Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

राष्ट्रियसभा बैठक: ‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्ने माग

खबरडबली संवाददाता

काठमाडौ । राष्ट्रियसभाका सांसद जीतेन्द्रनारायण देवले मुलुकबाट भ्रष्टाचार निर्मूल गर्न केही राजनीतिज्ञ, कर्मचारी, बिचौलिया र ठेकेदारको ‘नेक्सस’लाई राज्यको अनुसन्धानकारी संयन्त्रले निरन्तर निगरानी गर्नुपर्ने धारणा राखेको छ । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद देवले कुनै पनि अमुक व्यक्तिलाई लामो समयसम्म शक्ति केन्द्रमा राख्नु नहुने तथा नेपाल प्रहरी र सबै खालका अपराध अनुसन्धान इकाइलाई राजनीतिकीकरण गर्न नहुने बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्ति प्रक्रिया बदल्ने र संरचना परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी छुट्ने अवस्था हुन नहुने तथा अनुसन्धानको प्रक्रियामा राजनीतिक हस्ताक्षेप हुन नहुने बताए । “अनुसन्धान निष्पक्ष, स्वतन्त्र र कानुनसम्मत अगाडि बढ्नुपर्छ । यो विषय सङ्गठित अपराध, मानव तस्करी र राज्यविरुद्धको अपराध हो, गम्भीर अपराधमा संलग्नलाई कडा कारबाही हुनुपर्छ”, उनले भने ।
 
सांसद नारायणप्रसाद दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र नभई देशद्रोही, मानव बेचबिखन र प्रकृतिमाथिको अपराध भएको बताए । विभिन्न समयमा सरकारमा रहेका नेता, उच्च कर्मचारी र विशिष्ट व्यक्ति यस घटनामा संलग्न भएको देखिँदा सिङ्गो मुलुक नै स्तब्ध भएको जनाउँदै उहाँले यसप्रकारको जघन्य अपराधका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरे ।

सांसद उदयबहादुर बोहराले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी छानबिनलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो । सांसद मोहम्मद खालिदले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज कमिटीका अध्यक्ष पक्राउ परेको र जोकोही भए पनि राज्यले दोषी प्रमाणित भए सरकारले कारबाही गर्नुपर्ने बताए । 

“हज कमिटीका अध्यक्ष पक्राउ परेपछि नेपाली हाजीलाई समस्या परेको छ, अहिले मक्का र मदिनामा हाजीको बसोबाससम्बन्धी कुनै सम्झौता भएको छैन, टिकट तथा बिदाको समस्या समाधान भएको छैन”, उहाँले भन्नुभयो, “त्यो समस्यालाई द्रुतमार्गबाट सम्बोधन गर्नेतर्फ गृहमन्त्रीले हेरिदिनु होला ।”
 
सांसद जगप्रसाद शर्माले वर्तमान निर्वाचन प्रणालीका कारण सुशासन कायम हुन नसकेको दाबी गर्नुभयो । उहाँले जीवन पद्धति धान्न नसक्ने आम्दानी र उत्पादन सम्बन्ध नहुँदा भ्रष्टाचारलगायत अनियमितताको घटना बढ्ने गरेको बताउनुभयो ।  
 
निर्वाचन प्रणालीले मुलुकमा सुशासन कायम गर्न बाधा पुर्‍याइरहेको भन्दै उहाँले यसले नै राजनीतिक दलभित्र विकृति र विसङ्गति भित्र्याएको दाबी गर्नुभयो । “सुशासनलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने विषयको बाधक निर्वाचन प्रणाली हो, यसका बारेमा सबैले गम्भीर भएर सोच्नुपर्छ”, सांसद शर्माले भन्नुभयो ।

सांसद शर्माले आर्थिक समद्धिको आधार सुशासनबाट सुरु हुने भन्दै मुलुकमा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराए । “सबैको साझा समस्या कुसंस्कार, अपारदर्शीता र भ्रष्टाचार हो, तसर्थ सुशासनलाई कसरी आत्मसात् गर्ने सन्दर्भमा सबैले ध्यान दिनुपर्छ”, उनले भने।
 
सांसद प्रकाश पन्तले अहिलेको व्यवस्था, उपलब्धि र संविधान बचाउन सुशासनको आवश्यकता भएको बताउनुभयो । सुशासनबिना विकास सम्भव नभएको दाबी गर्दै उहाँले संविधानको इमान्दारको पालना गरेमा मात्रै पनि मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरे । “संविधानको भर्‍याङबाट राज्यसत्तामा पुग्ने राजनीतिक नेतृत्वमा पुग्नेमाथि आक्रोश, असन्तुष्टि, निराशाको नजर सोझिएको छ”, उहाँले भन्नुभयो, “जनताको विश्वासमाथि कुठाराघात भइरहेको छ, अझै देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त भएको छैन ।”
 
सांसद सोनाम ग्याल्जेन शेर्पाले बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो । “सङ्घीय सांसद प्रतिबद्ध भएर लाग्नुपर्छ, भ्रष्टाचार अन्त्य गर्न एक ठाउँमा उभियौँ भने भ्रष्टाचार न्यूनीकरण हुन्छ”, उहाँले भन्नुभयो, “सबै भ्रष्टाचारको छानबिन गर्नुपर्छ, केही घटनालाई ढाकछोप गर्ने काम बन्द हुनुपर्छ ।”
 
सांसद रामचन्द्र राईले सुनकोशी मरिन डाइभर्सन आयोजना सम्पन्न गरेर तराई मधेसका क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउनुपर्ने बताउनुभयो । “सो आयोजनाको छ किलोमिटर सुरुङ निर्माण भइसकेको छ, ड्यामको ठेक्का सम्झौता भएको छ, पाँच जिल्लाका एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेगरी काम गर्ने हो भने नेपालमै बसेको युवाले कृषि उत्पादन गरेर जीविकोपार्जन गर्न सक्नेछन्”, उहाँले भन्नुभयो ।
 
सांसद नरपति लुहारले सडकको स्तरोन्नति नहुँदा कर्णालीका जनताले बारम्बार दु:ख पाइरहेको भन्दै त्यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “नयाँ बजेट आउँदै छ, सरकारले कर्णालीका जनताको अनुहार फेरियोस्, सडक, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास होस्”, उहाँले भन्नुभयो ।
 
सांसद खिमलाल देवकोटाले ऐतिहासिक तथा पर्यटकीय सहरका रुपमा परिचित काठमाडौँमा अत्यधिक वायुप्रदूषण बढेकाले प्रदूषण नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । “राज्यका संयन्त्रले काम गर्ने हो भने बढीमा छ महिनाभित्र धेरै सुधार गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

सांसद शेखरकुमार सिंहले पछाडि परेको शिक्षा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा बजेटको आकार वृद्धि गरिनुपर्ने बताउनुभयो । सांसद जयन्ती राईले महिला हिंसाको घटना बढ्दै गएकाले हिंसा न्यूनीकरणमा कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गोपाल भट्टराईले मुलुकको आर्थिक अवस्था जटिल बनेकातर्फ ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending