काठमाडौं । चर्काे आलोचनापछि एमाले उपमहासचिव विष्णु रिमालले धरानका मेयर हर्क साम्पाङमाथि गरेको विवादित टिप्पणीलाई सच्याएका छन् ।
रिमालले भाषणको क्रममा साम्पाङलाई ‘बहुला टाइपको मेयर’ भनेपछि आलोचना सुरु भएको थियो । उनले ‘बहुलाउनु’ लाई सकारात्मक अर्थमा व्याख्या गर्दै सामाजिक सञ्जालमा आफ्नो प्रष्टीकरण दिएका छन् ।
आफूमाथि आएका आलोचना स्वीकार्ने बताउँदै उनले लेखेका छन्, ‘हो, अब हामी बहुलाउनै पर्छ ।’
उनले आफू पनि काम गर्दा बहुलाउने मानिस भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली ‘नाकाबन्दीका सामना गर्दा बहुलाएरै भिडेको उनको टिप्पणी छ ।
यस्तो छ रिमालको स्टाटस:
०७२ सालमा संविधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौँ ।
त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्यो ।
०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौँ ।
आधा शताब्दीसम्म हाम्रो सम्प्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी‘ हामीले “बहुलाएरै” नक्सामा सामेल गर्यौँ । सिंगो मुलुक एक ठाउँमा उभियो ।
अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने ‘ धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर !
म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ ।
हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !
फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरूको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ती आलोचना स्वीकार्छु, धन्यवाद !
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: