Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

भारत रेल दुर्घटना- कारण अझै अस्पष्ट, सिग्नलको त्रुटि हुनसक्छ

खबरडबली संवाददाता

काठमाडौं । भारतका रेल मन्त्री आश्विनी वैष्णवले ‘सिग्नलमा त्रुटी’ हुनु ओडिशा रेल दुर्घटनाको एउटा सम्भावित कारण हुनसक्ने बताएका छन्।

मन्त्री वैष्णवले पछि उक्त दुर्घटनाको लागि जिम्मेवार कारण र मानिसहरूबारे थाहा भइसकेको बताए तापनि त्यसबारे थप खुलाएनन्।

भारतको रेल बोर्डले त्यसबेला "सिग्नल दिने प्रणालीमा केही अवरोध आएको" तर त्यसले काम भने गरेको जनाएको छ। यसअघि पूर्वी भारतको उक्त घातक रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको अधिकारीहरूले बताएका थिए।

ओडिशा राज्यमा शुक्रवार अबेर भएको उक्त दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भएको छ भने १,००० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले आइतवार मृत्युको सङ्ख्या यसअघि कतिपयका हकमा दोहोरिएको बताउँदै त्यसलाई सच्याएर केही घटेको विवरण दिएका हुन्।

अधिकारीहरूका अनुसार दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको छ। प्रधानमन्त्री मोदीले घटनालाई ‘पीडादायी’ भनेका छन्। उनले शनिवार घटनास्थलको भ्रमण गरेका थिए।

उनले घटनामा दोषी पाइएका मानिसहरूलाई "कडा सजाय" दिइने बताएका छन्। उनले अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि भेटे र सरकारले उनीहरूको "उपचारमा कुनै कसर बाँकी नराख्ने" बाचा गरे।

कारण अझै अस्पष्ट

भारतमा भएको चार दशकयताकै सबैभन्दा घातक रेल दुर्घटनाको कारण अझै स्पष्ट हुन सकिरहेको छैन।ओडिशाको बालासोर जिल्लामा भएको उक्त दुर्घटनामा एकै पटक धेरै वटा रेलहरू जुध्ने अवस्था बनेको थियो।

दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण खालको अनुसन्धान सुरु गरिएको छ। दक्षिण पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकृत केएस आनन्दका अनुसार प्रारम्भिक विवरणहरूले ‘सिग्नल फेल’ भएर दुर्घटना भएको सङ्केत गरेको छ।

दुर्घटनाका क्रममा आपसमा ठोकिएका दुई वटा यात्रुवाहक रेलमा करिब दुई हजार यात्रुहरू रहेको अनुमान गरिएको छ।

कसरी भयो दुर्घटना

उक्त दुर्घटना कसरी भयो भन्नेबारे विवादास्पद विवरणहरू आएका छन्। अधिकारीहरूका अनुसार कोलकाताबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसले शुक्रवार साँझ ७ बजेतिर रोकिएको मालवाहक रेललाई ठक्कर दिएपछि उसका डिब्बाहरू पटरीबाट खसेको बताएका छन्।

तर उक्त रेल कसरी मालवाहक रेलको लिकमा प्रवेश गर्‍यो भन्ने अस्पष्ट छ। त्यसपछि कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू विपरीततर्फको लिकमा पुगेका थिए। ती डिब्बाहरू यशवन्तपुरबाट हावडा जाँदै गरेको विपरीत दिशामामा रहेको अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेससँग ठोकिन पुगे।

"कोरोमण्डल एक्सप्रेसले मुख्य लाइनमा यात्रा गर्नु पर्ने थियो तर त्यसको साटो ‘लुप लाइन’का लागि सिग्नल दिइएको थियो त्यसले गर्दा रेल त्यहाँ पहिले नै पार्क गरिएको मालवाहक रेलमा ठोक्कियो," आनन्दले भने।

"यसका डिब्बाहरू त्यसपछि दुवै तर्फको लिकमा खसे र हावडा सुपरफास्ट एक्सप्रेस पनि पटरीबाट खस्यो।"

अस्पतालको अवस्था

कटक सहरको एससीबी अस्पतालमा रहेको ट्रमा सेन्टर बाहिर प्रत्येक ३० मिनेटमा एम्बुलेन्सका साइरनहरू बजिरहेका छन्। त्यहाँ गम्भीर घाइते यात्रुहरूलाई ह्विलचेअरमा राखेर अस्पताल भित्र लगेको देखिन्छ।

यो अस्पतालमा हालसम्म रेल दुर्घटनास्थलबाट करिब २०० यात्रुहरू ल्याइएको छ र सङ्ख्या अझै बढिरहेको छ। यो ओडिशा राज्यको सबैभन्दा ठूलो अस्पताल हो तर दुर्घटनास्थलबाट यो तीन घण्टाको दूरीमा छ।

अस्पतालका कनिष्ठ डाक्टरदेखि नर्सहरू र वार्ड ब्वाइजसमेत लाइन लागेर बिरामीलाई सहयोग गर्न पर्खिरहेका छन्।अस्पतालका अधिकारीहरूले सिट्ठी बजाएर वा घोषणा गरेर कराउँदा त्यहाँको अस्तव्यस्त अवस्थाको माहौल बेग्लै हुन्छ।

घाइतेका आफन्तहरू प्रियजनको स्वास्थ्य लाभको कामना गर्दै बाहिर उत्सुकतासाथ पर्खिरहेका छन्।

आफन्तको चिन्ता

अझै पनि धेरैले आफ्ना प्रियजनहरूलाई खोजिरहेका छन् र उनीहरू कहाँ छन् भन्ने थाहा पाउन सकिरहेका छैनन्। आफ्नो परिवारका सदस्यहरू पत्ता लगाउन नसक्नेका लागि सहयोग गर्न एउटा काउन्टर स्थापना गरिएको छ। त्यहाँ भिड छ र सूचीहरू लामा छन्।

बीबीसीसँग कुराकानी गरेका केही मानिसहरूले कटकको अस्पतालमा आउनुअघि आफूहरूले आफन्तको खोजी गर्दै दुर्घटनास्थल नजिकैका अस्पतालहरूमा दौडिएको बताए।

शनिवार उद्धार कार्य सम्पन्न भएको घोषणा गर्दै रेल मन्त्रालयले दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको बताएको छ।

बाँचेका र प्रत्यक्षदर्शीहरूले दुर्घटनापछि उत्पन्न भएको अस्तव्यस्त र कहालीलाग्दो दृश्यहरू तथा फसेका यात्रुहरूलाई बचाउन वरपरको गाउँका मानिसहरूको गरेका प्रयासहरूको वर्णन गरेका छन्।

प्रत्यक्षदर्शी के भन्छन्?

उद्धार हुनुअघि आधा घण्टासम्म फसेका मुकेश पण्डितले बीबीसीलाई बताए अनुसार उनले रेल पल्टिनुभन्दा केहीअघि ‘ठूलो आवाज’ सुनेका थिए।

"मेरो गाउँबाट यात्रा गरिरहेका चारजना यात्रु बाँचेका छन् तर धेरै मानिस घाइते छन् वा अझै बेपत्ता छन्। म चढेको डिब्बामा धेरैको मृत्यु भयो," उनले भने।

दुर्घटना भएको क्षेत्र नजिकैको गाउँका बासिन्दाहरू सबैभन्दा पहिले दुर्घटनास्थल पुगेका थिए र उनीहरूले उद्धार कार्य थालेका थिए।

भारत विश्वको सबैभन्दा ठूलो रेल सञ्जाल भएकोमा पर्छ। त्यहाँ दैनिक रूपमा लाखौँ यात्रुहरूले रेल प्रयोग गर्छन्। तर रेलवे पूर्वाधारमा सुधार आवश्यकता औँल्याइने गरेको छ।

यो मौसम भनेको रेलहरू धेरै खचाखच भरिने बेला हो। अहिले स्कूलहरू बिदा भएका हुन्छन् र यस बेला रेलमा यात्रा गर्ने मानिसहरूको सङ्ख्या बढेको हुन्छ।

बीबीसीले भारतीय रेल मन्त्रालयको वेबसाइटमा रहेका यात्रुहरूको सूचीको अध्ययन गरेको थियो। त्यस अनुसार दुर्घटनामा संलग्न दुवै यात्रुवाहक रेलहरू थिए र प्रतीक्षा सूचीमा पनि धेरै व्यक्तिहरू थिए।

भारतमा यसअघि सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो। त्यसबेला बिहार राज्यमा चक्रवातको समयमा एउटा रेल लिकबाट उछिट्टिएर नदीमा खस्दा ८०० जनाको ज्यान गएको थियो।

पछिल्ला वर्षमा भारतमा भएका केही ठूला रेल दुर्घटना

१९ अगस्त २०१७: उत्तर प्रदेशको मुजफ्फरनगरको खतौली नजिक कलिंगा-उत्कल एक्सप्रेसको १४ डिब्बा लिकबाट बाहिर खसेका थिए। पुरीबाट हरिद्वार जाँदै गरेको त्यो रेल दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो।

२२ जनवरी २०१७: आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा हिराखण्ड एक्सप्रेसका आठवटा डिब्बा लिकबाट बाहिर खस्दा करिब ३९ जनाको मृत्यु भएको थियो।

२० नोभेम्बर २०१६: कानपुर नजिकै पुख्रायनमा एउटा ठूलो रेल दुर्घटना भयो त्यसमा कम्तीमा १५० जना मानिसको मृत्यु भयो। पटना–इन्दौर एक्सप्रेसका १४ डिब्बा लिकबाट बाहिर खसेका थिए।

२० मार्च २०१५: देहरादूनबाट वाराणसी जाँदै गरेको जनता एक्सप्रेस दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो।

४ मे २०१४: नागोठाने र रोहा स्टेशनहरू बीच दिवा सावन्तवाडी यात्रुवाहक रेल दुर्घटनामा २० जनाको ज्यान गएको थियो भने एक सय जना घाइते भएका थिए

२८ डिसेम्बर २०१३: बैङ्गलोर-नान्देड एक्सप्रेस ट्रेनमा आगलागी हुँदा २६ जनाको मृत्यु भयो। सोही वर्ष अगस्ट १९ मा बिहारको खगरिया जिल्लामा राज्यरानी एक्सप्रेसको ठक्करबाट २८ जनाको ज्यान गएको थियो।

३० जुलाई २०१२: भारतीय रेलवेको इतिहासमा सन् २०१२ दुर्घटनाको हिसाबले सबैभन्दा खराब वर्षहरूमध्ये एक थियो। त्यो वर्ष करिब १४ वटा रेल दुर्घटना भएका थिए। यसमा लिकबाट बाहिर जाने र रेलले ठक्कर दिएका घटनाहरू छन्। ३० जुलाई २०१२ मा नेल्लोर नजिकै दिल्ली-चेन्नई तमिलनाडु एक्सप्रेसको एउटा कोचमा आगलागी हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।

७ जुलाई २०११: उत्तर प्रदेशमा रेल र बस ठोक्किँदा ३८ जनाको मृत्यु भएको थियो।

२० सेप्टेम्बर २०१०: ग्वालियर इन्टरसिटी एक्सप्रेस मध्य प्रदेशको शिवपुरीमा सामान बोकेको रेलसँग ठोक्कियो। उक्त दुर्घटनामा ३३ जनाको ज्यान गएको थियो भने १६० जनाभन्दा बढी घाइते भएका थिए।

१९ जुलाई २०१०: उत्तर बङ्ग एक्सप्रेस र वनञ्चल एक्सप्रेस पश्चिम बङ्गालमा ठोक्कियो। ६२ जनाको मृत्यु भयो भने १५० भन्दा बढी घाइते भए।

२८ मे २०१०: पश्चिम बङ्गालमा संदिग्ध माओवादी हमलामा ज्ञानेश्वरी एक्सप्रेस लिकबाट बाहिर खस्दा १७० जनाको मृत्यु भएको थियो।

२१ अक्टोबर २००९: गोवा एक्सप्रेसको इन्जिन उत्तर प्रदेशको मथुरा नजिकै मेवाड एक्सप्रेसको अन्तिम डिब्बासँग ठोक्कियो। उक्त घटनामा २२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए।

१४ फेब्रुअरी २००९: हावडाबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसका १४ डिब्बा ओडिशाको जाजपुर रेलवे स्टेशन नजिकै लिकबाट खसेका थिए। दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका थिए।

अगस्ट २००८: सिकन्दराबादबाट काकीनाडा जाँदै गरेको गौतमी एक्सप्रेसमा राति अबेर आगलागी भयो। जसका कारण ३२ जनाको ज्यान गयो भने धेरै घाइते भए।

२१ अप्रिल २००५: गुजरातको वडोदरा नजिक साबरमती एक्सप्रेस र सामान बोकेको रेलसँगको ठक्करमा कम्तीमा १७ जनाको मृत्यु भयो र ७८ अन्य घाइते भए।

फेब्रुअरी २००५: महाराष्ट्रमा रेल र ट्रयाक्टरको ठक्करबाट कम्तीमा ५० जना मारिए र धेरै घाइते भए।

जुन, २००३: महाराष्ट्रमा रेल दुर्घटनामा ५१ जनाको मृत्यु भयो र धेरै घाइते भए।

२ जुलाई २००३: आन्ध्र प्रदेशको हैदरावादबाट १२० किलोमिटर टाढा वारङ्गलको ओभरब्रिज मुनि गोलकोन्डा एक्सप्रेसको दुईवटा डिब्बा र इन्जिन सडकमा खसे। दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

१५ मे २००३: पञ्जाबको लुधियाना नजिकै फ्रन्टियर मेलमा आगलागी भयो। कम्तीमा ३८ व्यक्ति मारिए।

९ सेप्टेम्बर २००२: हावडाबाट नयाँ दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेस दुर्घटना भयो। जसमा १२० जनाको मृत्यु भएको थियो ।

२२ जुन, २००१: मंगलोर-चेन्नई मेल केरलाको कादलुन्डी नदीमा खस्दा ५९ जनाको मृत्यु भएको थियो।

३१ मे २००१: उत्तर प्रदेशको रेलवे क्रसिङमा रोकिएको बससँग रेल ठोक्किएपछि ३१ जनाको मृत्यु भएको थियो।

२ डिसेम्बर २०००: कोलकाताबाट अमृतसर जाँदै गरेको हावडा मेल दिल्ली जाँदै गरेको सामान बोकेको रेलसँग ठोक्कियो। ४४ जनाको मृत्यु भयो भने १४० जना घाइते भए।

३ अगस्ट १९९९: दिल्ली जाँदै गरेको ब्रह्मपुत्र मेल पश्चिम बङ्गालको गासलमा अवध-असम एक्सप्रेससँग ठोक्कियो। त्यसमा २८५ जना मारिए र ३१२ जना घाइते भए।

२६ नोभेम्बर १९९८: पञ्जाबको खन्नामा फ्रन्टियर मेल सियालदह एक्सप्रेससँग ठोक्कियो। त्यसमा १०८ जनाको ज्यान गयो भने १२० घाइते भए।

१४ सेप्टेम्बर १९९७: अहमदाबाद-हावडा एक्सप्रेस छत्तीसगढको बिलासपुरमा नदीमा खस्यो। दुर्घटनामा ८१ जना मारिए भने १०० जना घाइते भए।

१८अप्रिल, १९९६: दक्षिण केरलामा एर्नाकुलम एक्सप्रेस बससँग ठोक्कियो। त्यसमा ३५ जनाको ज्यान गयो भने ५० जना घाइते भए।

२० अगस्त १९९५: नयाँ दिल्ली जाँदै गरेको पुरुषोत्तम एक्सप्रेस उत्तर प्रदेशको फिरोजाबादमा कालिन्दी एक्सप्रेससँग ठोक्कियो र २५० जनाको ज्यान गयो भने २५० जना घाइते भए।

२१ डिसेम्बर १९९३: कोटा-बिना एक्सप्रेस राजस्थानमा सामान बोकेको रेलसँग ठोक्कियो। ७१ जनाको मृत्यु भयो भने धेरै घाइते भए।

१६ अप्रिल १९९०: पटना नजिकै रेलमा आगलागी हुँदा ७० जनाको ज्यान गयो।

२३ फेब्रुअरी १९८५: राजनन्दगाउँमा यात्रुवाहक रेलका दुईवटा डिब्बामा आगलागी हुँदा ५० जनाको मृत्यु र धेरै घाइते भए।

६ जुन १९८१: बिहारमा आँधीका कारण रेल नदीमा खस्यो र त्यो दुर्घटनामा ८०० जनाको ज्यान गयो। १,००० भन्दा बढी घाइते भएका थिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE