Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

योगेशलाई पौडेलको जवाफ : शब्दकोश पल्टाएर हेर्नुहोस्, मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने ?

खबरडबली संवाददाता

काठमाडौ । नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएपछि नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पौडेलले संसदबाटै जवाफ फर्काएका छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सोमबार एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाएका थिए ।

जनताले लडेको युद्ध जनयुद्ध भएको भन्दै पौडेलले युद्ध जङ्गली जनावरकाबीच भएको जस्तो गरी भइरहेको टिप्पणीप्रति आपत्ति प्रकट गरे । भट्टराईपछि संसदमा आफ्नो धारणा राखेका पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गरे । ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो? जंगलका अर्नाहरु लडेका थिए रु कि रुख, ढुंगाहरु लडेका थिए रु’ पौडेलले भट्टराईलाई भने, ‘माननीय डिक्सनरीजी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’

त्यस्तै पौडेलले अर्थ प्रणाली गम्भीर अवस्थामा पुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने समय भएको बताएको छन्। 

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा एकजुट भएर लाग्नुपर्ने समय आएको भन्दै समस्यालाई विषयान्तर गर्न नहुनेमा उनले जोड दिए। 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको  छलफलका क्रममा आज सांसद पौडेलले नेपालमा विदेशी लगानीको प्रतिबद्धता ३४ प्रतिशतले घटेको भन्दै अर्थतन्त्र सुुधारका लागि एकजुट भएर लाग्नुपर्ने बताए । 

सरकारको आगामी आवको नीति तथा कार्यक्रममा भ्रष्टाचारलगायत अनियमिततामा शून्य सहनशीलताको प्रतिबद्धता गरिएकाले वर्तमानमा देखिएका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE