कटमा पर्न नदिन सामुदायिक वन उपभोक्ता समूहमार्फत वनजङ्गलसँगै चिउरी संरक्षण सुरु गरिएको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE