Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८१ सोमबार | 30th September, 2024 Mon
NIMB

भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ : प्रधानमन्त्री

भारत भ्रमणमा राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने प्रधानमन्त्रीको सङ्कल्प

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनीतिक, वैचारिक, साङ्गठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बताएको छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा उहाँले उक्त कुरा बताएको हो । 

उनले भने, “पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन ।” उहाँले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, सङ्गठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए ।

प्रधानमन्त्री दाहालले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको स्पष्ट गरे। उनले भने, “हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौँ, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौँ ।”

प्रधानमन्त्री दाहालले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढङ्गले सङ्कल्पका साथ लिएको बताए । उनले देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा सरकार केन्द्रित भएको बताए। 

उनले भने, “अब राजनीतिक परिवर्तन त भयो तर राष्ट्र र जनताको जीवनमा र यसको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा खासै परिवर्तन भएको छैन । यसको फाइदा जनतालाई भ्रम दिनेहरुबाट हुन थालेको छ । त्यसका लागि अब जनतामा नयाँ आन्दोलन वा नयाँ खालको क्रान्तिको आवश्यकता भएको छ ।”

प्रधानमन्त्री दाहालले जनताको पक्षमा काम गर्ने माओवादीबाट भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र समृद्धि सम्भव भएको बताए । “अरुले गर्दा यो सम्भव हुने कुरा होइन । त्यही दृढ सङ्कल्पका साथ  भ्रष्टाचारविरुद्धको आन्दोलन सुरु गरिएको हो । यो विद्यमान विकृति र विसंगतिका विरुद्धको आन्दोलन हो”, उनले भने । 

अनियमितता, भ्रष्टाचारसम्बन्धी अन्य फाइल पनि सरकारले क्रमश: खोतल्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनीति गरिने बताए । उनले भने, “यसले जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउँछ । हामीले वर्षौंदेखि थुप्रिएर बसेको विसंगति रातारात अन्त्य हुने कुरा पनि होइन ।”

प्रधानमन्त्रीले भोलिदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताए । उनले अगाडि भने, “भोलिसम्मका लागि नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु ।”

उनले विद्युत्, सीमा, पारवहनलगायत विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताए। देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने सङ्कल्प गरेको उनले बताए। प्रधानमन्त्री दाहालले भने, “केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वदलीय बैठक : घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने, अरु के के निर्णय गर्यो ?

काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । ...

गोरखाबाट छुटेको बसभित्र ५ जनाको शव भेटियो

सुलीकोट। उत्तरी गोरखाको लापुबेशीबाट काठमाडौँका लागि छुटेको बस नौबिसे – नागढुङ्गा सडक अन्र्तगत झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्थामा बसभित्र ५ जनाको ...

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोंग बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । आइतबार प्रधानसेना...

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म ...

काठमाडौँ महानगरका यी वडाहरुबाट अस्थायी बासस्थान र खानाको व्यवस्था

काठमाडौँ । अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् । वडा ...

रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, ३ को मृत्यु

रौतहट । गत बिहिबारदेखि परेको अबिरल बर्षासंगै रौतहट स्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ । आईतवार बिभि...

प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चण...

पानीजन्य रोगको जोखिम बढ्ने भन्दै सचेत रहन आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपदका बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्त...

नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान

काठमाडौँ । पूर्वमन्त्री सुदन किराँतीले शनिबार नख्खु खोलाको बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई जनाको उद्धार गरेका चणिकलाल तामाङ्गलाई सम्मान गरेका छन् ...

भारत र बंगलादेशबीचको टेस्ट बर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्द

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको तेस्रो दिन आइतबारको खेल पनि मैदान गिलो हुदा खेल रद्ध भएको छ । टेस्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy