Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला

खबरडबली संवाददाता

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएको छन् । 

नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताए ।

मन्त्री ज्वालाले भने, “नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगति के छ भनेर अध्ययन गर्नका लागि आएका छौँ, समस्या अप्ठ्यारा के छन् भनेर पनि बुझ्ने, नेपाललाई सडक पूर्वाधारका क्षेत्रमा पनि टनेल युगमा प्रवेश गराएका छौँ ।”

“एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौँ ”उहाँले भन्नुभयो, “केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौँ, छलफल गछौँ र छिटै समाधान गर्छौं ।”

उनले मुआब्जाको पनि छिटै समस्याको समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको पनि बताउनुभयो । उक्त सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको सो क्रममा जानकारी गराइएको थियो । 

आउँदो दसैँ आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने पनि नागढुङ्गा सडक आयोजनाले जानकारी दिएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माण भइरहेको छ । 

यसैबीच विस्तारको चरणमा रहेको अर्को नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छुट नभएको मन्त्री ज्वालाले बताएको छन् । सडक अनुगमनका क्रममा आज उहाँले काममा कञ्जुस्याइँ नगर्न निर्माण व्यवसायीलाई अनुरोध पनि गरेको छन् ।

उनले भने, “उहाँहरुको समस्या पनि समाधान गर्छौं, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन । समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुनेलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय पनि गर्दै गएका छौँ ।” 

उनले थपे, “यो हाइवेका सन्दर्भमा पनि कहीँकतै समस्या छ भने स्पष्टसँग भन्नुपर्‍यो समाधान गछौँ, क्याबिनेटबाट गर्नुपर्छ कि, मन्त्रालयबाट गर्नुपर्छ कि, ऐन कानुन हेरफेर गर्नुपर्छ कि, सबै कुकारका निम्ति तयार छौँ तर उहाँहरुले आफूलाई तोकिएको निर्धारित काम सम्पन्न गर्नुपर्छ आयोजना प्रमुख र कर्मचारी साथीले पनि ।”

उक्त सडक तीन खण्डमा काम भइरहेको र पहिलो नागढुङ्गा नौबिसे खण्डको प्रगति राम्रो देखिएको पनि उनले बताएको छन् । उनले कामलाई तीव्रता दिएर निर्धारित लक्ष्य पूरा गर्ने कुरामा ध्यान दिन निर्देशन दिनुभयो । 

उहाँले सबैसँग समन्वय गरेर निर्माण अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै राजधानी जोड्ने मूल सडक भएकाले अहिलेसम्म जेजे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मकरुपमा समाधन गरी कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो । यो सडक विश्वबैंकको सहयोगमा बनिरहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनेमा कसैले कुनै बाधा अड्चन गर्न हुदैन : नेता निधि

काठमाडौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएको छन् ।  प्रतिनिधिसभाको आजको...

नक्कली भूटानी शरणार्थी प्रकरण: सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौ । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ ।  सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीत...

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सीटीईभीटीका ३ अधिकारी

सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना ...

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड

भू–स्वर्ग भनेकै खप्तड भएको हुँदा जिवित हुँदा नै सबैले खप्तड पुग्नुपर्छ

आगामी आवको बजेटले आर्थिक सङ्कट टार्दैन: अध्यक्ष ओली

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने...

ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

काठमाडौ । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ । ...

नेप्से २५ दशमलव ६६ अङ्कले बढ्यो

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ ...

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

विराटनगर । कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् । पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर...

नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती

ओखलढुङ्गा । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताए...

अर्थमन्त्रीबारे ओलीको प्रशंसा : कसम खाने बानी रहेनछ राम्रो लाग्यो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा। प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।  सोमबारको प्रतिनिधि...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page