Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता दुई महिना लम्बियो

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौतालाई दुई महिना थप गर्ने सहमति भएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई सम्झौता लम्ब्याउन भूमिका खेलेको र आफुले यसको समन्वय गरेको बताए । 

“हाम्रो देशको प्रयास, हाम्रा रूसी मित्रहरूको समर्थन र युक्रेनी मित्रहरूको योगदानले ‘ब्ल्याक सी’ को अन्न सम्झौतालाई थप दुई महिना लम्ब्याउने निर्णय गरिएको छ,” एर्दोगानले राष्ट्रिय टेलिभिजनमार्फत् दिएको भिडियो जानकारीमा उल्लेख छ । 

कीएभले संयुक्त राष्ट्रसङ्घ र टर्कीप्रति कृतज्ञ रहेको बताएका छन् । एर्दोआनले रुसले युक्रेनका दुई बन्दरगाह छोड्न जहाजलाई नरोक्न सहमत भएको बताउँदै यो सम्झौता ’सबै पक्षका लागि लाभदायक हुने’ विश्वास व्यक्त गरे । 

गत वर्षको फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो । रुसी युद्धपोतहरूले युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाहहरू अवरुद्ध गरे, जसले गर्दा विश्व बजारमा खाद्यान्नको मूल्य बढेको थियो र विश्वका सबैभन्दा गरिबहरूलाई असमान रूपमा असर पारेको थियो । 

टर्की र संयुक्त राष्ट्रसङ्घले पहिलो पटक जुलाई २०२२ मा युद्धरत पक्षहरूबीच एक सम्झौताको मध्यस्थता गरे, जसले सङ्कटलाई शान्त गर्न युक्रेनी उत्पादनको निर्यातका लागि सुरक्षित मार्गहरू सिर्जना गरेको थियो ।

युद्ध सुरु भएयता रूस र युक्रेनबीच यो मात्र एउटा सम्झौता भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ । केसीले आज बिहान नेपाल मेडिसिटी अस्पतालमा पुत्रीलाई जन्म दिएको परिवारका सदस्यले...

कालीकोटका किसानलाई गोठालो भत्ता

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष का...

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । १५ वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार न...

पार्टी विभाजनविरुद्ध अदालत जाँदै उपेन्द्र यादव

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ । यसबारे औपचारिक निर्णय गर्न आज ...

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अध...

बलात्कार मुद्दामा सन्दीपको दाबी- यो घटना घटेको होइन, घटाइएको हो

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

पहाडी र तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान वि...

सुनकोसी-मरिण डाइभर्सनको आज ‘ब्रेक थ्रु’

काठमाडौं । सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ...

इलाम-२ बाट निर्वाचित सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडौं । गत वैशाख १५ गते इलाम २ मा भएको उपनिर्वाचनबाट विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। सिंहदरबारस्थित कृषि समितिको...

म्याग्दीको विकट खतेन गाउँमा पुग्याे विजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies