Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढङ्गले राम्रो : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएको छन् । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रपछि विकास र समृद्धि, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा रेकर्ड बनेको बताए । झण्डै साढे दुई सय वर्षसम्म राजतन्त्रले देशलाई कङ्गाल पारेको, विकृति र विसङ्गति, सांस्कृतिक विचलन धेरै नै ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र हरेक दृष्टिकोणले हिजोको निरङ्कुशतन्त्र र राजतन्त्रभन्दा गुणात्मक ढङ्गले राम्रो रहेको बताए। 

“मैले सदनमा गणतन्त्र आउनुअघिको नेपालको विभिन्न तथ्याङ्क र सूचक यी थिए, शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्रलगायत विषयमा के थिए र अहिले २०८० सालसम्म आइपुग्दा ती तथ्याङ्कको अवस्था के छ भनेर तुलनात्मकरुपले राखेको थिएँ । त्यसले गणतन्त्र देश र जनताका पक्षमा छ भन्ने प्रमाणित भएको छ”, उहाँले भने। 

नेपाल सरकारअन्तर्गतको तथ्याङ्क कार्यालयको आधिकारिक र वैज्ञानिक तथ्याङ्कलाई आफूले संसद्मा प्रस्तुत गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले शुक्रबार संसद्मा पेस भएको नीति कार्यक्रममा श्रमिक र तल्लो वर्गलाई राहत दिने विषयलाई प्राथमिकता दिइएको बताए । “नीति कार्यक्रमले उत्पादन र रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ”, प्रधानमन्त्री दाहालले भने, “बजेटमार्फत थप सम्बोधन गरिनेछ । उत्पादनको वृद्धि र रोजगारीको सिर्जनामा वर्तमान सरकार दृढ छ ।”

भुटानी शरणार्थी प्रकरणलाई मात्र सरकारले प्राथमिकता दिएको भन्ने आरोप गतल रहेको उल्लेख गर्दै उहाँले सुशासनको दृष्टिकोणले आवश्यकपर्ने सबै विषयमा सरकारले पहलकदमी लिइरहेको बताए।  “पुँजीबजारसँग सम्बन्धित ‘सेटिङ’लाई भत्काएका छौँ, राजस्व वृद्धि गर्न त्यसलाई सुदृढ गर्न लागेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “विप्रेषण वृद्धि गर्न गम्भीर कदम चालेका छौँ । विदेशमा रहेका लाखाँै श्रमिकको जीवन र भविश्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आबद्धता गरेका छौँ ।”

सुशासनको कामलाई दृढताका साथ अगाडि बढाउन आफूलाई निकै गाह्रो परेको उहाँको भनाइ छ । “यसो गरिराख्न धेरै सजिलो होला भन्ने नठान्नु होला, नेतृत्वलाई धेरै खालका दबाब, घेरा र अप्ठ्यारा छन्”, प्रधानमन्त्री दाहालले भने, “तर खुसीको कुरा के छ भने हामीले सुशासन, विकास, समृद्धि र आर्थिक समस्यालाई क्रमश: समाधान गर्दै जान थालेका छौँ, मुख्यत: भ्रष्टाचारका विरुद्ध गम्भीर कदम चालेका हुनाले आम जनसमुदायमा ठूलो आशा र भरोसा सञ्चार भएको छ ।”

सरकारले सुशासनको नयाँ अभियान सञ्चालन गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सुशासनको दृष्टिकोणले नयाँ अभियान, आन्दोलन र प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले सरकार सुशासन कायम गराउन दृढताका साथ अगाडि बढेको बताए। “कोही पनि द्विविधामा नपर्नु होला, सुशासन कायम गर्न सरकार र पार्टी दृढ छ । यसलाई अन्तिम र तार्किक निष्कर्षमा पुर्‍याएर छाडिन्छ”, उनले भने । 

कहिलेकाहीँ सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख नेता बस्दा सुशासनको अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर प्रचार र शङ्का गर्ने गरिएको उहाँको भनाइ छ । “हामी बसेको संसद्लाई प्रभावकारी बनाउन हो । सदनभित्र सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कसरी कायम गर्ने भन्ने मूलभूत विषय हो”, प्रधानमन्त्री दाहालले भने । 

शीर्ष नेताले छलफल गर्नुको तात्पर्य बाह्रबुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा एकसाथ उभिएका प्रमुख दल देशको वर्तमान परिस्थितिमा परिवर्तनको रक्षाका निम्ति एक ठाउँमा उभिनुपर्ने दिन आउनसक्छ भन्ने हिसाबबाट पनि आफूहरु निरन्तर छलफल गरिरहेको प्रधानमन्त्री दाहालले बताए । उनले सदनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने र परिवर्तन विरोधी प्रवृत्ति तथा शक्तिका विरुद्ध सहकार्यको आवश्यकताबारे छलफल गर्न मात्रै शीर्ष नेता भेटवार्तामा बस्ने गरेको प्रष्ट्याए । 

“अहिले भुटानी शरणार्थीको विषयलाई लिएर हामीले साझा धारणा बनाएका छौँ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरोस् तथा प्रहरीको अनुसन्धानलाई कहीँकतैबाट दबाब र हस्तक्षेप हुन नपाओस्, हामीले भित्र, बाहिर गरेको कुरा यही हो, यसमा भ्रम पाल्नुपर्ने केही कारण छैन”, प्रधानमन्त्री दाहालले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक मकै खेतीबाट आम्दानी गर्दै हातेमालो सहकारी

साँफेबगर। अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ। वडा नं। ४ मा ...

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता

भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माण...

अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल भ्रमणमा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। १३ ...

भन्सार महसुल दोब्बर भएपछि सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल दोब्बर बनाएपछि नेपाली बजारमा सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा ब...

प्रचण्डको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज हुने सम्भावना

काठमाडौं । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकह...

एसियन गेम्स छनोट - नेपालले चीनलाई सजिलै हरायो

काठमाडौँ। कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ ।  ...

श्रम स्वीकृति पाएपछि मात्र वैदेशिक रोजगारीका लागि यात्रा गर्न अध्यागमनको आग्रह

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्र वैदेशिक रोजगारीका लागि विदेश यात्रा गर्न श्रमिकहरूलाई अनुरोध गरेको छ। विभागले आइतबार ...

निस्दीमा कक्षा १२ उत्तीर्ण र २० वर्षपछि विवाह गर्ने महिलालाई सम्मान

पाल्पा। पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै ...

घरटहरा हटाउने तयारी गरेपछि गौशाला बजार बन्द, टायर बालेर प्रदर्शन

महोत्तरी। महोत्तरीको गौशाला बजार बन्द गरी विभिन्न चोकहरूमा टायर बालेर आइतबार बिहानदेखि प्रदर्शन भइरहेको छ। गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११...

एसियन गेम्स छनोट: नेपाल मलेसियासँग स्तब्ध

काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ ।  मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending