Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सगरमाथा आरोहण- ठूला विपत्तिमा १७ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो  त्यसैगरी केही दुःखद घटनाको पनि सामना गर्नुपर्‍यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपत्तिमा नै १७ जनाको मृत्युभयो । 

पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भयो । 

नेपाल, भारत, चीन, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हङ्गेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो । यस वर्षको सगरमाथा आरोहणमा प्रतिकूल मौसम अर्थात् बढी चिसो भएकाले पनि धेरै सङ्ख्यामा आरोहीको मृत्यु भएको २८ पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पाले बताए । “यसपाली चिसो बढी थियो, मौसमले पनि साथ दिएन, कतिपय दक्ष र अनुभवी गाइड पर्याप्त नभएकाले पनि मृत्यु बढेको हुनसक्छ”, उनेले भने ।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार प्रतिकूल मौसमका कारण यो वर्ष धेरै सङ्ख्यामा आरोहीको दुःखद मृत्यु भएको छ । “यो पटक मौसमकै कारण धेरै आरोहीको मृत्यु भएको हो, मौसम सफा भयो भनेर आरोही अघि बढे बिचमा मौसम छिटोछिटो परिवर्तन भयो । यसपटक मौसम प्रतिकूलताका कारण नै धेरैको मृत्यु भएको छ”, उनले भने । 

यस याममा आरोहीको सङ्ख्या बढी भएको भनी प्रचारमा आएको विषय सत्य नरहेको भन्दै निर्देशक खतिवडाले मौसमले साथ नदिएकाले आरोहीको भिड बढेको उल्लेख गरे । उनले भने,“विदेशी सञ्चार माध्यमले आलोचना गरिरहेका छन् धेरै आरोहीलाई अनुमति दिइयो भनेर तर हामी (पर्यटन विभाग) त्यसलाई स्वीकार गर्दैनौँ ।”

निर्देशक खतिवडाले ३० दिनका लागि कूल चार सय ७८ आरोहीलाई आरोहण अनुमति दिइएको र औसतमा दैनिक १६ जनाको आरोहण हुने अनुमानसहित आरोहण अनुमति दिइएकाले आरोहीको सङ्ख्या बढी भनेर आलोचना गर्नुको तुक नरहेको बताए । चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरुले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

धेरै सङ्ख्यामा आरोहीलाई अनुमति दिइएकाले सगरमाथामा मृत्यु पनि बढेको र आरोहीको जाम लागेको भन्ने विदेशी सञ्चारमाध्यमका कुरा सत्य नभएको बरु प्रतिकुल मौमसका कारण केही दिन आरोहीहरुले  एकै समयमा बढी भिडभाड गरेकाले  धेरै सङ्ख्यामा मानवीय क्षति भएको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको भनाइ थियो । 

उनले भने,“यस यामको सगरमाथा आरोहणमा मौसमका कारणले धेरै मृत्युदर बढेको देखिन्छ । कुनै आकस्मिक र ठूलो विपद् त हैन मौसमकै कारणले धेरै मानवीय क्षति भयो ।” 

विभागका अनुसार सामान्यतयः अप्रिल अन्तिमसम्म ‘रोप फिक्सिङ’को काम सकिन्छ । मे महिनाभरी आरोहण चल्छ । यो सङ्ख्या सगरमाथामा भएका ठूला विपद्पछिको सबैभन्दा धेरै हो । यसअघि सन् २०१५ (विस २०७२ वैशाख १२ गते) आएको गोरखा महाभूकम्पका कारण १९ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो । मौसम प्रतिकूलताका साथै हाईअल्टिच्यूटका कारण पनि यो वर्ष धेरै आरोहीको मृत्यु भएको इमाजिन नेपालका कार्यकारी निर्देशक दाबा ग्याल्जेन शेर्पाले बताए ।

कुन मितिमा कुन–कुन देशका आरोहीको मृत्यु

सगरमाथा आरोहणको बाटो खुलाउने क्रममा: अप्रिल १२ तारिखका दिन खुम्बु क्षेत्रमा तीन शेर्पा बेपत्ता भएका थिए । पर्यटन विभागका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ निवासी दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा हिउँको ढिस्कोले पुरिएर बेपत्ता भएका हुन् । उनीहरु इमाजिन नेपाल ट्रेक्सबाट खटिएका थिए । सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) को सामान लैजानेक्रममा उनीहरु हिउँको ढिस्कोमा बेपत्ता भएका थिए ।

सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म ‘रोप फिक्सिङ’ गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएको थियो । सो कामको जिम्मा पाएको इमाजिन नेपाल ट्रेक प्रालिका तर्फबाट  दावा ग्याल्जे शेर्पाको नेतृत्वमा एक फोटोग्राफरसहित नौ शेर्पाले ‘रोप फिक्सिङ’ गरेका थिए ।

मृतकमध्ये तीन नेपाली र तीन विदेशीसहित छ जनाको सगरमाथा आरोहपछि मृत्यु भएको थियो भने बाँकी ११ जनाको आरोहणका क्रममा मृत्यु भएको थियो । ह्याप्पी फिट कम्पनीबाट आरोहणमा जानुभएका नेपाली आरोही रञ्जित कुमार झाको २५ तारिखका दिन मृत्यु भएको थियो । एक्सिपीडिसन हिमालयबाट जानुभएका लाक्पा नोर्बु शेर्पाको पनि सोही दिन मृत्यु भएको थियो ।

त्यस्तै पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएका फुर्बा शेर्पाको मे १६ तारिखका दिन मृत्यु भएको थियो । त्यसैगरी विदेशी नागरिक क्रमशः मलेसियाका एज आकासान्दर विन अम्पुअन याक्कुवको मे १९ मा, सोही दिन सिङ्गापुरका श्रीनिवास सान्स दत्त र अष्ट्रेलियाका जासोन्ब बर्नाड लेलिन्सोनको मे १९मा मृत्यु भएको थियो । उनीहरु क्रमशः पायोनियर एक्सिपीडिसन सेभेन समिट ट्रेक्स र एसियन ट्रेकबाट आरोहणमा गएका थिए ।

त्यस्तै भारतका सुबान्ने लियोपोल्डिएनको  मे १८मा लुक्लामा मृत्यु भएको थियो । उनी ग्लेसियर ट्रेकिङ कम्पनीबाट आरोहणमा गएका थिए । त्यस्तै एटके एक्सिपीडिसनबाट आरोहाणमा जानुभएका चिनियाँ नागरिक जुएविन चेनको मे १८ मा सगरमाथाको साउथ समिटमा मृत्यु भएको थियो । त्यसैगरी मे १मा सगरमाथाको दोस्रो शिविरमा अमेरिकी नागरिक जोन थान सुगरम्यानको मृत्यु भएको थियो । उनी इमेज कम्पनीबाट आरोहणमा गएका थिए ।

अप्रिल १२ का दिन इमाजिन नेपालबाट गएका लाक्पा रीता शेर्पाको खुम्बु आइसफलमा मृत्यु भएको थियो । मे २१ तारिखमा पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएकी आङकामी शेपाको सगरमाथाको दोस्रो शिविरमा मृत्यु भएको थियो । क्यानेडियन नागरिक एस पेटरुस अल्वर्टयनको मे २५मा सगरमाथाको तेस्रो शिविरमाथि मृत्यु भएको थियो । उनी हिमालयन गाईड कम्पनीबाट आरोहणमा गएका थिए । सेभेन समिट ट्रेक्सबाट जानुभएका हङ्गेरीका स्जीलार्ड सुहाजडाको हिलारी स्टेपमा मे २४मा मृत्यु भएको थियो ।

यस यामको सगरमाथा आरोहण गत वैशाख ३० गते देखि सुरु भएको थियो । झण्डै जेठको तेस्रो सातासम्म आरोहण भएको थियो ।  सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०ले बाटो बनाएको थियो ।  

सङ्घका पूर्वअध्यक्ष शेर्पाका अनुसार सन् २०१४ को हिमपहिरो र सन् २०१५ को महाभूकम्पछि यसवर्ष सबैभन्दा धेरै आरोहीको मृत्यु भएको हो । एकिन तथ्याङ्क नभए पनि सन् १९५३ देखि हालसम्म तीन सय २८ जनाको मृत्यु भएको बताइन्छ । हालसम्म झण्डै आठ हजारले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै एघार हजार हाराहारी आरोहीले सगरमाथा चढेको उनले जानकारी दिए । 

यो याममा सगरमाथाको चाैँथो शिवविरसम्म बाटो खोलिसकेपछि उच्च हिमाली क्षेत्रमा लामो समयसम्म चलेको चर्को हावा र खराब मौसमका कारण सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ गरी बाटो खोल्ने काममा केही ढिला भएको विभागले जनाएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending