काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्थानबाट निकालिएका र्यालीहरू प्रदर्शनी मार्गमा भेला भई कार्यक्रमस्थलमा प्रवेश गरेका हुन्।
प्रदर्शनी मार्गमा सुरु भएको एकता सन्देश सभाका लागि नेता–कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेका छन्। उपत्यका तथा आसपासका जिल्लाबाट आएका केही नेता–कार्यकर्ता कार्यक्रमस्थलमा पुगिसकेका छन् भने केही र्यालीहरू अझै पुग्ने क्रममा छन्।
पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरू सुन्धाराबाट र्यालीसहित कार्यक्रमस्थल पुगेका छन्। रत्नपार्कबाट सुरु भएको तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाबाट आएको र्याली पनि सभास्थलमा पुगेको छ।
यस्तै बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ का नेता–कार्यकर्ताहरूको र्याली डिल्लीबजार ९चारखाल० बाट सुरु भएको छ। काठमाडौं क्षेत्र नम्बर १ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट आएका नेता–कार्यकर्ताहरूको र्याली बबरमहलबाट कार्यक्रमस्थल प्रवेश गरिरहेको छ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १७:१४
दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...
फाल्गुन ३ गते, २०८२ - १७:००
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...
फाल्गुन ३ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...
फाल्गुन ३ गते, २०८२ - १६:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...
फाल्गुन ३ गते, २०८२ - १५:५२
काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...
फाल्गुन ३ गते, २०८२ - १५:३९
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...
फाल्गुन ३ गते, २०८२ - १४:४५
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...
फाल्गुन ३ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...
फाल्गुन ३ गते, २०८२ - १४:२२
काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...
फाल्गुन ३ गते, २०८२ - १४:१६
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...



प्रतिकृया लेख्नुहोस्: