Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता दुई महिना लम्बियो

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौतालाई दुई महिना थप गर्ने सहमति भएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई सम्झौता लम्ब्याउन भूमिका खेलेको र आफुले यसको समन्वय गरेको बताए । 

“हाम्रो देशको प्रयास, हाम्रा रूसी मित्रहरूको समर्थन र युक्रेनी मित्रहरूको योगदानले ‘ब्ल्याक सी’ को अन्न सम्झौतालाई थप दुई महिना लम्ब्याउने निर्णय गरिएको छ,” एर्दोगानले राष्ट्रिय टेलिभिजनमार्फत् दिएको भिडियो जानकारीमा उल्लेख छ । 

कीएभले संयुक्त राष्ट्रसङ्घ र टर्कीप्रति कृतज्ञ रहेको बताएका छन् । एर्दोआनले रुसले युक्रेनका दुई बन्दरगाह छोड्न जहाजलाई नरोक्न सहमत भएको बताउँदै यो सम्झौता ’सबै पक्षका लागि लाभदायक हुने’ विश्वास व्यक्त गरे । 

गत वर्षको फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो । रुसी युद्धपोतहरूले युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाहहरू अवरुद्ध गरे, जसले गर्दा विश्व बजारमा खाद्यान्नको मूल्य बढेको थियो र विश्वका सबैभन्दा गरिबहरूलाई असमान रूपमा असर पारेको थियो । 

टर्की र संयुक्त राष्ट्रसङ्घले पहिलो पटक जुलाई २०२२ मा युद्धरत पक्षहरूबीच एक सम्झौताको मध्यस्थता गरे, जसले सङ्कटलाई शान्त गर्न युक्रेनी उत्पादनको निर्यातका लागि सुरक्षित मार्गहरू सिर्जना गरेको थियो ।

युद्ध सुरु भएयता रूस र युक्रेनबीच यो मात्र एउटा सम्झौता भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending