Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

दक्षिण अफ्रिकामाथि रुसलाई हतियार उपलब्ध गराएको आरोप

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूतले उक्त देशले युक्रेन द्वन्द्वमा तटस्थ रहने घोषणा विपरीत रुसलाई हतियारहरू आपूर्ति गरेको आरोप लगाएका छन्।

रुबेन ब्रिगेटीले गत डिसेम्बरमा हतियार तथा गोलीगठ्ठाले भरिएको रुसी पानीजहाज केप टाउनमा देखिएको बताए।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले आफू उक्त दाबी प्रति दुखी भएको जनाउँदै त्यसलाई पुष्टि गर्ने आधार प्रदान नगरिएको जनाएको छ।

दक्षिण अफ्रिकाले युक्रेन अतिक्रमणको मुद्दामा तटस्थता दाबी गर्दै आएको छ।

प्रिटोरियामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा राजदूत ब्रिगेटीले उक्त द्वन्द्वलाई लिएर दक्षिण अफ्रिकाले व्यक्त गरेको असंलग्नताको नीतिप्रति वासिङटनको चासो रहेको बताए।

सिमोन्स टाउन जलसेना शिविर नजिकै गएको डिसेम्बर ६ देखि ८ को बीचमा एउटा मालवाहक पानीजहाज रोकिएको प्रसङ्ग उल्लेख गर्दै उनले रुसतर्फ जानुअघि त्यसमा हातहतियार र गोलीगठ्ठा भरिएकोमा आफू ‘विश्वस्त’ रहेको बताए।

लेडी आर नामक सो पानीजहाजको उपस्थितिलाई लिएर त्यसबेला जिज्ञासाहरू उठेका थिए र कतिपय स्थानीय नेताहरूले त्यसबारे प्रश्न पनि गरेका थिए।

“रुसीहरूलाई हतियारले सज्जित बनाउनु ज्यादै गम्भीर हो र हामीलाई यो विषय सम्बोधन भएको जस्तो लाग्दैन,” ब्रिगेटीले भने।

उनले लगाएको आरोपले दक्षिण अफ्रिकाको सत्तापक्षलाई आश्चर्यमा पारिदिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE