काठमाडौ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा जिज्ञाशा राखेका थिए । बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता दाहालले सरकारले सङ्घीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जानुपर्ने बताएको सांसद माधव सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए। “प्रधानमन्त्रीले आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताउनुभयो”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सापकोटाले भने ।
संसदीय दलको बैठकपछि दलको कार्यालयमा बजेटसम्बन्धी अभिमुखीकरण भइरहेको छ । अभिमखुीकरणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र सदस्य डा रामकुमार फुयाँलले सहजीकरण गरिरहेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - ११:२५
काठमाडौँ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल रु २०५ ले घटेको छ । ...
फाल्गुन २८ गते, २०८२ - ११:११
बैतडी। बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...
फाल्गुन २८ गते, २०८२ - १०:५५
दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकास...
फाल्गुन २८ गते, २०८२ - १०:४८
हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका र...
फाल्गुन २८ गते, २०८२ - १०:३७
फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका...
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...



प्रतिकृया लेख्नुहोस्: