काठमाडौ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता माधवकुमार नेपालले नीति तथा कार्यक्रम वर्तमान समस्याको समाधान गर्न सफल हुने बताएको छन्। प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै पूर्वप्रधानमन्त्री नेपालले जनशक्ति पलायनको समस्या, आर्थिक तरलता, उच्च ब्याजदर, जमिन बाँझो, खाद्य अवस्था सङ्कटलगायतको समस्या समाधान गरेर देश रुपान्तरण गर्न आगामी वर्षको नीति तथा कार्यक्रमले सहयोग पुग्ने बताए।
देशमा सहकार्यको आवश्यकतामा जोड दिदै नेता नेपालले व्यक्तिवाद र सर्वशक्तिमान सोचले सहकार्यमा अप्ठ्यारो हुने गरेको बताउनुभयो । जनता र देशलाई केन्द्रविन्दुमा राख्ने नै सफल हुने भएकाले असल नागरिक बन्ने र बनाउन सके देश रुपान्तरणको सपना साकार हुने उनको भनाइ थियो ।
“शिक्षा प्रणालीले नै नागरिक कस्तो बन्ने भन्ने निर्धारण गर्छ, असल मानिसको सम्मान हुन्छ, त्यहाँ सपना साकार हुन्छ, सपना देख्नुपर्छ साकार बनाउन यथार्थमा विपनामा काम गर्नुपर्छ, परियोजनाको प्राथमिकीकरण हुनुपर्छ, हावाका योजना कार्यान्वयन हुन नसक्ने पुष्टि भइसकेको छ”–उनले भने ।
त्रिभुवन विमानस्थलको विकल्पमा बाराको निजगढ विमानस्थल निर्माणमा ढिलाइ भइरहेको नेता नेपालले बताए। नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक अवस्थाको सुधारका लागि निजगढ विमानस्थलको आवश्यकता रहेको उनले उल्लेख गरे। योजनाले परिणाम र लगानीले प्रतिफल दिन नसके त्यसको आवश्यकता नहुने नेता नेपालले बताए ।
फराकिलो सोच, भविष्यमा समस्या समाधानको उपाय खोजी गर्ने गरी लगानी गरिनुपर्ने उनको भनाइ थियो । नीति तथा कार्यक्रममा एक वडा एक खेल मैदान निर्माण, कभर्डहललगायत राम्रा कार्यक्रम रहेको नेता नेपालले बताए। देशभरका सबै वडामा एकैपटक स्वीच थिचेर योजना सुरु गर्नेजस्ता काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिदै उनले यस्ता विषयमा सरकारको ध्यान जाने विश्वास व्यक्त गरे ।
सडक निर्माण समयमा सुरु नहुने र गुणस्तरीय काम नहुने गरेको, पुल समयमा नबन्ने, पूर्व पश्चिमलगायत राजमार्गमा भएका खाल्डाखुल्डीलगायत समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने नेता नेपालको भनाइ थियो । नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने, कुनै विषय पढ्न नपाएर विदेश जानुपर्ने अवरोध हटाउन र त्यसभित्रको मिलेमतो तोड्नुपर्ने उनको भनाइ थियो ।
उत्पादन बढाउन नसके रोजगारी बढाउन नसकिने र आत्मनिर्भर पनि नभइने उल्लेख गर्दै नेता नेपालले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए। विश्व अर्थतन्त्र ठूलो सङ्कटमा रहेकाले त्यस अनुरुप काम गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए । सहकारीमा आएका समस्या समाधानमा पनि सरकारले ध्यान दिनुपर्ने नेता नेपालको भनाइ थियो ।
रकमको वितरण विकास र जनताका लागि हुने गरी नीति र बजेट व्यवस्थित हुनुपर्ने उनको विचार थियो । नीति तथा कार्यक्रमले केही गर्न नसक्ने भनी आएका हावादारी टिप्पणीका पछि नलाग्न नेता नेपालले आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: