Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

टोपबहादुर पक्राउ परेपछि एमालेको प्रतिक्रिया- उप्रप्रधानमन्त्री, गृहमन्त्री जोसुकै हुन् देशद्रोहको मुद्दा चलाउनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिलाई  देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएको छ। एमालेको निलम्बीत सचिव टोपबहादुर रायमाझी पक्राउ परेपछि प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले यस्तो बताएका हुन्। उनी पूर्व उपप्रधानमन्त्री समेत हुन्।

उनले फेशबुकमा लेखेका छन्, 'नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो, खासमा देशद्रोह हो ।' 

नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेहरुमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने उनको भनाइ छ। 

'नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेहरुमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ । उप्रप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव- जोसुकै होऊ्न, कानुनको नजरबाट बराबर सावित गर्नुपर्छ' उनले भनेका छन्।

यो प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि हाइ प्रोफाइलका १३ जना पक्राउ परिसकेका छन्। एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर बादलविरुद्ध प्रहरीले प्रमाण जुटाउँदै छ।

गृह मन्त्रालयका त्यतिवेलाका सचिव प्रेमकुमार राई र महेश्वर न्यौपानेले पनि आफूहरूलाई सघाएको बिचौलियाको बयान छ । तर, बलियो प्रमाण भने भेटिएको छैन । त्यस्तै, कांग्रेस नेतृद्वय आरजु देउवा र मञ्जु खाण पनि मुछिएपछि प्रमाण जुटाउन प्रहरीलाई सकस परेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: